Comments Add Comment

उपमेयर

List Grid
उपमेयर नेपालीको प्रष्टीकरण : म बिरामी छु, अमेरिकामा लुकेको होइन

१२ माघ, काठमाडौं । अमेरिका पुगेर लुकेको भनिएकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली दर्शनाले स्वास्थ्य समस्याका कारण नेपाल फर्कन नसकेको स्पष्टीकरण दिएकी छन् । आफूले बारम्बार फोन गर्दा पनि मेयरले नउठाएको उनको दाबी छ । अमेरिकामा आयोजित एक गोष्ठीमा भाग लिन कात्तिकको पहिलो साता दर्शना अमेरिका गएकी थिइन् । करिब एक महिनादेखि उनी आफूसित […]

अमेरिकामै लुकिन् तिलागुफाकी उपमेयर दर्शना

९ माघ, काठमाडौं । गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) उतै लुकेकी छन् । दर्शना नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन् । अमेरिका पुगेको केही समयसम्म उनी नगरपालिकाका मेयर रत्नबहादुर शाहीसँग सम्पर्कमै थिइन् । तर, पछिल्लो एक महिनायता मेयर शाहीसँग पनि दर्शना सम्पर्कविहीन […]

महिलापीडित पुरुष पनि धेरै रहेछन् : उपमेयर सुशीला पाख्रिन

कालो कोट लगाएर नगरपालिकाको इजलासमा बस्दा सुशीला पाख्रिन उप–मेयर होइन न्यायाधीशजस्तो देखिएकी थिइन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाकी उप–प्रमुख सुशीला पाख्रिनले इजलास सकिएपछि न्याय निरुपणका रोचक प्रसंगहरु अनलाइनखबरलाई सुनाइन् । उपमेयर निर्वाचित भएको दुई वर्षमा देखिने गरी भौतिक विकासका काम नभए पनि समाज बुझ्ने विश्वविद्यालय पाएको पाख्रिनको अनुभव छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको […]

संचार खर्च नपाएपछि उपप्रमुखले फिर्ता गरिन् सिमकार्ड

२० मंसिर, सप्तरी । स्थानीय तहको निर्वाचन भएपछि कतिपय ठाउँमा जनप्रतिनिधिबीचको विवाद चरमोत्कर्षमा पुगेको छ । खासगरी प्रमुख र उप प्रमुखबीच अत्यधिक विवाद हुने गरेको देखिएको छ । उप-प्रमुख महिला भएकै कारण पुरुषहरुले हेप्ने गरेको उप-प्रमुखहरुको अारोप छ ।  सप्तरीकी एक उप-प्रमुखले भने आफूलाई हेपेर संचार खर्चसमेत नदिएको भन्दै नगरपालिकाले उपलब्ध गराएको मोवाइलको सिमकार्ड फिर्ता […]

उपमेयर खड्गीको अनुभव: चीनमा नगरवासीले आफैं सडक सफा गर्दारहेछन् !

४ मंसिर, काठमाडौं । यसैसाता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी दुबैले संयुक्तरुपमा चीनका विभिन्न शहरहरुको भ्रमण गरे । काठमाडौं शहर र चिनियाँ शहरहरुको भिन्रता के–कस्तो रहेछ ? चीन भ्रमणबाट के सिक्नुभयो र अब काठमाडाैंमा त्यसलाई कसरी प्रयोग गर्नुहुन्छ भनेर हामीले उपमेयर खड्गीसँग सोध्यौं । उपमेयर खड्गीले चीनमा सिकेका कुराहरु लागु गर्ने […]

उपमेयर खड्गीको अनुभव: चीनमा नगरवासीले आफैं सडक सफा गर्दारहेछन् !

