Comments Add Comment

कर्णाली प्रदेशसभा

List Grid
सिंजा सभ्यताको संरक्षण गर्न गैरसरकारी विधेयक 

१० असोज, सुर्खेत । सिंजा सभ्यताको विकास तथा संरक्षण गर्न पहिलो पटक कर्णाली प्रदेशसभामा ‘गैरसरकारी विधेयक’ दर्ता भएको छ । कर्णाली सरकारका पूर्व कानूनमन्त्री तथा जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ आइतबार प्रदेशसभामा दर्ता गराएका हुन् । देशको मूल सभ्यतासँगै भाषाको उद्गमस्थलका रूपमा रहेको सिंजा क्षेत्रको संरक्षण तथा […]

बजेट रकमान्तर नगर्न कर्णाली सरकारलाई लेखा समितिको निर्देशन

१७ असार, सुर्खेत । कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले बजेट रकमान्तर नगर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले वित्तीय अनुशासन विपरीतका कार्य नगर्ने र त्यस्ता काममा हुने भुक्तानी रोक्न कर्णाली सरकारलाई निर्देशन दिएको हो । आर्थिक वर्षको अन्तमा राजनीतिक पूर्वाग्रह र पहुँचको आधारमा बजेट रकमान्तर गर्ने प्रवृत्ति देखिएपछि यस्ता कार्य तत्काल रोक्न […]

प्रधानमन्त्रीको भ्याकेटमा सर्वोच्चले कर्णालीका चार सांसदलाई बोलायो

८ असार, काठमाडौं । फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाउन आदेश दिएको छ । मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र हरि फुयालको इजलासले रिट निवेदकलाई पनि बोलाउन आदेश दिएको हो । उक्त मुद्दामा बहस गरेका अधिवक्ता ईश्वरी […]

पुनर्बहाली भएका कर्णालीका चार सांसद एमालेमा फर्किए

३१ जेठ, सुर्खेत । सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका कर्णाली प्रदेशसभाका चार जना सांसद नेकपा एमाले संसदीय दलमा फर्किएका छन् । सोमबार प्रदेशसभा बैठकको सुरुमै सभामुख राजबहादुर शाहीले सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका चार जना सांसदको नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा प्रदेशसभा सदस्य पद कायम रहेको घोषणा गरेका छन् । ‘एमाले प्रदेशसभा संसदीय दलको पत्रको […]

मन्त्रीको राजीनामा माग गर्दै एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

२४ जेठ, सुर्खेत । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै एमालेले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सभामुखले कार्यसूची अघि नबढाउँदै एमाले सांसदहरू उठेर विरोध जनाएका थिए । एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग प्रमाणित भइसकेको व्यक्तिलाई मन्त्री […]

जेठ २५ भित्र संसद अधिवेशन बोलाउने कर्णाली सरकारको प्रतिबद्धता

२० जेठ, सुर्खेत । कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको दबाबपछि प्रदेश सरकार बजेट अधिवेशन बोलाउन तयार भएको छ । सभामुख राजबहादुर शाहीको आह्वानमा बिहीबार दिउँसो बसेको प्रदेश सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन सरकारलाई आग्रह गरेको प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । बैठकमा सहभागी दलका नेताहरुले असार १ गतेभित्र प्रदेश सरकारले बजेट ल्याइसक्नुपर्ने […]

कर्णालीमा तत्काल अक्सिजन प्लान्ट स्थापना गर्न संसदीय समितिको निर्देशन

२ जेठ, सुर्खेत । कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले कोरोना नियन्त्रणमा प्रदेश सरकारलाई गम्भीर भएर लाग्न निर्देशन दिएको छ । समितिको शनिबार बसेको बैठकले प्रदेश अस्पताल, सुर्खेतमा दैनिक १ हजार सिलिण्डर भर्न सक्ने अक्सिजन प्लाण्टको तत्काल स्थापना गर्न समेत लिखित निर्देशन दिएको हो । समितीले प्रदेशभर अक्सिजनको अभाव हुन नदिन र अस्पतालहरुमा नियमित विद्युत आपूर्ति […]

कर्णाली प्रदेशसभा अधिवेशन बोलाउने छैन सुरसार

११ माघ, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि कर्णाली प्रदेशसभा बैठक प्रभावित भएको छ । नेकपा विभाजित भएपछि प्रदेश सरकारले अधिवेशन बोलाउने कुनै तयारी गरेको छैन । यस अघिका दुई अधिवेशन पनि कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण प्रभावित हुन पुगेका थिए । मुख्यमन्त्रीदेखि मन्त्री र प्रदेशसभा सदस्यहरु आ–आफ्ना खेमाका गुटगत आमसभा […]

कांग्रेसद्वारा कर्णाली प्रदेश सभा बैठक बहिष्कार

२० असार, सुर्खेत । बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेश सभा बैठक बहिष्कार गरेको छ। शनिबार बसेको बैठकमा कांग्रेस सांसदहरू उपस्थित नै भएनन् । मन्त्रालयहरूको छुट्टाछुट्टै योजनासहित किताब नआएपछि बैठकमा भाग नलिइएको विपक्षी दलका नेता जीवनबहादुर शाहीले बताए । उनले भनेका छन्, ‘सबै मन्त्रालयहरूको बजेट किताब मन्त्रालयगत रुपमा नआइसकेको कारण हामी बैठकमा […]

कर्णालीमा कांग्रेसद्वारा प्रदेशसभा अवरुद्ध

११ असार, सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश योजना आयोगको क्षेत्राधिकार मिचेर वार्षिक विकास कार्यक्रम पुस्तिका प्रकाशन गरेको भन्दै संसद अवरुद्ध गरेको छ । कांग्रेसले यही विषयलाई लिएर बुधबार र बिहीबार दुई दिन संसद अवरुद्ध गरेको छ । वार्षिक विकास कार्यक्रम पुस्तिका प्रकाशन गर्ने आर्थिक मामिला तथा योजना […]

कोरोना कहरमा कर्णालीका जनप्रतिनिधिलाई दोब्बर सुविधा

१० असार, सुर्खेत । कोरोनाको कहरमा पनि कर्णाली प्रदेशका जनप्रतिनिधिहरुको सेवा सुविधा दोब्बरले वृद्धि हुने भएको छ । प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिका लागि दोब्बर सुविधा प्रस्ताव गर्दै सुविधासम्बन्धी ऐन संशोधन गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले गत कात्तिक पहिलो साता स्थानीय तहका पदाधिकारी र सदस्यहरुको मासिक पारिश्रमिक तथा ज्यालासहितको सुविधा सम्बन्धी कानुन खारेज […]

कांग्रेसको प्रस्तावमा छलफल नभएपछि कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध

५ असार, सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रबार कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमा छलफल अघि नबढाइएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । कांग्रेस संसदीय दलले असार ४ गते संसदमा छलफलका लागि कोरोना नियन्त्रणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव प्रदेशसभामा दर्ता गरेको थियो । प्रस्तावलाई […]

कर्णालीमा कांग्रेसको प्रस्ताव : सरकारी पदाधिकारीको गाडी कोरोना नियन्त्रणमा प्रयोग गरौं

४ असार, सुर्खेत । प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभाका पदाधिकारीको सवारी साधन कोरोना महामारी नियन्त्रणमा प्रयोग गर्न प्रस्ताव गरेको छ । बिहीबार कर्णाली प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गर्दै कांग्रेस संसदीय दलले महामारी सामान्य नहुँदासम्म प्रदेशसभाका पदाधिकारी, सदस्य र सरकारका पदाधिकारीले लिँदै आएको सवारी साधनको सुविधा फिर्ता गरी महामारी नियन्त्रणमा प्रयोग गर्नुपर्ने बताएको हो […]