+
+
Shares

लोकतन्त्रमा हारजित दुवै हुन्छ, राजीनामा विकल्प होइन : सहमहामन्त्री संग्रौला

‘गगन थापा व्यक्ति होइन संस्था हो’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते १३:५५

२९ फागुन, काठमाडौं ।  नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले लोकतन्त्रमा हार–जित दुवै हुने बताउँदै पार्टी सभापति गगन थापाको राजीनामा विकल्प नभएको टिप्पणी गरेकी छन् । शुक्रबार राष्ट्रिय प्रेस क्लबले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सहमहामन्त्री संग्रौलाले निर्वाचनको नतिजा आत्मालोचनासहित स्वीकार गर्ने पनि संग्रौलाले बताइन् ।

‘हामी जनतामा आत्मालोचना गरेर जान तयार छौँ । राजीनामा अहिलेको विकल्प होइन,’ सहमहामन्त्री संग्रौलाले भनिन् । उनले पार्टी सम्हालेको छोटो समय नै भए पनि पराजयको जिम्मा सभापति थापाको टिमले लिने बताइन् ।

‘गगन थापा व्यक्ति होइन संस्था हो,’ उनले भनिन्, ‘आज पदाधिकारी र केन्द्रीय समितिले मात्रै रोक्न खोजेका छन् भनिएको छ । त्यो होइन । कुन परिवेशमा गयौँ, कुन परिस्थितिमा गयौँ भन्ने हुन्छ ।’

उनले पार्टी संरचना निर्वाचनमा कत्तिको सक्रिय भयो भन्नेले पनि नतिजा फरक पार्ने आशय व्यक्त गरिन् । ‘कांग्रेसको आठ लाख क्रियाशील सदस्यता, यत्तिको संरचना, भातृ–शुभेच्छुक कति परिचालन भए, कति भएनन् । हाम्रा उम्मेदवारले कस्ता बाधा व्यवधान बेहोर्नुपर्‍यो त्यो रिपोर्ट आउने क्रम चलिरहेको छ,’ उनले भनिन् ।

सभापति थापा नियमित महाधिवेशनबाट आएको सभापति पनि नभएकाले उनले अहिले नै छाडेर जाने छुट नभएको सहमहामन्त्री संग्रौलाले बताइन् । उनले भनिन्, ‘विशेषबाट भएको पाँच दिनमा आएको सभापति भएकाले उहाँको जिम्मेवारी नियमित महाधिवेशन गरेर पुनर्जागरण गर्नुपर्ने दायित्व छ । यो कुरा देशभरबाट आइरहेको छ ।’

तैपनि यो कुरामा सभापति थापाकै निर्णय रहने उनले बताइन् । त्यसका लागि आगामी केन्द्रीय समिति बैठकमा छलफल हुने उनको भनाई छ ।

‘लोकतन्त्रमा हार र जित दुवै हुन्छ । हामी आत्मालोचनासहित पराजयलाई स्वीकार गर्छौँ,’ सहमहामन्त्री संग्रौलाले भनिन्,‘जनता जनार्दनको शक्ति अगाडि केही छैन । त्यसलाई केन्द्रबिन्दु बनाएर अगाडि आएको शक्तिलाई शुभकामना छ ।’

कांग्रेसले रास्वपाको सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको पनि उनले बताइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?