
News Summary
Generated by OK AI. Editorially reviewed.- ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कर सहित ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
- बैंकले बोनस सेयर नदिने र लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाले पारित गरेपछि वितरण गर्ने जनाएको छ।
- ग्लोबल आईएमई बैंकको सेयर मूल्य प्रतिकित्ता २३८ रुपैयाँ हाराहारीमा रहेको छ।
२६ असोज, काठमाडौं । ग्लोबल आईएमई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
शनिबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कर सहित ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले बोनस सेयर दिने छैन ।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात तथा आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । बैंकले साधारणसभा तथा बुक क्लोजको मिति भने तय गरिसकेको छैन । बैंकको सेयर मूल्य प्रतिकित्ता २३८ रुपैयाँ हाराहारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4