Comments Add Comment

डिला संग्रौला

List Grid
बाढी पहिरोका विषयमा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

१५ असार, काठमाडौं । बाढी पहिरो नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्दै सोमबार संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले बाढी पहिरोको नियन्त्रण र रोकथामको चुस्त र प्रभावकारी तयारी गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुन् । उनको प्रस्तावको कांग्रेस सांसदहरु लक्ष्मी […]

नीति तथा कार्यक्रम : नयाँ परिस्थितिमा पुरानै पुनरावृत्ति

नेपाल सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले आगामी जेठ १५ गते सरकारद्वारा प्रस्तुत गरिने वार्षिक बजेटलाई मार्गनिर्देशन गरेको हुनुपर्ने हो । तर, नेपाल सरकारका विभिन्न मन्त्रालयबाट सदाझैं तयार पारिएको नीति तथा कार्यक्रमलाई केवल कोरानाको नाम राखी जस्ताको त्यस्तै कपिपेस्ट मात्र गरिएको छ । नीति कार्यक्रममा अहिलेको प्राथमिकता तोकिएको छैन । यसले केवल कर्मकाण्डी र हेलचेक्र्याइँ पाराले […]

श्रमिकप्रति निर्दयी सरकार

विश्वव्यापी कोरोना भाइरस महामारीको कारण आज विश्व नै आक्रान्त छ । मान्छे सन्त्रासले आत्तिएका छन् । संसारभरिका बहुसंख्यक मान्छे यही मनोदशाबाट कतिले ज्यान गुमाइसकेका छन् । कति असहज कहालीलाग्दो वातावरणमा बाँच्न बाध्य छन् । यस्तो अवस्थामा सामाजिक दुरी कायम राख्न लकडाउनबाहेक अर्को विकल्प नै थिएन । जसले गर्दा आज आधा विश्व नै लकडाउनमा छ । […]

प्रधानमन्त्री किन मौन ?

निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणको अनियमिततामा संलग्न रहेको ७० करोडको अडियो डिल नेपाली स्वीस एजेण्ट विजय प्रसाद मिश्रसँग भएको फोन वार्तासँगै मुलुकको राजनीतिमा ठूलो तरंग उत्पन्न भएको छ । नेपाली कांग्रेसले यस प्रकरणमा तीनवटा माग राखेर फाल्गुन ८ गते संसद अवरुद्ध गर्न पुग्यो । ती मागहरु मन्त्रीलाई […]

संसद नेकपाको बन्धक, सरकारलाई सजिलो

संसद जनताको सर्वोच्च थलो हो, जहाँ जनप्रतिनिधिले कानून निर्माणका साथै जनताका आवाज मुखरित गर्छन् । तर, आज नेकपा सरकारले प्रतिनिधिसभा संसदलाई बन्धक बनाएको छ । संसद बन्धक हुँदा मुलुक बन्द हुन पुगेको छ । संसदको पाँचौं हिउँदे अधिवेशन गत पुस ४ गते बोलाइएको हो । आज पुस १८ गते भइसक्दा पनि बारम्बार संसदको कार्यतालिका सार्वजनिक […]

ओली सरकारका ९ खराबी

जनताभन्दा ठूलो शक्ति कोही हुँदैनन् । जनताको भावनाको कदर नगर्ने दल वा देशलाई नेतृत्व गर्ने नेता तबमात्र सफल हुन्छन्, जब उनीहरुले जनभावनाअनुसार शक्ति र सत्तामा रहँदा जनताका लागि काम गर्छन् । लोकतन्त्रमा जनभावनालाई संस्थागत गर्न नसक्दा लोकतन्त्र कमजोर हुनुका साथै अधिनायकवादले जन्म लिन्छ । दलीय राजनीतिमा राजनीतिक दलको भूमिकाविना लोकतान्त्रिक शासन व्यवस्था फस्टाउन सक्दैन । […]