Comments Add Comment

नेपाली क्रिकेट

List Grid
टी-२० क्रिकेटमा शकिबको १०० विकेट

२६ साउन, काठमाडौं । बंगलादेशका अलराउण्डर शकिब अल हसनले टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन् । उनी टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडीसमेत बने । यस्तै टी-२० मा १०० विकेट लिने एक हजार रन बनाउने उनी पहिलो पुरुष खेलाडीसमेत बने । अष्ट्रेलियाविरुद्ध पाँच खेलको सिरिजअन्तर्गत पाँचौ खेलमा शकिबले उत्कृष्ट बलिङ गर्दै चार […]

राष्ट्रिय क्रिकेट टिमको स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोचमा राकेश कुमार नियुक्त

२४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोचमा भारतका राकेशकुमार काशिभाइ गोहिल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार राकेशलाई उक्थ पदमा नियुक्त गरिएको जनाएको छ । क्यानले आवेदन दिएका ३८ जनाबाट राकेशलाई छनोट गरेको हो । क्यानले गत असार ३० गते यस पदका लागि आवेदन गरेको थियो । […]

खेलाडीका रुपमा गर्न सक्ने यत्ति हो, अब व्यवस्थापनमा आउन मन छ : पारस खड्का

२० साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा आउने चाहेको बताएका छन् । तत्काल क्रिकेट एकेडेमी खोल्ने तयारीमा रहेका उनले नेपाल क्रिकेट संघ (क्यान)को आसन्न निर्वाचनबाट क्रिकेट व्यवस्थापनको भूमिकामा आफूलाई उतार्ने प्रयास गर्नेछन् । १० वर्षसम्म नेपालको कप्तानी गरेका पारसले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए । त्यसको […]

नेपालको प्रारम्भिक टोलीमा १९ क्रिकेटर, गुल्सन नयाँ अनुहार

२० साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट वर्ल्डकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि १९ क्रिकेटरलाई बन्द प्रशिक्षणमा बोलाएको छ । लिग टू अन्तरगत नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिज ओमानमा हुँदैछ । यसका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो, जसमा नयाँ अनुहारका रुपमा गुल्सन झा अटाएका छन् । यस्तै ज्ञानेन्द्र मल्ल, […]

सन्दीपलाई नफापेको वर्ष २०२१

७ साउन, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको लागि वर्ष २०२१ खासै फापेको छैन । विगतमा नियमितजसो विश्वका प्रमुख लिग खेलेका सन्दीपले पछिल्लो समय भने खराब समयको सामना गर्नुपरेको छ । मंगलबार राति सन्दीपले एउटा स्ट्याटस लेखे । ‘समय मात्र खराब छ अहिले, तर चिन्ता नलिनुस्, यो समय पनि एकदिन ठीक हुनेछ ।’ पछिल्लो पटक दी हन्ड्रेड खेल्न नपाउने भएपछि सन्दीपले यसरी निराशा […]

नेपाली क्रिकेट टिमको स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोचका लागि आवेदन खुला

३० असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोचका लागि आवेदन खुला गरेको छ । क्यानले एक सूचना जारी गर्दै राष्ट्रिय टिमको लागि उक्त पदमा आवेदन खुल्ला गरेको जनाएको छ । जसका लागिलेभल टु सर्टिफाइड फिटनेस ट्रेनर हुनुपर्ने जनाएको छ । त्यसका लागि बेलायत, अष्ट्रेलिया वा भारतको संस्थाबाट […]

क्रिकेट टिमको प्रशिक्षण रोकिने

११ असार, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण रोकिने भएको छ । आगामी जुलाईमा स्पेनमा तय भएको विश्वकप लिग २ अन्तर्गत नेपाल स्कटल्याण्ड र नामिबिया सम्मिलित स्थगित भएपछि नेपालको प्रशिक्षण पनि रोकिने भएको हो । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अब प्रशिक्षण रोकिने जानेकारी दिए । ‘सिरिज स्थगित भइसकेको छ । अब […]

