
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले थप अधिकारका निम्ति समाजवादी बाटोमा अघि जाने एजेण्डामा गीत रचना हुनुपर्ने बताइन्।
- भुसालले तिज अहिले एउटा पर्वको रुपमा रहेको र परिवर्तनबाट प्राप्त कुराहरू आम जनतासम्म पुर्याउनुपर्ने उल्लेख गरिन्।
- उनले निरंकुश राजतन्त्र र समावेशी लोकतान्त्रिक गणतन्त्रमा पाएको मौलिक तथा नागरिक अधिकारबारे आम जनतालाई स्पष्ट पार्नुपर्ने बताइन्।
८ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले थप अधिकारका निम्ति समाजवादी बाटोमा अघि जाने एजेण्डामा गीत रचना हुनुपर्ने बताएकी छिन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले तिज एउटा पर्वको रुपमा रहेको बताइन् ।
परिवर्तनको उपभोग गर्ने, परिवर्तनबाट प्राप्त गरेका कुराहरुलाई आम मासमा लैजाने, आम विद्यार्थीमा पुर्याउने र थप अधिकारका निम्ति समाजवादी बाटोमा बढाउने गरी प्रचार गर्नुपर्ने जरुरी रहेको भुसालको भनाइ थियो ।
‘तिज अहिले एउटा पर्वको रुपमा छ । परिवर्तनको उपभोग गर्ने, परिवर्तनबाट प्राप्त गरेका कुराहरूलाई आम मासमा लैजाने, आम विद्यार्थीमा पुर्याउने र थप अधिकारका निम्ति समाजवादी बाटोमा अघि जाने अहिलेको एजेण्डामा गीत रचना हुनुपर्छ,’ भुसालले भनिन् ।
निरंकुश राजतन्त्र कस्तो थियो र समावेशी लोकतान्त्रिक गणतन्त्रमा हामीले के पायौं ? के मौलिक अधिकार, के नागरिक अधिकारी पायौं ? भन्नेबारेमा आम जनतालाई स्पष्ट पार्नुपर्ने पनि उनले बताइन् ।
‘निरंकुश राजतन्त्र कस्तो थियो र समावेशी लोकतान्त्रिक गणतन्त्रमा हामीले के पायौँ ? के मौलिक अधिकार, के नागरिक अधिकार पायौं । त्यो बारेमा स्पष्ट बुझाउनुपर्छ,’ उनले भनिन् ।
प्रतिक्रिया 4