४ मंसिर, काठमाडौं । यसैसाता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी दुबैले संयुक्तरुपमा चीनका विभिन्न शहरहरुको भ्रमण गरे । काठमाडौं शहर र चिनियाँ शहरहरुको भिन्रता के–कस्तो रहेछ ? चीन भ्रमणबाट के सिक्नुभयो र अब काठमाडाैंमा त्यसलाई कसरी प्रयोग गर्नुहुन्छ भनेर हामीले उपमेयर खड्गीसँग सोध्यौं । उपमेयर खड्गीले चीनमा सिकेका कुराहरु लागु गर्ने […]

रानीपोखरीमा पुरातत्वको स्वीकृति रहेनछ, रोक्नै पर्‍योः उपमेयर खड्गी (भिडियोसहित)

 ११ पुस, काठमाडौं । काठमाडाैं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले रानीपोखरी पुनर्निर्माणको अवलोकन गरेकी छन् । रानीपोखरीमा कंक्रिट प्रयोग भएको भन्दै सम्पदाविद्हरुले आलोचना भइरहेका बेला खड्गीले पुरातत्व विभागको स्विकृति विना नै काम भएको बताएकी हुन् । मंगलबार रानीपोखरी पुनर्निर्माणको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमेयर खड्गीले विज्ञहरुसँग छलफल गरेर मात्रै रानीपोखरी पुनर्निर्माणको काम अघि बढ्ने बताइन् […]

१० हजार मत कटाएपछि निरुपमाले भनिन् – काठमाडौंले मधेसलाई स्वीकार्‍यो

१३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा १० हजार मत कटाएर तेस्रो स्थान सुरक्षित गर्दै गर्दा साझा पार्टीकी उम्मेदवार निरुपमा यादवले काठमाडौंले मधेसलाई विभेद गर्दैन भन्ने ब्यालेटमार्फत पुष्टि भएको प्रतिक्रिया दिएकी छन् । महानगरपालिकाको १ लाख ८६ हजार मत गनिसक्दा यादवले शनिबार बिहान १० हजार ९४५ मत पुर्याएकी छन् । १० हजार मत कटेपछि अनलाइनखबरसँग […]

मकवानपुरमा एमालेको बहुमत

११ जेठ,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतगणना सम्पन्न भएसँगै मकवानपुरका सबै १० स्थानीय तहको नजिता सार्वजनिक भएको छ । १० मध्ये ६ स्थानीय तहका प्रमुख र ८ उपप्रमुख जितेर एमाले जिल्लाको सबैभन्दा ठूलो पार्टी बनेको छ । कांग्रेस र माओवादीले दुई/दुई स्थानीय तहका प्रमुख जितेर दोस्रो शक्तिमा स्थापित भएका छन् । मकवानपुरमा हेटौंडा उपमहानगरपालिका,थाहा नगरपालिका र भिमफेदी […]

उपमेयरकी दाबेदार निरुपमा भन्छिन्-सेलरोटीले काठमाडौं र मधेसलाई जोड्छ

२४ बैशाख, काठमाडौं । बखुण्डोलस्थित साझा पार्टीको केन्द्रीय कार्यालय अगाडि ट्याक्सी रोकेर ओर्लिँदै गर्दा अधिवक्ता निरुपमा यादवले भनिन्- स्वयंभूबाट यहाँसम्म आउदा चार ठाउँमा बाटो भत्किएकाले ट्याक्सीमा दोब्बर भाडा उठ्यो । हामीले राजधानीलाई यस्तै हालतमा राख्ने हो त अब ? काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी निरुपमाले आफैंले भोगेको सास्तीबाट अनलाइनखबरसँग कुरा शुरु गरिन् । अघिपछि बस, […]

मेयर र उपमेयरको सेवा सुविधा कति ?

१८ चैत, काठमाडाैं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा स्थानीय तहको प्रमुख र उपप्रमुखमा दावेदारी बढिरहेको छ । यसमा पनि महानगर, उपमहानगर र नगरगरपालिकाका मेयर र उपमेयरमा धेरैको चासो छ । धेरैको चासो बोकेको यो पदमा निर्वाचित व्यक्तिले सेवा सुविधा चाँहि के कस्तो पाउँछन् त ? संविधानले स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधा सम्वन्धी व्यवस्था […]