News Summary
Generated by OK AI. Editorially reviewed.- ग्लोबल आईएमई बैंकले प्रविधिको प्रवद्र्धन र नवप्रवर्तनका लागि दोस्रो संस्करणको एआई/एमएल ह्याकाथन मे २९ देखि ३१ सम्म आयोजना गर्ने भएको छ।
- प्रतियोगितामा विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक र अनुसन्धानकर्ताले मे ४ भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ।
- प्रतियोगितामा उत्कृष्ट टोलीलाई नगद पुरस्कार र बैंकसँग सहकार्य गर्ने अवसर प्रदान गरिने बैंकले बताएको छ।
१७ चैत, काठमाडौं । ग्लोबल आईएमई बैंकले प्रविधिको प्रवद्र्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने भएको छ ।
बैंकले गत वर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई/एमएल ह्याकाथन संस्करण आयोजना गरेको थियो । कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ह्याकाथन दोस्रो संस्करण आगामी मे २९ देखि ३१ सम्म आयोजना हुनेछ ।
उक्त प्रतियोगितामा सहभागी हुन प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मीहरुका लागि आवेदन खुल्ला गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन मे ४ भित्र बैंकको वेवसाइट मार्फत् आवेदन दिन सकिनेछ । ‘पहिलो संस्करणमा विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताको उत्साहपूर्ण सहभागिता रहेकोले ह्याकाथनको दोस्रो संस्करण आयोजना हुन लागेको हो’ बैंकले एक विज्ञप्तिमा भनेको छ ।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले दि अटोनोमस क्रेडिट एन्ड लेन्डिङ अर्केस्ट्रेटर, एजेन्टिक फ्रड डिटेक्सन, दि मल्टिलिङ्गुअल भ्वाइस बैंकिङ सहायक, सेन्टिनेल्स अफ द नेटवर्क– एआई ड्रिभन इन्टुजन डिटेक्सन (आईडीएस) लगायत बैंकले तोकेका विषयहरूमा केन्द्रित रही आफ्ना अवधारणा प्रस्तुत गर्नुपर्नेछ ।
बैंकका अनुसार उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान हुने छ ।
प्रतिक्रिया 4