Comments Add Comment

कुशल मल्ल

List Grid
कुशल मल्ल : टी-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने कान्छा खेलाडी

१२ वैशाख, काठमाडौं । युवा अलराउण्डर कुशल मल्ल टी-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । घरेलु मैदानमा शनिवार सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गर्दै उनले यो कीर्तिमान बनाएका हुन् । कुशल मल्लको नाममा ओडिआईमा पनि अर्धशतक बनाउने कान्छो खेलाडीको कीर्तिमान छ । शनिवार टी-२० अन्तर्राष्ट्रियमा करियरकै पहिलो अर्धशतक […]

नेपालले टस जितेर फिल्डिङ गर्दै, आरिफको स्थानमा कुशल मल्ल

६ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ । कीर्तिपुर मैदानमा हुने खेलमा नेपालले मलेसियाविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । खेल १:१५ बजे सुरु हुनेछ । नेपाली टिममा आज एक जना परिवर्तन गरिएको छ । आरिफ शेखको स्थानमा कुशल मल्ललाई प्लेइङ सेटमा राखिएको छ । यसअघि नेदरल्याण्ड्सविरुद्ध पहिलो खेलमा नेपाल […]

टी-१० मा कुशल मल्लको डेब्यु

काठमाडौं । नेपाली युवा अलराउण्डर कुशल मल्लले युएईमा जारी टी-१० लिगमा डेब्यु गरेका छन् । तेस्रो स्थानको लागि भइरहेको खेलमा कुशल टीम अबुधाबीको प्लेइङ एघारमा परेका हुन् । यसअघि ८ खेलमा डगआउटमै रहेका कुशलले अन्तिम खेलमा मौका पाएका हुन् । उनी सातौं ओभरको चौथो बलमा आउट भए । १२ बलको सामना गरेका उनले एक चौका […]

पारस मेन्टर रहेको टीम अबुधाबीले छान्यो कुशल मल्ल

नेपाली युवा अलराउण्डर कुशल मल्ल पहिलो पटक विदेशी क्रिकेट लिगका लागि छनोट भएका छन् । आगामी जनवरीमा युएईमा हुने टी१० लिगका लागि टीम अबुधाबीले कुशललाई अनुबन्ध गरेको हो । नेपाली राष्ट्रिय टिमका अलराउण्डर पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टर रहेको अबुधाबीले युवा खेलाडी कुशललाई छनोट गरेको हो । पारसले गत सिजन अबुधाबीबाट खेलेका थिए । यस्तै […]

नेपालका सन्दीप र कुशल २० वर्ष मुनिका उत्कृष्ट खेलाडीको सूचीमा 

१२ जेठ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिममा रहेका दुई युवा स्टार विश्वका २० वर्षभन्दा मुनिका उत्कृष्ट खेलाडीको सूचीमा  परेका छन् । युएईको दी नेसनल अनलाइनलले सार्वजनिक गरेको २० खेलाडीको सूचीमा नेपालका स्पीनर सन्दीप लामिछाने र अलराउण्डर कुशल मल्लले स्थान बनाएका हुन् । सूचीमा टेष्ट खेल्ने राष्ट्रका खेलाडीहरुको वर्चस्व रहँदा एसोसिएट राष्ट्रबाट सन्दीप र कुशलसंगै […]