+
+
Shares

ग्लोबल आईएमई बैंकले विदेशमा रहेकालाई एकद्वार प्रणालीबाट सेवा दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीका लागि ‘नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग’ स्थापना गरेको छ।
  • बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबार उक्त विभागको औपचारिक शुभारम्भ गरेका छन्।
  • यस विभागले विदेशमा रहेका नेपालीलाई बैंक खाता खोल्ने, कर्जा दिने र पूँजीबजार सेवा उपलब्ध गराउनेछ।

२८ फागुन, काठमाडौं । ग्लोबल आईएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले ‘नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग’ स्थापना गरेको छ ।

बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरे ।

नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत बैंकले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका ग्राहकलाई एकद्वार प्रणालीमार्फत् सेवा प्रदान गर्नेछ ।

बैंकको यस विभागबाट विदेशमा रहेका नेपालीलाई सम्पूर्ण बैंकिङ सेवा (बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङ सम्बन्धी सेवा, पूँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सेवा) उपलब्ध गराउने छ ।

‘विदेशमा रहेका नेपालीलाई सेवा उपलब्ध गराउन ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित यस विभागको कार्यालयमार्फत विभिन्न सेवाहरु उपलब्ध हुनेछ’ बैंकले एक विज्ञप्तिमा भनेको छ ।

सन् २००७ मा स्थापना भएदेखि ग्लोबल आइएमई बैंकले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोराको सेवालाई निरन्तर प्राथमिकता दिँदै बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?