नेपाल, स्कटल्याण्ड र नामिबियाको सिरिज स्पेनमा खेलाउने तयारी

२३ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाको त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा खेलाउने तयारी भएको छ । आगामी जुलाईमा स्कटल्याण्डमा हुने भनिएको सिरिज स्पेनमा सार्न लागिएको हो ।  ‘जुलाई तेस्रो साता स्पेनमा हुने भनेर तीन देशको सहमति भएको छ’ नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘आयोजक आईसीसी […]

क्रिकेट प्रशिक्षक वाटमोर भन्छन्- नेपालको प्रदर्शनबाट ‘सरप्राइज्ड’ भएँ

१२ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा त्रिकोणात्मक सिरिज टी-२० सिरिजको उपाधि जित्दा पर्दा पछाडिको नायक रहे प्रशिक्षक डेभ वाटमोर । शनिवार नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गरेपछि नेपाली दर्शक मात्र होइन उनै प्रशिक्षक वाटमोर पनि केही आश्चर्यमा परे । उनले खेल प्रतिस्पर्धात्मक नै हुने सोचेका थिए । तर नेपाली बलरले कडा […]

कुशल भुर्तेल टी–२० वरियताको शीर्ष सयमा 

८ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को विश्व टी–२० वरियतामा पहिलो पटक समावेश भएका छन् । । आईसीसीले मंगलबार जारी गरेको नयाँ वरियतामा कुशल ब्याटिङतर्फ ९३औं स्थानमा रहेका छन् । अहिले नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजमार्फत टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका कुशलले शुरुवाती तीन खेलमै लगातार अर्धशतक बनाएका थिए […]

रुख चढेर क्रिकेट हेर्ने नेपाली दर्शकको बेन कुपरले गरे तारिफ

८ वैशाख काठमाडौं । काठमाडौंमा अहिले त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट चलिरहेको छ । गत शनिबारदेखि सुरु भएको सिरिजमा सुरुको तीन दिन दर्शकसहितको खेल भएको थियो । तर सरकारको पछिल्लो निर्णयपछि मंगलबारदेखि भने दर्शकलाई खेल हेर्न प्रवेश निषेध गरिएको छ । मंगलबार नेपालले नेदरल्याण्ड्ससंग खेल्दा दर्शकलाई प्रवेन गर्न दिइएन । मन्त्रिपरिषदको सोमबार बसेको बैठकको निर्णयअनुसार दर्शकसहित […]

नेपाल र नेदरल्याण्ड्स आज खेल्दै

७ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल आज हुँदैछ । शनिबारदेखि सुरु भएको सिरिजमा नेपाल र नेदरल्याण्ड्स दोस्रोपटक खेल्न लागेका हुन् । यसअघि उदघाटन खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । त्यसपछि नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराउँदै पहिलो जित हात पारेको थियो । नेपालले सोमबार मलेसियालाई पनि ९ […]

यू-१९ क्रिकेट टिमलाई पाँच वर्षको लागि वाइवाइको प्रायोजन

३० चैत, काठमाडौं ।नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई वाइवाइले प्रायोजन गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच सोमबार मुख्य प्रायोजनका लागि सम्झौता भएको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।सम्झौता पाँच वर्षको रहनेछ । सम्झौतापछि अब वाइवाइ नेपाल यू-१९ क्रिकेट […]

नेपाली टिम तास्मानिया क्रिकेट लिग ग्रेड ए को उपाधि नजिक

तास्मानिया । अष्ट्रेलियाको तास्मानियास्थित लन्चेस्टनमा क्रिकेट खेल्दै आएको लन्चेस्टन नेपाली क्रिकेट क्लब ताज्मानिया क्रिकेट लिगको ए ग्रेडको उपाधि नजिक पुगेको छ । शनिबार भएको सेमिफाइनल खेलमा स्थानीय लंगफोर्ड क्रिकेट क्लबलाई ८ रनले हराउँदै नेपाली टिम पहिलोपटक प्रेलिमिनरी फाइनलमा पुगेको हो । नेपाली क्रिकेट टिम ताज्मानियन क्रिकेट लिग खेल्ने आप्रवासीहरुको इतिहासकै एकमात्र टिम हो । विगत […]

