Comments Add Comment

नेपाल कम्युनिस्‍ट पार्टी

List Grid
नेकपा सांसदहरुको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने तयारी

३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदहरुले पाएको दसैं भत्ता संस्थागत निर्णयबाटै फिर्ता गर्ने तयारी गरेको छ । दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा) का सांसदहरुको दसैँ भत्ता फिर्ता गर्ने तयारी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताए । उनका अनुसार, सोमबार साँझभित्रै सांसदहरुको दसैँ भत्ता फिर्ता गरिएको बक्तव्य निकाल्ने तयारी […]

कर्णालीको विवादबारे ओली-प्रचण्डको अढाइ घण्टा छलफल

२८ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज पनि छलफल भएको छ । प्रधानमन्त्री ओलीसँग सम्वाद गर्न प्रचण्ड बिहान सवा नौ बजे बालुवाटार पुगेका थिए । दुई अध्यक्षबीच अढाइ घण्टा लामो सम्वाद भएको छ । कर्णालीमा नेकपामा देखिएको विवादबारे दुई […]

‘कर्णाली प्रदेशको किचलो अब गाउँसम्म पुग्छ’

२६ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएपछि सत्तारुढ दल नेकपाभित्रैबाट राजनीतिक अस्थिरताको खेल सुरु भएको छ । राजनीतिक स्थिरताका लागि भोट मागेर बहुमत पाएको नेकपाले प्रदेश राजनीतिक अस्थिरता निम्त्याउन थालेको छ । राजनीतिक विश्लेषकहरु कर्णालीबाट सुरु भएको किचलो अब गाउँ-गाउँसम्म फैलने र केन्द्रमा पनि फेरि झगडा […]

नेकपाको सचिवालय बैठक भोलि

१९ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच भेट भएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । दुई अध्यक्ष बीच भएको भेटपछि नेकपाले सचिवालय बैठक बोलाइएको छ । आइतबार स्थगित भएको सचिवालय बैठक भोलि (मंगलबार) दिउँसो चार बजे बोलाइएको प्रचण्डका प्रेस […]

केन्द्रीय कमिटी बैठक माग गर्दै नेकपा अध्यक्षद्वयलाई १५२ जनाको पत्र

१३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक गर्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गरेका छन् । एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक कुनै निष्कर्षमा पुग्न नसकिरहेका बेला केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक माग गरेका हुन् । पार्टीभित्रको विवादले आफूअरुलाई चिन्तित बनाएको भन्दै अध्यक्षद्वयलाई सम्बोधन गरिएको […]

एकताको पक्षमा नेकपा प्रदेश ५ कार्यालयमा धर्ना

२५ असार, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउमा हुने गरेका प्रदर्शनको काउन्टरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी र युवाले बुटवलमा प्रदेश पार्टी कार्यालयमा धर्ना दिएका छन् । पार्टी केन्द्रमा दुई पक्षबीच विवाद चर्किँदै गएर विभाजनको खरता बढेको भन्दै एकताको लागि नेतृत्वलाई दबाब दिन अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपालले बुटवलस्थित प्रदेश कार्यालयमा बिहीबार धर्ना […]

समस्याको जड नेकपाभित्रको बुर्जुवाकरण

इटालियन दार्शनिक एन्टोनियो ग्राम्सीका अनुसार कुनै पनि प्रतिक्रान्ति क्रान्तिभित्रै सुसुप्त भ्रुणका रुपमा सधैं जीवित रहेको हुन्छ र मौका पाउना साथमुख्य सार र स्वरुप बनेर बाहिर देखा पर्छ। क्रान्तिकारी पार्टीहरु जो राजनीतिक परिबर्तनमा सामेल भएका हुन्छन् । तिनीहरुमा यो भ्रुण छिटो विकसित हुने सम्भावना हुन्छ । प्रतिक्रान्तिको पहिलो संकेत नै पार्टीमा देखा पर्ने बुर्जुवाकरण हो जसमा […]

प्रदेश १ का नेकपा नेताको सुझाव- पार्टी फुटबाट बचाऔं

२१ असार, विराटनगर । नेकपा शीर्ष नेतृत्वमा देखिएको विवाद वार्ताका माध्ययमबाट समाधान खोज्न प्रदेश १ का नेता कार्यकर्ताले आग्रह गरेका छन । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेकपा प्रदेश १ का १४ वटै जिल्लाका अध्यक्ष र सचिवले पार्टी फुटे जनतामा गम्भीर धोका हुने बताउँदै वार्ताबाट समाधान खोज्न आग्रह गरेका हुन् । नेकपामा उत्पन्न विवाद समाधान […]

‘प्रचण्ड र माधव मिलेर ओलीको ढाड सेक्नुहुँदैन’

२१ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदच्युत गर्नेबारे नेकपा नेताहरुले कानुनविदहरुसँग छलफल गरेको आरोप प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएका छन् । आखिर कसले गर्‍यो त राष्ट्रपति हटाउने त्यस्तो गोप्य बैठक ? यसको गोहो पहिल्याउँदै जाँदा हामी स्थायी कमिटी सदस्य रघुजी पन्तसम्म पुग्यौं । नेकपा स्थायी कमिटी सदस्य पन्तले अनलाइनखबरसँग भने, ‘५/६ जना […]

जब काठमाडौं र बेइजिङमा सँगै घन्कियो कम्युनिस्टको अन्तर्राष्ट्रिय गीत

५ असार,काठमाडौं । युजे पोत्तरको ‘उठ जाग ए भोका नांगा, जाग संसारका दुःखी बोलको डेढ सय वर्ष पुरानो कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय गीतबाट शुरु भएको नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको भर्चुअल कार्यशाला माक्र्सवादको प्रयोग कसरी गर्ने भन्नेमा केन्द्रित रहेको छ । नेकपा केन्द्रीय कार्यालय धुम्बाराही र चिनियाँ कम्युनिस्ट पार्टीको हेडक्वार्टरमा एकैपटक कम्युनिस्ट अन्तर्राष्ट्रिय गीत बज्दा […]