Comments Add Comment

पम्फा भुसाल

List Grid
‘यस्तै अनैतिक व्यक्तिहरुका कारण राजनीति बदनाम छ’

हिउँदे अधिवेशन आह्वान गर्ने ढोकैमा असंवैधानिक तरिकाले, लोकतन्त्रको मर्म विपरीत संसदको विघटन गरेर कथित निर्वाचन घोषणाविरुद्ध सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला दिएपछि हामी यहाँ सहभागी हुन सकेका छौं । संसद विघटन भइसकेपछि हामीले हामी मरेका छैनौं, हाम्रो संविधानअनुसार कसैको लहडमा संसद विघटन हुन सक्दैन, संविधानले देशलाई पछाडि फर्काउन दिँदैन, यो देश संविधानको व्यवस्थाबाट चल्छ भनेर […]

ओलीलाई पम्फा भुसालको प्रश्न : अझै जिताहा शासकजस्तो हिँड्न मिल्छ ?

६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेकी छन् । फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि प्रधानमन्त्रीले नैतिकता देखाउने अपेक्षा गरे पनि प्रधानमन्त्रीले मिचाहा प्रवृत्ति देखाएको उनले बताइन् । ‘११ गतेको फैसलापछि त्यो राजनीतिक नैतिकताको पालना गरिनेछ भन्ने अपेक्षा थियो’ […]

महिलाले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्छ : पम्फा भुसाल

२४ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताएकी छन् । सोमबार १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशत भन्दा बढी अधिकार […]

प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्छौं : पम्फा भुसाल

१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् । राजधानी काठमाडौंमा निकालिएको विजय सभालाई सम्बोधन गर्दै भुसालले अलिकति पनि नैतिकता बाँकी रहे तत्काल राजीनामा दिनुपर्ने बताइन् । ‘मैले त हिजै राजीनामा आउँला भनेको सोचेको थिएँ । तर, आएन […]

‘सडकमा हिँड्नेलाई गणतन्त्रले शीतलनिवासमा पुर्‍याएको हो, यत्तिकै टुंगिँदैन, संसदमा उठ्छ’

२ पुस, काठमाडौं । ललितपुरबाट प्रतिनिधिसभामा निर्वाचित सांसद तथा पूर्वमन्त्री पम्फा भुसाल नेकपामा शालीन नेताका रुपमा चिनिन्छन् । बुधबार दिउँसो उनी भीम रावलसँगै ८३ सांसदको हस्ताक्षर बोकेर शीतलनिवासमा विशेष अधिवेशन माग गर्दै पुगेकी थिइन् । लगातार ६ घण्टासम्म शीतलनिवासमा कुर्दाखेरि राष्ट्रपति विद्यादेवी भण्डारीले निवेदन त दर्ता गराइनन् नै, सचिव हरि पौडेललाई फोन अफ गरेर भगाइन् […]

प्रहरीमा कसैलाई लिफ्ट चढाउँदा अरुको मनोबलबारे पनि सोचौं

मैले मिडियामा पढेको थिएँ, गृह मन्त्रालयको सिफारिसविनै नेपाल प्रहरीको संगठन संरचना फेरिएको छ । मन्त्रिपरिषद्को प्रशासनिक समितिबाट निश्चित व्यक्तिलाई लक्षित गरेर एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थपिएको छ । त्यसबारे क्याबिनेटमा पनि छलफल गरिएन भन्ने सुनेको थिएँ । आज गृहमन्त्री र गृहसचिवको कुरा सुनेपछि मिडियामा आएको कुरा सत्य रहेछ भन्ने मलाई लाग्यो । […]

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर मन्त्री ज्ञवाली र सांसद भुसालको सवाल जवाफ

२४ कात्तिक, काठमाडौं । ‘प्रदेश, संघको प्रशासनिक इकाइ हो’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालबीच सवाल जवाफ भएको छ । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद भुसालले ‘प्रदेश, संघको प्रशासनिक इकाई हो’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरिन् । […]

बालुवाटार गएनन् जनार्दन र पम्फा, प्रधानमन्त्रीसँग कुरै नगरी फर्किए चार नेता

२४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता कायम राख्ने गरी सुझाव प्रस्तुत गर्न तीन महिनाअघि बनेको कार्यदल फेरि सक्रिय बनाउने प्रयास भए पनि सदस्यहरु जनार्दन शर्मा र पम्फा भुसाल आज बालुवाटार गएनन् । शर्मा र भुसाल नआएपछि बालुवाटार पुगेका कार्यदलका अन्य सदस्यहरू अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटी फर्किएका छन् । […]

‘खोकनाका जनता विकास विरोधी होइनन्, खाली जग्गा देख्नै नहुने सरकारै दोषी’

१ साउन, काठमाडौं । काठमाडौं तराई मधेस द्रुतमार्ग, बाहिरी चक्रपथ, बागमती करिडोरलगायतका परियोजनाहरूले आफूहरूलाई उठिबास लगाएको भन्दै खोकना र बुङमतीवासी आन्दोलित छन् । २० असारमा धान रोपाइँका क्रममा स्थानीय र प्रहरीबीचको झडपमा दुवै पक्षका केही व्यक्तिहरू घाइते भए । स्थानीयले आगामी शनिबार पनि धान रोपाइँ गर्ने बताएका छन् । वडा कार्यालयमा तालाबन्दी, माइतीघरमा प्रदर्शन, धर्ना […]

पम्फा भुसालको प्रश्न- आफ्ना चेलीको वास्ता छैन, विदेशीको चिन्ता लिएर बस्ने ?

९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले महिला अधिकारका लागि विभिन्न मोर्चाबाट संघर्ष गरिन् । चार दशकभन्दा लामो राजनीतिक इतिहास बोकेकी उनलाई अहिले एकथरिले ‘महिला विरोधी’ को आरोप लगाउन थालेका छन् । सन्दर्भ हो संशोधित नागरिकता ऐनको । दुई वर्षदेखि संसदमा अनिर्णयको बन्दी बनिरहेको विधेयकलाई आइतबार राज्यव्यवस्था समितिले किनारा लगायो । यससँगै […]

नेकपा सांसदको प्रश्न : अमेरिकी दूतावासले सरकारलाई स्पष्टीकरण सोधेको हो ?

२६ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद पम्फा भुसालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा गरेको कुराकानीको विषयलाई लिएर अमेरिकी राजदूतावासले स्पष्टीकरण सोधेकोबारे सरकारको जवाफ मागेकी छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भनिन् ‘पूर्वप्रधानमन्त्री नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिको पक्षमा भएको र अहिले […]

कांग्रेसका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाईः माओवादी प्रवक्ता

२२ असार, काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले कांग्रेस भित्रको कलहले मन्त्रिमण्डल विस्तारमा ढिलाई भइरहेको बताएकी छन् । प्रवक्ता भुसालले काँग्रेस भित्रको गुट, उपगुटले मन्त्रिमण्डल विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्यामा पारेको बताइन् । उनले मन्त्रिमण्डल विस्तार हुन अझै हप्ता/दश दिन लाग्न सक्ने उल्लेख गरिन् । बिहीबार भक्तपुरमा स्थानीय सञ्चारकर्मीमाझ कुरा […]

सरकारले संशोधन विधेयक भोलि संसदमा टेबुल गर्छः पम्फा भुसाल

१७ पुस, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारले भोलिको संसद बैठकमा संविधान संशोधन विद्येयक टेबुल गर्ने बताएकी छन् । प्रवक्ता भुसालले संशोधन विद्येयकमा सरकार सकेसम्म सहमति गरेर नै अघि बढ्ने तयारीमा रहेको समेत स्पष्ट पारिन् । आइतबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका विपक्षी […]

माओवादीको नेतृत्वमा सरकार बनाउने गृहकार्य सुरुः प्रवक्ता भुसाल

३० जेठ, भक्तपुर । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आफ्नो पार्टीको नेतृत्वमा राष्ट्रिय सरकारको गठनको गृहकार्य सुरु गरिसकेको बताएकी छन् । रफत सञ्चार क्लबले आइतबार आयोजना गरेको साक्षात्कारमा भुसालले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि बिभिन्न दलहरुसँग छलफल सुरु गरिरहेको जानकारी दिएकी हुन् । मधेस आन्दोलनका जायज मागलाई सम्बोधन गर्दै उनीहरुलाई समेत राष्ट्रिय सरकारमा समावेश […]