+
+
WC Series
कर्णाली याक्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर : भ्रष्टाचारविरुद्ध युवाले जब आन्दोलन छेड्छन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्जुन घिमिरे निर्देशित फिल्म 'झरीपछिको इन्द्रेणी'को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ।
  • फिल्म भ्रष्टाचार र बेथितीविरुद्ध माइतीघर मण्डलाबाट थालिने युवाहरूको आन्दोलनको कथामा आधारित छ।
  • 'झरीपछिको इन्द्रेणी' ४ पुसदेखि प्रदर्शनमा आउने तयारीमा छ।

काठमाडौं । अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ ।

२ मिनेट ५५ सेकेन्ड रनटाइमको ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । भ्रष्टाचार र बेथितीविरुद्ध युवाहरूले माइतीघर मण्डलाबाट थाल्ने आन्दोलनको कथावस्तुमा फिल्म आधारित छ ।

यो फिल्मको ट्रेलरले हालैको जेनजी आन्दोलनको झल्को दिन्छ । विदेश गएर उच्च शिक्षा अध्ययन गर्ने युवाको सपना कसरी धुलिसात हुन्छ र उसले भ्रष्टाचार र बेथितीविरुछ आन्दोलन छेड्छ भन्ने कथा यसमा छ ।

प्रशस्तै टिभी श्रृंखलामा अभिनय गरेका पाँडेको यो डेब्यू निर्देशकीय फिचर फिल्म हो । लामो समयपछि यो फिल्मबाट पाका अभिनेता गणेश उप्रेतीले पुनरागमन गरेका छन् । ट्रेलरमा फिल्मका सबै कलाकारलाई समेटिएको छ ।

फिल्ममा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, प्रियाना आचार्य मुन्नी, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको पनि अभिनय छ ।

गणेश कार्की, विशाल घिमिरे र अर्जुन घिमिरेले पटकथा र संवाद लेखेका हुन् । अनिश सेन्दाङ लिम्बु निर्मित फिल्ममा अनु थापा, पंकज खड्का, राम कार्की, सिर्जना खड्का, सुवास शर्मा सहनिर्माता छन् ।

‘झरीपछिको इन्द्रेणी’ ४ पुसदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?