+
+
Shares

ग्लोबल आईएमई बैंकले सार्वजनिक गर्‍यो नयाँ क्यालेन्डर

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंकले पौभा कला झल्किने नयाँ क्यालेन्डर–२०८३ सार्वजनिक गरेको छ।
  • बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका प्रा. डा. सन्दुक रुइतले क्यालेन्डर सार्वजनिक गरेका छन्।
  • बैंकले विगत केही वर्षदेखि नेपाली कला, साहित्य र संस्कृतिको संरक्षणका लागि मौलिक चित्र समावेश गर्दै आएको छ।

११ चैत, काठमाडौं । ग्लोबल आईएमई बैंकले पौभा कला झल्किने तस्वीरसहितको नयाँ क्यालेन्डर–२०८३ सार्वजनिक गरेको छ ।

बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइतले संयुक्त रुपमा उक्त क्यालेन्डर सार्वजनिक गरे ।

पौभा कला नेवार जातिको मौलिक चित्रकला हो । ‘क्यालेन्डरमा विशेषगरी काठमाडौं उपत्यकामा बस्ने नेवाः समुदायसँग गहिरो सम्बन्ध रही आएको पौभा कलाको दुर्लभ चित्र समावेश गरिएको छ’ बैंकले एक विज्ञप्तिमा भनेको छ ।

थान्कासँग मिल्दोजुल्दो देखिए पनि पौभाको आफ्नै विशिष्ट पहिचान र दार्शनिक गहिराइ छ । बैंकले विगत केही वर्षदेखि नेपाली कला, साहित्य, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवद्र्धनका लागि आफ्नो क्यालेन्डरमा मौलिक चित्र समावेश गर्ने गरेको छ ।

बैंकले २०७९ मा नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्र, २०८० मा मण्डला चित्रकला, २०८१ मा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचित कलाकृतिको तस्वीरसहितको क्यालेन्डर प्रकाशन गरेको थियो ।

बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड बैंकले प्राप्त गरिसकेको छ । बैंकका शाखा ७७ वटै जिल्लामा सञ्चालनमा छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?