News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'झरीपछिको इन्द्रेणी' को पहिलो गीत 'फसायो लमी' काठमाडौं महानगर प्रमुख बालेन शाहको युट्युब च्यानलबाट रिलिज गरिएको थियो।
- गीतलाई बालेनको च्यानलबाट एक महिनापछि हटाएर फिल्मको डिजिटल राइट ओएसआरको च्यानलबाट रिलिज गरिएको छ।
- फिल्म ४ पुसदेखि प्रदर्शनमा आउँदैछ र यसमा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला लगायत कलाकारको अभिनय छ।
काठमाडौं । फिल्म ‘झरीपछिको इन्द्रेणी’ अहिले चर्चामा छ । फिल्मको पहिलो गीत ‘फसायो लमी’ ले र्यापर तथा काठमाडौं महानगर प्रमुख बालेन शाहको युट्युब च्यानलबाट रिलिज गरिएको थियो ।
बालेनको च्यानलमा आउँदा गीतले राम्रो भ्यूूज पाउने निर्माताको आशा थियो तर, त्यो अनुसार भएन । निर्माताले बालेनको च्यानलमा गीत आउने भन्दै प्रचार पनि गरेका थिए ।
अहिले उक्त गीतलाई बालेनको च्यानलबाट हटाएर ओएसआरको च्यानलबाट रिलिज गरिएको छ ।
बालेनको च्यानलमा सार्वजनिक भएको १ महिनापछि गीतलाई ओएसआरमा ल्याइएको हो । यस पछाडि दुई कारण हुनसक्छन्, पहिलो- अपेक्षाअनुसार भ्यूज नआउनु र दोस्रो- फिल्मको डिजिटल राइट ओएसआरले लिनु ।
बालेनको युट्युब च्यानल प्रायः हिपहप जनराको लागि प्रसिद्ध छ । रमेश परियारद्वारा स्वरबद्ध यो गीत भने लोकभाकामा तयार पारिएको हो, जसलाई ‘झरीपछिको इन्द्रेणी’ मा समावेश गरिएको छ ।
‘फसायो लमीले’ मा बसन्त थापा र समीक्षा अधिकारीको स्वर छ । अर्जुन घिमिरे (पाँडे)को निर्देशनको बनेको फिल्म ४ पुसदेखि प्रदर्शन तयारीमा छ ।
यो फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, विमोचन दवाडी, जेसिका पोखरेलको अभिनय छ ।
प्रतिक्रिया 4