+
Home › Sports › Cricket › सन्तोष कार्की

सन्तोष कार्की
नेपाल, विकेट किपर

Full Name: सन्तोष कार्की
Nationality: नेपाल
Position: विकेट किपर

पर्साका सन्तोष कार्की हरेक रोलमा खेल्न सक्ने खेलाडी हुन् । विशेषगरी उनी टप अर्डर ब्याटर हुन् भने अफ क्रेम स्पीन बलिङ गर्छन् । तर आवश्यकता अनुसार उनी ओपनिङ ब्याटिङ समेत गर्न सक्छन् भने विकेटकिपिङ पनि गर्छन् ।

सन्तोषले सुरुमा मधेश प्रदेशबाट घरेलु क्रिकेट खेलेका थिए । हाल उनी विभागीय टोली त्रिभुवन आर्मीबाट घरेलु क्रिकेट खेल्दै आएका छन् । सन्तोषले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन खेलेका थिए । तर दोस्रो सिजनअघि उनलाई चितवनले रिलिज गर्‍यो र अक्सनमा कुनै पनि टिमले अनुबन्ध गरेन । तेस्रो सिजनमा भने उनलाई आफ्नै क्षेत्रको जनकपुर बोल्ट्सले अक्सनबाट अनुबन्ध गरेको हो ।

Read Full