२२ जेठ, काठमाडौं । टी-२० विश्वकप-२०२४ मा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य अनिलकुमार साहलाई कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले पुरस्कार घोषणा गरेका छन् ।
मेयर साहले विज्ञप्ति जारी गर्दै अनिललाई खेल प्रदर्शनका आधारमा नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् । क्रिकेटर अनिल कलैयाकै स्थायी बासिन्दा हुन् ।
मेयर साहको घोषणा अनुसार अनिललाई शतक प्रहार गरेमा ५१ हजार, अर्धशतक बनाए २५ हजार, प्रत्येक छक्कामा आठ हजार, चौकामा पाँच हजार र प्रत्येक रनका लागि एक हजार प्रदान गरिनेछ ।
नेपाली टोलीले आज राति सवा ९ बजे अमेरिकाको डालसमा नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्दैछ । अनिलले यसअघिका अभ्यास खेलमा राम्रो गर्दै आएका छन् । त्यस आधारमा उनी नेपालको प्लेइङ-११ मा रहने अधिक सम्भावना छ । प्लेइङ-११ मा रहँदा उनलाई नेपालले तेस्रो नम्बरमा ब्याटिङमा पठाउनेछ ।
प्रतिक्रिया 4