+

क्यानडाका कप्तान किर्टोनले विराटनगरबाट एनपीएल खेल्ने

२०८१ कात्तिक  १३ गते ९:०७ २०८१ कात्तिक १३ गते ९:०७
क्यानडाका कप्तान किर्टोनले विराटनगरबाट एनपीएल खेल्ने

१३ कात्तिक, काठमाडौं । विराटनगर कंग्सले नेपाल प्रियिमर लिग (एनपीएल) का लागि क्यानडाका कप्तान निकोलस किर्टोनलाई अनुबन्ध गरेको छ ।

विराटनगरले दोस्रो विदेशी खेलाडीका रूपमा २६ वर्षीय ब्याटिङ अलराउण्डर निकोलस किर्टोनलाई अनुबन्ध गरेको जनाएको छ ।

अब किर्टोनले मंसिर १५ देखि हुने एनपीएल विराटनगरबाट खेल्नेछन् ।

कीर्टोनले क्यानाडाका लागि १८ ओडीआई र २५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले दुई अर्धशतसहित ५६४ रन बनाएका छन् ।

विराटनगरले यसघि पहिलो विदेशी खेलाडीको रुपमा ओमानका कप्तान अकिब इल्यासलाई अनुबन्ध गरिरहेको छ ।

ड्रिम स्पोर्ट्स प्रालिको स्वामित्वमा रहेको विराटनगरको मार्की प्लेअरमा सन्दीप लामिछाने छन् भने आयरल्यान्डका केभिन ओ’ ब्रायनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा पहिलो संस्करणको एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

एनपीएल टी २० क्रिकेट निकोलस किर्टोन नेपाली क्रिकेट विराटनगर किंग्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय