Comments Add Comment

नेपाली क्रिकेट

List Grid
नेपाल प्रिमियर लिग १० वर्षका लागि भारतीय कम्पनीलाई ठेक्का दिने प्रस्ताव

३ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजनाको जिम्मा १० वर्षका लागि भारतीय कम्पनीलाई  दिने प्रस्ताव गरेको छ । क्यानको बुधबार सम्पन्न भर्चुअल साधरणसभामा एनपीएल आयोजना गर्नेबारे छलफल भएको थियो । क्यान पदाधिकारीको तर्फबाट एनपीएल आयोजनाको जिम्मा १० वर्षका लागि भारतीय कम्पनी सेभेन ३ स्पोर्टस् प्रालिलाई दिने प्रस्ताव पेश भएको […]

क्रिकेट टिमले मंसिर दोस्रो साता मुख्य प्रशिक्षक पाउने

३० कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले मंसिर दोस्रो सातासम्म नयाँ मुख्य प्रशिक्षक पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर दोस्रो साता क्रिकेट टिमको मुख्य प्रशिक्षक घोषणा हुने जनाएको हो । शनिबार मुख्य प्रशिक्षकका लागि दाबेदार रहेका १२ जना प्रशिक्षकसँग अन्तर्वार्ता लिएपछि क्यानले नयाँ प्रशिक्षक घोषणा हुने मिति तय गरेको हो […]

क्रिकेट टिमको प्रशिक्षण मंसिर १० देखि

२२ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण मंसिर १० देखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को शनिबार भएको भर्चुअल बोर्ड बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै बन्द प्रशिक्षण सुरु गर्ने निर्णय गरेको हो । प्रशिक्षण सुरु गर्न राष्ट्रिय खेलकुद परिषद् -राखेप)ले अनुमति दिइसकेको छ । बैठकले  मंसिर ३ गते साधारणसभा गर्ने निर्णय […]

आईसीसीले सार्वजनिक गर्‍यो नेपाली क्रिकेट खेलाडीको तलब

१६ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको २०१९ को तलब सार्वजनिक गरेको छ । आईसीसीले सोमबार बेलुका एक वर्षको तलब सावजनिक गरेर नेपाल क्रिकेट संघ क्यानको खातामा पठाएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । नेपाली टिमका २२ खेलाडी र एकजना भिडियो एनालिस्टसहित २३ जनाको तलब निकासा भएको हो […]

नेपाल क्रिकेट संघको साधारण सभा स्थगित

भदौ दोस्रो साताका लािग तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । क्यानले मंगलबार विज्ञप्ती जारी गर्दै भदौ दोस्रो साताका लागि तोकेको साधारण सभा कोरोनालाई कारण देखाउँदै स्थगित भएको जानकारी गराएको हो । क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत साधारणसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जनाउनुभएको हो । […]

नेपाली क्रिकेट क्लबले तास्मानियामा फड्को मार्दै

२ भदौ, तास्मानिया (अष्ट्रेलिया) । विगत दुई वर्षदेखि अष्ट्रेलियाको तास्मानिया राज्यमा अवस्थित लन्चेस्टनमा क्रिकेट खेल्दै आएका नेपाली खेलाडीहरु अहिले एकदमै उत्साहित छन् । नहोउन् पनि किन, स्थानीय टिमविरुद्ध आफ्नो क्षमता प्रदर्शन गर्दै आएका उनीहरु यही अक्टोबरमा आयोजना गरिएको तास्मानिया क्रिकेट लिगको ए ग्रेड खेल्ने तयारीमा जुट्दैछन् । गत वर्ष तास्मानिया क्रिकेट लिगले आयोजना गरेको ए […]

नेपाली क्रिकेटको एउटा सपना पूरा भएको दिन

१९ साउन काठमाडौं । दुई वर्षअघि आजैको दिन नेपाली क्रिकेटले नयाँ कोसेढुङ्गा पार गरेको थियो । नेपालले २०१८ अगष्ट १ मा नेदरल्याण्ड्सविरुद्ध पहिलो ओडीआई (एक दिवसीय) क्रिकेट सिरिज खेल्यो । पहिलो खेलमा पराजित भएको नेपाल अगष्ट ३ अर्थात् दुई वर्षअघि आजकै दिन भएको दोस्रो खेलमा विजयी भयो । त्यो जित नै नेपालको लागि ओडीआईमा पहिलो […]

सीपीएल खेल्न जानुअघि सन्दीपले गराए कोरोना परीक्षण

१३ साउन काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने तयारीमा रहेका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले आफूमा कोरोना संक्रमण भएको वा नभएको जाँच्न नमुना दिएका छन् । सन्दीपले मंगलबार ललितपुर सानेपाको स्टार हस्पिटलमा स्वाब दिएका उनका व्यवस्थापक रमन शिवाकोटीले बताए । उनको रिपोर्ट बुधबारसम्म आउनेछ । अगष्ट १९ देखि ट्रिनिडाड एण्ड टोबागोमा […]

नेपालले टेस्ट मान्यता पाउन १०-१२ वर्ष लाग्न सक्छ : पारस खड्का

७ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपालले टेस्ट क्रिकेट खेल्ने मान्यता पाउन अझै एक दशक लाग्ने बताएका छन् । भारतीय पूर्वक्रिकेटर आकाश चोपडासंग उनको युट्युब च्यानल आकाशवाणीका लागि गरिएको अन्तर्वार्तामा पारसले नेपालले टेस्ट मान्यता पाउन १०- १२ वर्ष लाग्न सक्ने अनुमान गरे । नेपाल कहिले टेस्ट नेसन बन्न सक्छ भन्ने […]

नेपालसँग नाम जोडिएका लालचन्द राजपुत २०२१ सम्म जिम्बाब्बेकै प्रशिक्षक रहने

५ असार काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका भावी प्रशिक्षकको रुपमा हेरिएका भारतीय प्रशिक्षक लालचन्द राजपुत अर्को वर्षसम्म जिम्बाब्बेकै प्रशिक्षक रहने भएका छन् । जिम्बाब्बे क्रिकेटले बिहीबार ट्वीटरमार्फत राजपुत थप एक वर्ष अर्थात २०२१ सेप्टेम्बरसम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहने जनाएको छ । मुम्बईका ५८ वर्षीय राजपुतलाई नेपालको सम्भावित प्रशिक्षकको रुपमा हेरिएको थियो । नेपाल […]

नेपाली क्रिकेट टिमको प्रशिक्षक भारतबाटै आउने !

२८ जेठ, काठमाडौं । श्रीलंकन प्रशिक्षक रोए लुक डायसले छाडेपछि नेपाल क्रिकेटको टिमको अर्को विदेशी प्रशिक्षक श्रीलंकाली मुलका क्यानडेली नागरिक पुबुदे दासानायके बनेका थिए । दासानायके फर्केपछि नेपालकै जगत टमाटा प्रशिक्षक रहे । नेपालले ओडिआई मान्यता पाउँदा उनै टमाटा कोच थिए । गत वर्ष भारतका उमेश पटवाल नेपालको अर्का विदेशी प्रशिक्षक बने । उनको एक […]

क्रिकेट खेलाडीको तलब १० हजार बढाउने प्रस्ताव

२५ जेठ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेटरको तलबमा १० हजार वृद्धि गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीसँग माग गर्ने निर्णय गरेको छ । क्यानको शनिबार बसेको बैठकले अहिले खेलाडीले पाउन बाँकी रहेको तलबमा हरेक ग्रेडमा १० हजार रुपैयाँ बढाउन आईसीसीमक्ष प्रस्ताव गरेको क्यान स्रोतले जनाएको छ । अहिले नेपाली खेलाडीहरुलाई तीन ग्रेडबाट […]

क्रिकेट वरीयतामा नेपाल यथावत, ओडीआईमा १६ र टि-२० मा १५औं

काठमाडौं । सारा विश्व नै अहिले कोरोना भाइरस कोभिड-१९ ले प्रभावित छ । विश्व खेलकुद गतिविधि पनि यसको मारमा परेको छ । त्यसैले क्रिकेटको वरीयतामा पनि खासै फेरबदल छैन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको ओडीआई र टि-२०आई वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले ७ अप्रिलमा सार्वजनिक गरेको टि-२० वरीयतामा नेपाल १५औं स्थान यथावत रहेको […]

