सेफ हसन
बंगलादेश, अलराउण्डर
बंगलादेश, अलराउण्डर बंगलादेशका २७ वर्षीय सेफ हसन दायाँहाते आक्रामक ब्याटर तथा दायाँहाते अफस्पिन बलर हुन्।
साउदी अरबबाट प्रारम्भिक क्रिकेट यात्रा सुरु गरेर ढाका फर्केपछि उमेर समूहका प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै २१ वर्षकै उमेरमा अन्तर्राष्ट्रिय मञ्चमा उदाएका थिए।
सन् २०१८ को यु-१९ विश्वकपमा बंगलादेश टोलीको कप्तानी गरिसकेका उनी घरेलु क्रिकेटमा लामो इनिङ्स खेल्न सक्ने र आक्रामक प्रहार गर्न सक्ने भरपर्दा ब्याटर मानिन्छन्।
सन् २०१८-१९ को ढाका प्रिमियर लिगमा ६२.६१ को औसतमा ८१४ रन बनाउँदै चर्चामा आएका उनले सन् २०२० मा पाकिस्तानविरुद्ध टेस्ट डेब्यु गरेका थिए।
घरेलु प्रथम श्रेणी क्रिकेटमा ८ शतक र १७ अर्धशतकसहित ३ हजार ९३६ रन र २८ विकेट लिएका उनीसँग लिस्ट ए क्रिकेटमा १० शतक र ४० अर्धशतकसहित ६ हजार ८९ रन बनाएको विशाल अनुभव छ।
अन्तर्राष्ट्रियस्तरमा १५ एकदिवसीय र ३१ टी-२०आई खेल खेलिसकेका उनी बीपीएल मा रंगपुर राइडर्स, ढाका क्यापिटल्स र खुल्ना टाइगर्स जस्ता टोलीहरूमा आबद्ध भइसकेका छन्।
समग्र टी-२० क्रिकेटमा ११० खेलमा १४ अर्धशतकसहित २ हजार १८३ रन बनाउनुका साथै १९ विकेट लिएका सेफ हसन माथिल्लो क्रमको ब्याटिङ र उपयोगी अफस्पिन बलिङका लागि टोलीका एक महत्त्वपूर्ण खेलाडी हुन्।
Read Fullप्लेयर्स टु वाच

















