+
+
Shares

झरीपछिको इन्द्रेणी : नयाँ गीतमा सन्तान- अभिभावकको मर्मस्पर्शी चित्रण

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते ११:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'झरीपछिको इन्द्रेणी' को नयाँ गीत 'जब फर्किन्छु घर' सार्वजनिक भएको छ।
  • फिल्मले राजनीतिक अस्थिरता र नयाँ पुस्ताको आक्रोशलाई कथामा प्रस्तुत गरेको छ।
  • युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले फिल्म उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन्।

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत सार्वजनिक भएको छ । प्रदर्शनरत फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको बेला निर्माताले नयाँ गीत ‘जब फर्किन्छु घर’ रिलिज गरेका हुन् ।

गीतमा मनोज थापामगरको संगीत संयोजन, गणेश कार्कीको शब्द रचना, हेमन्त रानाको स्वर छ । गीतमा भिडियोमा कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल, दिप्सन चिलवाल फिचर्ड छन् ।

फिल्म हलमा रिलिज भएसँगै कलाकार हल–हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका छन् । यो फिल्मलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह, महानगर प्रहरी प्रमुख राजु पाण्डे, जेन–जी नेता सुदन गरुङ लगायतले हेरेका छन् ।

उनीहरु सबैले फिल्म उत्कृष्ट बनेको बताउँदै सिनेमा राम्रो बनेको प्रतिक्रिया दिएका छन् । यो फिल्मबाट पाका अभिनेता गणेश उप्रेतीले पुनरागमन गरेका छन् ।

नागराज इन्टरटेनमेन्ट प्रालीको व्यानरमा निर्माण भएको मुलुकको फिल्ममा राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको असर र नयाँ पुस्ताको आक्रोशलाई कथाको रुपमा पेश गर्छ । इमानदार कर्मचारी र सन्तानको मर्मस्पर्शी कथा पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?