Comments Add Comment

एलिजा गौतम

List Grid
बोल्ड एलिजा

नायिका तथा मोडल एलिजा गौतम पछिल्लो समय चर्चामा छिन् । कहिले उनी म्यूजिक भिडियोका कारण तथा कहिले तस्वीरका कारण चर्चामा छिन् । पहिलो चलचित्र ‘अनुराग’मा काम गरेपछि उनले दोश्रो चलचित्रमा काम गर्ने सुरसार अझै कसेकी छैनन् । बरु, संझौता गरिसकेको चलचित्र पनि छाडिन् । उनै, एलिजा सामाजिक संजालमा आकर्षक तस्वीर सार्वजनिक गरेर चर्चामा आइरहेकी हुन्छिन् […]

‘ब्यूटी क्विन’ एलिजा

बुधबार बेलुकी काठमाण्डौको पाँच तारे होटलमा आफ्नो जन्मदिन मनाउँदै गर्दा मोडल तथा नायिका एलिजा गौतम खुशी देखिइन् । एक त चलचित्र क्षेत्रका नजिकका साथीहरुको उपस्थिती, अर्कोतिर श्रीमान् ऋषि धमलाको सरप्राइज गिफ्ट । एलिजा खुशी नहुने कुरै थिएन । उनै, एलिजाको सुन्दरताको प्रशंसा गर्दै ऋषिले भने–‘एलिजाको बारेमा त मैले के भन्नु । आफन्त, साथीभाई, चलचित्र क्षेत्रमा […]

जन्मदिनमा उद्धव भट्टराईलाई एलिजाको २५ हजार सहयोग

नायिका तथा मोडल एलिजा गौतमले आफ्नो जन्मदिनको अवसर पारेर कलाकार उद्धव भट्टराईलाई २५ हजार नगद सहयोग गरेकी छिन् । एलिजाले आफ्नो जन्मदिनको कार्यक्रम पाँच तारे होटल एभरेष्टमा आयोजना गरेकी थिइन् । सो कार्यक्रममा केट काट्दै एलिजाले भट्टराईलाई २५ हजार सहयोग गरेकी हुन् । उनले भनिन्–‘एक जना चर्चित कलाकारलाई सहयोग गर्न पाउँदा म खुशी छु । […]

एलिजाले फिल्म छाडेपछि नायिका खोज्दै दीपक

निर्देशक दीपक श्रेष्ठले बनाएका ‘पापी मान्छे, हिम्मत’ लगायतका चलचित्र बक्स अफिसमा सुपरहिट भए । कुनै समय दीपकका चलचित्रले बक्स अफिसमा धमाका नै मच्चाएका थिए । तर, विगत केही बर्षदेखि दीपक चलचित्र निर्देशनबाट टाढा थिए । उनै, दीपक नयाँ चलचित्र ‘घिन्ताङ’को तयारीमा छन् । यो चलचित्रका लागि दीपकले नायकमा गौरव पहारी र नायिकामा एलिजा गौतमलाई साइन […]

दीपकको ‘घिन्ताङ’मा एलिजासँग गौरवको जोडी

नायिका तथा मोडल एलिजा गौतमले चलचित्र ‘घिन्ताङ’मा काम गर्दैछिन् । यो चलचित्रलाई दीपक श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । एलिजाले केही साता अगाडि मात्र यो चलचित्र साइन गरेकी थिइन् । अब, यो चलचित्रका लागि नायक पनि फाइनल भएका छन् । चलचित्रमा नायिका एलिजा गौतमको जोडी नायक गौरव पहारीसँग जोडिने पक्का भउको छ । चलचित्रका लागि […]

एलिजाको सुन्दरता

पहिलो चलचित्र ‘अनुराग’मा काम गरेपनि मोडल तथा नायिका एलिजा गौतमको चर्चा भएको थिएन । उनी, दर्शकको नजरमा पनि परेकी थिइनन् । संचारकर्मी ऋषि धमलाकी धर्मपत्नीको रुपमा नै उनलाई धेरै दर्शकले चिन्थे । तर, लकडाउपछि म्यूजिक भिडियोमा सफलता हात पार्दै गएपछि एलिजाको चर्चा हुन थालेको छ । उनी, चाडै नै निर्देशक दीपक श्रेष्ठको नयाँ चलचित्रमा काम […]

एलिजाले साइन गरिन् दीपक श्रेष्ठको फिल्म

चलचित्र ‘अनुराग’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका एलिजा गौतमले दोश्रो चलचित्र साइन गरेकी छिन् । उनले निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्न लागेको नयाँ चलचित्र साइन गरेकी हुन् । एलिजाले कथावस्तु मन परेपछि आफूले चलचित्र साइन गरेको बताएकी छिन् । निर्देशक दीपक श्रेष्ठले केही बर्षको अन्तरालपछि नयाँ चलचित्र निर्देशन गर्न लागेका छन् । यो चलचित्रमा […]

एलिजा र सनिशको ‘तिम्रो बानी परेछ’ सार्वजनिक

‘तिम्रो बानी परेछ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार दधी अधिकारीको शब्द , कल्याण सिंहको संगीत र भ्वाइस अफ नेपालका सनिश श्रेष्ठको स्वर रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज छ। यो गीतको म्यूजिक भिडियोमा नायिका एलिजा गौतम र स्वयम गायक सनिश श्रेष्ठको अभिनय हेर्न सकिन्छ । यो भिडियोमा आवेश बज्राचार्यको छायांकन, माधव वेलवासेको सम्पादन […]

एलिजाले धादिङमा १० घर बनाउने

नायिका तथा मोडल एलिजा गौतमले एलिजा फाउन्डेशनको तर्फबाट देशका विभिन्न जिल्लाका विकट गाउँमा घर बनाउने बताएकी छिन् । अनलाइनखबरसँग कुरा गर्दै एलिजाले भनिन्–‘चैत्र ११ गते परेको मेरो जन्मदिनबाट मैले यो कार्यको सुरुवात गर्न लागेकी हुँ । अहिले धादिङको विकट गाउँमा १० घर बनाउने तयारी छ । भूकम्परहित ३ कोठाको घर बनाएर मैले यो अभियानलाई सुरु […]

फिल्मबाट डेब्यू गरेर पछुताएकी छैनः एलिजा

चलचित्र ‘अनुराग’मा काम गरेपछि मोडल तथा नायिका एलिजा गौतमको प्रशंसा भन्दा बढी आलोचना नै भयो । उनको अभिनयलाई लिएर धेरै ट्रोलहरु बने । उनै, एलिजा अहिले म्यूजिक भिडियोमा व्यस्त छिन् । लकडाउनपछि एलिजाले दर्जन बढी भिडियोमा काम गरिसकेकी छिन् । उनले, चल्तीका मोडलहरु पल शाह, पुष्प खड्कासँग पनि काम गरिसकिन् । एलिजा आफूले म्यूजिक भिडियोमा […]

नरेश र एलिजाको ‘झन् झन् माया बढ्यो’

गायक नारायण धिताल र गायिका मेलिना राइको स्वरमा ‘झन् झन् माया बढ्यो’ बोलको गीत सार्वजनिक भएको छ । संगीतकार सुनिल मास्केको शब्द तथा संगीतमा तयार भएको यो गीतमा सचिन सिंहको संगीत संयोजन छ । लामो समयदेखि बेल्जियममा बस्दै आएका गायक तथा समाजसेवी नारायण धिताल डेढ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा व्यस्त छन् । सार्वजनिक भिडियोमा […]

ऋषि धमला पत्नी एलिजा अब हिरोइन, घोषणा भयो ‘अनुराग’

रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाकी पत्नी एलिजा गौतमले चलचित्र निर्माणको घोषणा गरेकी छिन् । उनले निर्माण गर्न लागेको चलचित्रको नाम ‘अनुराग’ राखिएको छ । एलिजा लामो समयदेखि चलचित्रमा अभिनयका लागि दौडधुपमा थिइन् । एलिजा गौतमसँग चलचित्रमा मोडल दीपक घिमिरेले रोमान्स गर्ने पक्का भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एलिजाले पति ऋषिका कारण आफूले […]