१७ कात्तिक, काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसको क्वाटरफाइनलमा नेपाललाई श्रीलंकाले १२४ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २ विकेट गुमाएर १२३ रन बनायो । श्रीलंकाका स्यान्डुन वेराक्कोडीले १४ बलमा पाँच छक्का र चार चौका मद्दतमा ५० रन बनाएर रिटायर्ड हर्ट भए ।
लिहुरु मधुसंकाकाले ३१, लहिरू समाराकूनले २२, थानुका दबारेले १८ रन बनाए ।
नेपालका प्रतिश जिसी र नारायण जोशीले एक/एक विकेट लिए ।
समूह चरणमा नेपालले इंग्ल्यान्ड र अष्ट्रेलियालाई पराजित गर्दै समूह विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको हो ।
प्रतिक्रिया 4