Comments Add Comment

झापा ३

List Grid
झापा ३ मा राप्रपाका लिङ्देनलाई अग्रता, सिटौला पछ्याउँदै

२२ मंसिर, झापा । झापा क्षेत्र नं. ३ मा बाम गठबन्धनबाट राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले प्रारम्भिक अग्रता कायम गरेका छन् । उनले ६ सय ५७ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३ सय २३ मत ल्याएका छन् ।

मतदानपछि कृष्ण सिटौलाले भने– अब जनता मालिक हुनेछन्

२१ मंसिर, झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले यो निर्वाचनबाट जनता मालिक बन्ने बताएका छन् । निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरु असफल बनेको भन्दै उनले जनता मालिक बन्न यो निर्वाचन महत्वपूर्ण रहेको बताएका हुन् । भद्रपुर १० स्थित कलवलगुरी आधारभूत विद्यालय मतदान स्थलबाट मतदान […]

बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने सोचमा सिटौला

१८ मंसिर, झापा । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रचारप्रसार गर्ने सोमबार अन्तिम दिन हो । आज राति १२ बजेपछि मौन अवधि शुरु हुँदैछ । राजनीतिक दलहरु प्रचारप्रसारको अन्तिम दौडधुपमा ब्यस्त छन् । मौन अवधि शुरु हुनै लाग्दा झापा क्षेत्र नं ३ को चर्चा अझ बढी चुलिएको छ । […]

झापा पुगेर ओलीले भने–एमालेले म्याच फिक्सिङ गर्दैन

१४ कात्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ३ मा एमालेले म्याच फिक्सिङ नगर्ने बताएका छन् । एमाले–माओवादीको वाम गठबन्धनले झापा ३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई सर्मथन गरेको छ । कांग्रेसका कृष्ण सिटौला चुनावी मैदानमा छन् । तर, झापा ३ मा पछिल्लो पटक सिटौलालाई जिताउन म्याच फिक्सिङ भएको चर्चा छ । राप्रपाको […]

एमाले–माओवादी कार्यकर्तालाई सिटौलाको अपील: राजावादीलाई भोट नदिनू

२४ कात्तिक, झापा । नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले नेकपा एमाले र माओवादी केन्द्रका  कार्यकर्तालाई राजावादीलाई भोट नदिन अपिल गरेका छन् । ०६२/०६३ को लोकतान्त्रिक गणतन्त्रको परिवर्तन रोक्न सुरज विश्वास र राजन गिरीलाई गोली हान्नेहरु परिवर्तनगामी झापाली जनताका प्रतिनिधि बन्न अयोग्य रहेको बताउँदै उनले राजावादीलाई भोट नदिन अपिल गरेका हुन् […]