इपीएलका लागि ललितपुरले ट्यालेन्ट हन्टबाट छान्यो दुई खेलाडी

काठमाडौं । साविक विजेता ललितपुर प्याट्रिट्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-२० क्रिकेटका लागि ट्यालेन्ट हन्टबाट दुई युवा खेलाडीलाई छनोट गरेको छ । कोरोना भाइरसको कारण चैत १ गतेबाट हुने भनिएको इपीएल अनिश्चितकालका लागि स्थगित भए पनि ललितपुरले ट्यालेन्ट्स हन्टबाट खेलाडी छनोट गरेको हो । ललितपुरले चौथो संस्करणको इपीएलका लागि ब्याट्सम्यान बिभत्सु थापा र स्पीनर अरियो […]

चितवन प्रिमियर लिगको उपाधिका लागि राप्ती र सौराहा भिड्ने

२३ माघ, चितवन । प्रथम चितवन पि्रमियर लिग (सीपीएल) क्रिकेटको उपाधिका लागि सौराहा स्यान्ड्स र राप्ती र्‍यापिड्स भिड्ने भएका छन् । आज (बिहीबार) सम्पन्न इलिमिनेटरमा भरतपुर गुर्खाजमाथि रोमाञ्चक जित हात पार्दै सौराहाले राप्तीसँगको उपाधि भिडन्त पक्का गरेको हो । क्याम्पाचौरमा भएको खेलमा भरतपुर गुर्खाजले दिएको ८६ रनको लक्ष्य सौराहाले ३ बल बाँकी रहदा ८ विकेट […]

वर्ल्ड कप लिग टूमा ओमानविरुद्ध नेपालको बलिङ (फोटो फिचर)

२२् माघ, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानविरुद्ध नेपालले १९८ रनको लक्ष्य पाएको छ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनायो । अहिले नेपालले ब्याटिङ गरिरहेको छ । ओमानलाई कम रनमै समेट्न नेपालका लागि करण केसीले […]

क्रिकेट प्रशिक्षक पटवालले दिए राजीनामा

२० माघ, काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । उनले काठमाडौंमा पर्सिबाट सुरु हुने नेपाल, ओमान र अमेरिकाको सिरिज सकिएसँगै लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएका हुन् । विश्वकप लिग टूमा नेपालको पहिलो सिरिज घरेलु मैदान कीर्तिपुरमा हुनेछ । पटवाल गत जेठमा एक वर्षका लागि नेपाली […]

क्रिस गेल पनि ईपीएल खेल्न नेपाल आउने

काठमाडौं । क्रिस्टोफर हेनरी गेल (क्रिस गेल)ले नेपालमा क्रिकेट खेल्ने भएका छन् । वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान अनि टि-२० का लिजेण्ड गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका हुन् । उनले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । बिहिबार पोखरा राइनोजले पत्रकार सम्मेलन गर्दै गेलले खेल्ने जानकारी गराएको हो । गत सिजन पोखराबाट दक्षिण […]

चितवन प्रिमियर लिग माघ १७ गतेदेखि

१० माघ, चितवन । गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भैरहेको चितवनमा ‘चितवन प्रिमियर लिग टी-२०’ क्रिकेट प्रतियोगिता हुने भएको छ । निर्माणाधीन क्रिकेट रंगशालाको प्रचारप्रसार तथा प्रर्बधन गर्ने उद्धेेश्यले नारायणगढको क्याम्पाचौरमा पहिलोपटक चितवन प्रिमियर लिग गर्न लागिएको हो । नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट संघको सह-आयोजनामा हुने प्रतियोगिता माघ १७ गतेदेखि २५ […]

आरिफको शतकसँगै नेपाल १३४ रनले विजयी

६ माघ, पोखरा । आरिफ शेखको शतकसँगै नेपाली टोलीले मैत्रिपूर्ण सिरिजमा मलेसिया-११ लाई १३४ रनको फराकिलो अन्तरले हराएको छ । पहिलो एकदिवसीयमा नेपाल क्यान प्रेसिडेन्ट ११ ले दिएको २७७ रजको लक्ष्य पछ्याएको मलेसिया सेलेक्सन ११ ले ३७.२ ओभरमा सबै विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । उसका लागि शैयद अजीजले २८ रन बनाए भने […]

मलेसियाविरुद्ध आरिफको शतक

६ माघ, काठमाडौं । नेपाली ब्याट्सम्यान आरिफ शेखको शतकसँग नेपालले मलेसियालाई २७७ रनको लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७६ रन बनायो । नेपालका लागि शेखले शतक बनाए । नेपाल र मलेसियाबीच तीनएकदिवसीय खेल हुनेछ ।