१२ असार, काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले हरेक वडामा कम्तीमा पनि १० जना ३५ वर्षमुनिका युवालाई नयाँ क्रियाशील सदस्यता वितरण गरिने बताएकी छन् ।
तेह्रथुमको लालिगुराँस नगरपालिकामा शुक्रबार आयोजित नयाँ सदस्यतासम्बन्धी जिल्लास्तरीय छलफल कार्यक्रममा उनले प्रत्येक वडामा ३५ वर्षमुनिका १० जना युवालाई नयाँ सदस्यता दिइने बताएकी हुन् ।
‘पार्टीले युवालाई लक्षित गरेर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ,’ संग्रौलाले भनिन्, ‘पार्टीको निर्देशनअनुसार हरेक वडामा कम्तीमा पनि १० जना युवालाई अनिवार्य सदस्यता दिनुपर्छ ।’
उनले हरेक वडामा २० जना महिलालाई पनि नयाँ क्रियाशील सदस्य बनाउनुपर्ने बताइन् ।
‘१० जना नयाँ युवासँगै २० जना महिलालाई नयाँ क्रियाशील दिनुपर्छ,’ संग्रौलाले भनिन् ।
नतृ संग्रौलाले १५ औं अधिवेशनको प्रक्रिया सुरु भएको भन्दै पार्टीभित्र एकताबद्ध भएर अगाडि जानुपर्ने बताइन् ।
उनले कांग्रेस जनतामुखी हुनुपर्नेमा पनि जोड दिइन् ।
प्रतिक्रिया 4