+
+
Shares

ग्लोबल आईएमई बैंकले युवालक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा सातवटै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गर्ने भएको छ।
  • बैंकले मार्च १६ देखि २२ सम्म विभिन्न शाखाबाट 'स्मार्ट मनी टक्स' नारासहित वित्तीय साक्षरताको कार्यक्रम संचालन गर्नेछ।
  • कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, वित्तीय ठगी र अनुशासनसम्बन्धी जानकारी गराइएको छ।

१ चैत, काठमाडौं । ग्लोबल आईएमई बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।

बैंकले ग्लोेबल मनी विक २०२६ को अवसर पारेरसातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विद्यार्थी तथा युवा लक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको हो ।

बैंकले ग्लोबल मनी विक २०२६ को मुख्य नारा ‘स्मार्ट मनी टक्स’ लाई आत्मसाथ गरी मार्च १६ देखि मार्च २२ सम्म बैंकका विभिन्न शाखा कार्यालयबाट वित्तीय साक्षरताको कार्यक्रम संचालन गर्नेछ ।
यसका साथै, बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामाग्रीहरु उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजिक सञ्जालहरुमार्फत् पनि प्रसाारण गर्नेछ ।

वित्तीय साक्षरता अभिवृद्विका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयहरुमार्फत् विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यस आर्थिक वर्षमा हालसम्म बैंकको ७० भन्दा बढी शाखा कार्यालयहरूले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरीसकेका छन् ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?