+
+
Shares

ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ एपबाट आईपीओदेखि सेयर कारोबारसम्म

ग्लोबल आईएमई बैंकका ग्राहकले उक्त एपमार्फत साधारण सेयरमा आवेदन दिनेदेखि सेयर कारोबार तथा लगानी सम्बन्धी जानकारी लिन सक्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते २०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंकले मोबाइल बैंकिङ एप 'ग्लोबल स्मार्ट प्लस' मा सेयर बजार सम्बन्धी सुविधा थप गरेको छ।
  • ग्राहकले एपमार्फत सेयरमा आवेदन दिन, कारोबार हेर्न र लगानी अवस्थाको जानकारी लिन सक्नेछन्।
  • बैंकले नेपाल स्टक एक्स्चेन्ज, सीडीएससी र मेरोसेयरसँग सहकार्य गरी यो सुविधा उपलब्ध गराएको छ।

१४ माघ, काठमाडौं । ग्लोबल आईएमई बैंकले मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मा सेयर बजार सम्बन्धी सुविधा पनि थप गरेको छ ।

बैंकका ग्राहकले उक्त एपमार्फत साधारण सेयरमा आवेदन दिनेदेखि सेयर कारोबार तथा लगानी सम्बन्धी जानकारी लिन सक्छन् ।

बैंकले मोबाइल बैंकिङ एपमा धितोपत्र बजारमा सूचीकृत कम्पनीका वित्तीय सूचकका आधारमा तुलना गर्ने, दोस्रो बजारको लाइभ कारोबार गर्ने, आफ्नो लगानी अवस्थाको जानकारी लिने तथा लगानी क्याल्कुलेटरको समेत सुविधा लिन सक्ने व्यवस्था गरेको छ ।

लाइभ मार्केट सुविधामा नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्न ओभर, पोर्टफोलियो, वाचलिस्ट, स्टक कम्प्यारिजन, कम्पनीको वित्तीय अवस्था लगायत सुविधा मोबाइल बैंकिङ एपमै समेटिएको बैंकका बैंकिङ कारोबार शाखा प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।

‘पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको सहभागिता बढेकाले सेयर र बैंकिङ कारोबार एउटै विन्डोमार्फत सम्भव बनाएइको हो,’ पौडेलले भने, ‘यसका लागि नेपाल स्टक एक्स्चेन्ज, सीडीएससी एन्ड किल्यरिङ र मेरोसेयरसँग सहकार्य गरिएको छ ।’

बैंकले थप गरेको यो सुविधाले लगानीकर्तालाई साधारण सेयरमा लगानी गर्न सहज र होसियारीपूर्वक निर्णय लिन मद्दत पुग्ने पौडेलको भनाइ छ ।

बैंकको उक्त एपमार्फत ग्राहकले सेयरमा लगानी गरेको छ भने सेयर खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरी कुल लगानीको वर्तमान मूल्य र नाफा–घाटा रियल–टाइम हिसाब पाउन सक्नेछन् ।

सेयर किन्ने वा बेच्ने क्रममा सही जानकारी दिनसमेत यो एपले मद्दत गर्ने बैंकले जनाएको छ । लगानीकर्तालाई मन पर्ने सेयरहरूको मूल्य परिवर्तन र बजार ट्रेन्डसमेत जानकारी लिन उक्त एप पर्याप्त हुने बैंकको दाबी छ ।

ग्लोबल स्मार्ट प्लसका प्रयोगकर्ताले डिम्याट नम्बर प्रविष्ट गरेपछि सीआरएन नम्बर तुरुन्तै प्राप्त गरी बिक्री खुला भएको कम्पनीको साधारण सेयरमा आवेदन दिन सक्छन ।

यसमार्फत यसअघि उपलब्ध बैंकिङ सेवा जस्तै रकमान्तरण, क्यूआर भुक्तानी र दैनिक उपभोग्य शुल्क भुक्तानी लगायत सुविधा प्रदान गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?