+
+
Shares

तेस्रो त्रैमाससम्म ग्लोबल आईएमई बैंकको नाफा ४ अर्ब ४० करोड रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते ९:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ।
  • बैंकको खुद नाफा गत आवको तुलनामा २.८ प्रतिशत घटेको छ र खुद ब्याज आम्दानी ११ अर्ब ८८ करोड रुपैयाँमा सीमित छ।
  • लोन लस प्रोभिजन ३ अर्ब ९१ करोड पुगेको र निष्क्रिय कर्जा कुल कर्जाको ४.९७ प्रतिशत रहेको छ।

१५ चैत, काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २.८ प्रतिशत घटेको हो । गत आवको तेस्रो त्रैमासम्म बैंकको खुद नाफा ४ अर्ब ५३ करोड रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी घटेको छ । यस्तो आम्दानी पहिले १२ अर्ब ३१ करोड रहेकोमा अहिले ११ अर्ब ८८ करोड रुपैयाँ छ । खुद ब्याज आम्दानी घट्नु र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढ्दा नाफामा असर परेको देखिन्छ । लोन लस प्रोभिजन पहिले ३ अर्ब ११ करोड रहेकोमा अहिले ३ अर्ब ९१ करोड रुपैयाँ छ ।

बैंकको निष्क्रिय कर्जा सामान्य घटेको छ । कुल कर्जामा यस्तो कर्जाको अंश पहिले ४.९८ प्रतिशत रहेकोमा अहिले ४.९७ प्रतिशत छ । वार्षिक प्रतिसेयर आम्दानी १५.४० प्रतिशत छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १०.५० रुपैयाँ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?