+

आईसीसी विश्वकप लिग २ : नेपाल अमेरिकासँग पराजित

२०८१ कात्तिक  १२ गते ६:४२ २०८१ कात्तिक १२ गते ६:४२
आईसीसी विश्वकप लिग २ : नेपाल अमेरिकासँग पराजित

१२ कात्तिक, काठमाडौं । आईसीसी विश्वकप लिग-२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । डालासमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल तीन विकेटले पराजित भएको हो ।

नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल बाँकी हुँदा भेटायो । अमेरिकाका ओपनर शायन जहाजिंगरले सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेपछि अमेरिका जित दर्ता गर्न सफल भएको हो ।

यस्तै, कप्तान मोनांक पटेलले ६२, हरमित सिंहले ५७, शाड्लीले २९ र जसदीप सिंह र साइतेजा मुकामल्लाले ११/११ रन बनाए । ११ रन नै अमेरिकाले अतिरिक्त बटुलेको थियो ।

छ ओभर बलिङ गरेका नेपालका कुशल भुर्तेलले २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रन बनाएर शतकबाट चुके ।

ओपनर अनिल साह ५६ र आसिफ शेख ५२ रनमा आउट भए । आरिफ शेख ३७, दीपेन्द्रसिंह ऐरी १३, कुशल भुर्तेल ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

अमेरिका नोस्थुश केन्जिगेले ४, हरमीत सिह, शाड्ली भान शाक्ली र जसदीप सिंहले समान एक/एक विकेट लिए ।

लिग २ का लागि अमेरिकामा रहेको नेपालले अर्को खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।

आईसीसी विश्वकप लिग २ नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय