+
+
Shares

मोडल एलिजा ‘जनादेश पार्टी’ की उपाध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १६:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोडल तथा अभिनेत्री एलिजा गौतम जनादेश पार्टीको उपाध्यक्ष बनेकी छन् र निर्वाचन आयोगमा निवेदन दिइएको छ।
  • जनादेश पार्टीको ७५ केन्द्रीय सदस्य रहेको र पदाधिकारी विवरण निर्वाचन आयोगमा बुझाइएको छ।
  • एलिजाले भ्रष्टाचार नियन्त्रण र सुशासनको उद्देश्य लिएर पार्टी गठन गरिएको बताइन् र अब पार्टीको काममा समय बिताउने योजना छ।

काठमाडौं । मोडल तथा अभिनेत्री एलिजा गौतम ‘जनादेश पार्टी’ को उपाध्यक्ष बनेकी छन् । मंगलबार रमणकुमार कर्ण नेतृत्वमा उक्त दलले निर्वाचन आयोगमा निवेदन दिएको छ ।

७५ केन्द्रीय सदस्य रहेको उक्त पार्टीको पदाधिकारीको विवरण निर्वाचन आयोगमा बुझाइएको छ ।

एलिजाले आफू उक्त दलको उपाध्यक्ष रहेको जानकारी सामाजिक सञ्जालबाट गराएकी छन् । निवेदन दिन निर्वाचन आयोगमा पुगेकी एलिजाले फोटो पनि सार्वजनिक गरेकी छिन् ।

‘भ्रष्टाचार नियन्त्रण र सुशासनको उद्देश्य लिएर हामीले पार्टी गठन गरेका हौं’ एलिजाले अनलाइनखबरसँग भनिन् । फिल्म ‘अनुराग’ की निर्मात्री तथा अभिनेत्री रहेकी एलिजाले केही म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् । उनले अन्य केही फिल्ममा समेत साइन गरेकी थिइन्, ती प्रोजेक्ट बन्न सकेन ।

‘अबको मेरो समय पार्टीको काममा बित्नेछ’ उनले भनिन् । कलाकारितामा आफू तत्काल फर्किने योजनामा नरहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?