मेयर्स कप क्रिकेट : एपीएफले आर्मीलाई हरायाे

२२ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कपमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । शनिबारको खेलमा खेलाडीले उत्कृष्ट ब्याटिङ गरेपछि एपीएफले आर्मीलाई १ विकेटले पराजित गरेको हो । आर्मीले दिएको २३६ रनको लक्ष्य एपीएफले ४९.४ ओभर खेल्दै ९ विकेट गुमाएर पूरा गरेको हो । एपीएफको जितमा सुमित महर्जन, वसन्त रेग्मी र अमर सिंह रौटेलाले […]

क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित

१२ फागुन, काठमाडौं । नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित भएको छ । नेपाल क्रिकेट संघ क्यानले २० खेलाडीलाई समेट्दै दोस्रो चरण बन्द प्रशिक्षण आयोजना गरेको थियो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको बन्द प्रशिक्षण मंगलबारसम्म जारी थियो । बुधबारदेखि भने बन्द प्रशिक्षण स्थगित गरिएको छ । यद्यपी यसबारे क्यानले आधिकारिक सूचना जारी गर्न बाँकी छ । […]

धादिङमा फागुन ७ गतेदेखि टी-२० क्रिकेट

४ फागुन, काठमाडौं । धादिङ जिल्ला स्तरीय टी-२०क्रिकेट प्रतियोगिता यहि फागुन ७ गते देखि सुरु हुने भएको छ । धादिङ पोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता बेनिघाट रोराङस्थित चन्द्रोदय माविको खेल मैदानमा हुनेछ । यस प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक दिपेश कँडेलले बताए । प्रतियोगिता […]

लिग–टूको त्रिकोणात्मक सिरिज स्थगित, नेपालको योजना के ?

३० माघ, काठमाडौं । आगामी मार्चमा ओमानमा हुने तय भएको आईसीसी विश्व क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट टिमले २४ गतेदेखि तयारी थालेको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा ३२ खेलाडीलाई बोलाउँदा पहिलो चरणमा २१ खेलाडीलाई मात्र प्रशिक्षणमा समावेश थिए । नवनियुक्त मुख्य प्रशिक्षक डेभ वाटमोरले त्रिवि क्रिकेट मैदान, कीर्तिपिुरमा स्किल्स […]

टी-१० लिगले नेपाली क्रिकेटलाई राहत, खेलाडी उत्साहित

९ पुस, काठमाडौं । यूएईमा आयोजना हुने चौथो संस्करणको अबुधाबी टी-१० लिगका लागि नेपालबाट ३ खेलाडी छनोट भएसँगै सुसुप्त अवस्थामा रहेको नेपाली क्रिकेटमा नयाँ रक्तसञ्चार भएको छ । त्यसअघि पूर्वकप्तान पारस खड्का टिम अबुधाबीका लागि इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा नियुक्त भइसकेका थिए । पहिलोपटक विदेशी लिगमा यति धेरै नेपाली खेलाडी छनोट भएका हुन् । फास्ट […]

नेपाली राष्ट्रिय क्रिकेटका प्रशिक्षक वाटमोर भन्छन् : नयाँ चुनौती हेर्दैछु

३ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रशिक्षक डेभ वाटमोरले नयाँ चुनौतीका लागि तयार रहेको बताएका छन् । वाटमोर सामाजिक सञ्जाल ट्वीटरमा शुक्रबार अगाडि नयाँ काम रहेको र चुनौतीलाई हेरिरहेको जनाएका छन् । वाटमोरको एजेन्टको रुपमा काम गर्दै आएको वान स्पोर्ट्स इभेन्टले गरेको ट्वीटमा रिट्वीट गर्दै वाटमोरले लेखेका छन्,’धन्यवाद जेरी तपाईंको प्रयासको लागि […]

वाटमोरको आगमन : नेपाली क्रिकेटका लागि अवसर

२ पुस काठमाडौं । श्रीलंकालाई विश्वकपको उपाधि दिलाएका डेभ वाटमोरलाई नेपाली क्रिकेटको राष्ट्रिय टिमले मुख्य प्रशिक्षक पाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विश्वकप विजेता प्रशिक्षक डेभनेल फ्रेडेरिक (डेभ) वाटमोरलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । उमेश पटवालले गत फेब्रुअरीमा नेपालमा भएको आईसीसी विश्वकप लिग २ सिरिजसँगै राजीनामा दिएपछि नेपाल मुख्य प्रशिक्षकविहीन थियो […]