+

एनपीएल : इंग्ल्याण्डका म्याट क्रिटले पोखरा एभेन्जर्समा

२०८१ कात्तिक  २० गते ८:०८ २०८१ कात्तिक २० गते ८:०८
एनपीएल : इंग्ल्याण्डका म्याट क्रिटले पोखरा एभेन्जर्समा

२० कात्तिक, काठमाडौं । इंग्ल्याण्डका अलराउण्डर म्याट क्रिटलेले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

पोखराले २८ वर्षी अलराउण्डरलाई सोमबार अनुबन्ध गरेको जनाएको छ ।

इंग्लिस घरेलु क्रिकेटमा भाइटालिटी ब्लास र दी हन्ड्रेड खेलेका म्याटले अष्ट्रेलियाको बिग बास लिग खेलेका छन् । उनले अहिलेसम्म राष्ट्रिय टिमबाट भने खेलेका छैनन् ।

उनले १४१ टी-२० खेल खेलेका छन् । जसमा १ हजार ९७३ रन बनाएका उनले १२० विकेट पनि लिएका छन् ।

म्याट पोखराले अनुबन्ध गरेको चौथो विदेशी खेलाडी हुन् र चार जना विदेशी खेलाडीको कोटा पूरा गर्ने पोखरा पहिलो टोलीसमेत बनेको छ ।

पोखराले यसअघि नै अमेरिका विकेटकिपर ब्याटर आन्द्रेस गौस, नेदरल्याण्ड्सका अलराउण्डर बास डे लिड र वेष्ट इन्डिजका पेस बलर एन्डरसन फिलिपलाई अनुबन्ध गरिसकेको छ ।

अब पोखराले ट्यालेन्ट हन्टबाट एक खेलाडी राख्न बाँकी छ । पोखराको टिममा अहिले खेलाडीसंख्या १५ पुगेको छ । एनपीएलमा हरेक टोलीमा १६ खेलाडी हुनुपर्नेछ ।

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल मार्की प्लेअर रहेको पोखरामा राष्ट्रिय टिमबाट खेलिसकेका सागर ढकाल, आकाश चन्द जस्ता बलर अनी विकेटकिपर दिलिप नाथ छन् ।

यस्तै इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सको सहायक प्रशिक्षक रहिसकेका राजिव कुमार पोखराको मुख्य प्रशिक्षकमा छन् । दक्षिण अफ्रिकी लेजेण्ड तथा उत्कृष्ट फिल्डिङका लागि भिनिने जोन्टी रोड्सलाई पोखराले तीन वर्षका लागि मेन्टर समेत नियुक्त गरेकको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुष ६ गतेसम्म हुनेछ ।

पोखरा एभेन्जर्सको टोली : कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, दिलिप नाथ, सुनाम गौतम, तृत राज दास, नारायण जोशी, विपिन खत्री, अमृत गुरुङ, दिनेश खरेल, किरण ठगुन्ना

विदेशी खेलाडी : आन्द्रेस गौस, एन्डरसन फिलिप, बास डे लिड, म्याट क्लिटले

 

 

एनपीएल नेपाली क्रिकेट पोखरा एभेन्जर्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय