+
त्रिकोणात्मक टी-२० आई सिरिज :

नेपालले आज ओमानसँग खेल्दै

२०८१ असोज  १३ गते १३:०१ २०८१ असोज १३ गते १३:०१
नेपालले आज ओमानसँग खेल्दै

१३ असोज, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो खेल आज ओमानसँग खेल्दैछ ।

नेपाल-ओमानको खेल किंस सिटी मैलानमा आज राति पौने ९ बजे हुनेछ ।

आईसीसी विश्वकप लिग २ खेल्न गएको नेपाली टोलीले क्यानडामा निरन्तर कमजोर प्रदर्शन गरेको छ ।

लिग २ का ४ मध्ये तीनमा हार र एक खेल नतिजाविहीन भएको नेपाल टी-२० सिरिजको पहिलो खेलमा पनि पराजित भयो ।

शनिबार राति भएको खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अल आउट भयो ।

यसअघि भएको लिग- २ मा पनि नेपाल क्यानडासँग १०३ रन र ५ विकेटले पराजित भएको थियो ।

टी २० क्रिकेट त्रिकोणात्मक टी-२० आई सिरिज नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय