News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीलाई निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन्।
- प्रधानमन्त्री कार्कीले नेकपा संयोजक प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरुलाई बालुवाटारमा बोलाएर धन्यवाद दिएकी थिइन्।
- प्रचण्डले भनेका थिए, \'यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो ।\'
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् ।
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरुलाई आज बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री कार्कीले धन्यवाद दिएकी हुन् ।
उनीहरुबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री कार्कीले ‘तपाईँहरुले निर्वाचनमा भाग लिइदिनुभयो । यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका निम्ति धेरै धन्यवाद छ,’ भनेकी थिइन् ।
उनले निर्वाचनमा विजय नेताहरुलाई बधाई दिँदै अन्य नेताहरुलाई अर्कोपटकका लागि शुभकामना समेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिएका थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार संयोजक प्रचण्डले भनेका थिए, ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो । यसमा जुन साहस र मेहनतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ ।’
प्रतिक्रिया 4