+
+
Shares

बालेनको युट्युब च्यानलमा आउने भए ‘झरीपछिको इन्द्रेणी’ का सबै गीत

फिल्म प्रदर्शन ४ पुसमा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्जुन घिमिरे 'पाँडे' निर्देशित फिल्म 'झरीपछिको इन्द्रेणी' ४ पुसमा देशब्यापी प्रदर्शन हुने प्रेषित विवरणमा उल्लेख छ।
  • फिल्मका सबै गीत र्‍यापर तथा काठमाडौं महानगर प्रमुख बालेनको युट्युब च्यानलमा रिलिज हुनेछन् र आगामी शनिबार 'फसायो लमीले' लोकगीत सार्वजनिक हुनेछ।
  • फिल्ममा गणेश उप्रेतीले पुनरागमन गरेका छन् र निर्मात्री अनिशा सेन्दाङ लिम्बु, सह-निर्माता अनु थापा, पंकज खड्का र राम कार्की रहेका छन्।

काठमाडौं । अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म ४ पुसमा देशब्यापी हलमा रिलिज हुने प्रेषित विवरणमा उल्लेख छ ।

सोहीअनुसार, निर्माताले प्रवर्धन पनि सुरु गर्दैछन् । आगामी शनिबार ‘फसायो लमीले’ बोलको लोकगीत रिलिज हुँदैछ । फिल्मका सबै गीत र्‍यापर तथा काठमाडौं महानगर प्रमुख बालेनको युट्युब च्यानलमा रिलिज हुनेछन् ।

बालेनले पनि आफैले एक गीत गाएका छन् । शनिबार आउन लागेको गीतमा दीपाश्री निरौला, अञ्जली अधिकारी, प्रदीप लामासहितका कलाकार देखिनेछन ।

समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहने गीतको शब्द, सङ्गीत संयोजन रमेश परियारले गरेका छन् । गीतमा मौसम हिमालीको नृत्य निर्देशन छ ।

यसै फिल्मबाट लामो समयपछि पाका अभिनेता गणेश उप्रेतीले अभिनयमा पुनरागमन गर्दैछन् । उनीसहित फिल्ममा रमेश उप्रेती, प्रकाश घिमिरे, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली लक्षणा राईको पनि अभिनय छ ।

अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का र राम कार्कीको सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको फिल्मलाई नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?