Comments Add Comment

प्रेमकुमार राई

List Grid
भ्रष्टाचार नियन्त्रणमा अहिलेसम्मै उत्कृष्ट काम गर्नेछु : प्रमुख आयुक्त राई

१५ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताएका छन् । घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख आयुक्त राईले नागरिक समाज र जनअपेक्षाअनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन् । नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयलाई संविधान, अख्तियार दुरुपयोग […]

प्रेम राईलाई अख्तियारमा भित्र्याउन डेढ अर्ब घोटालाको फाइल सधैंका लागि बन्द

२९ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको पेट्रोलियम भण्डारणका निम्ति जग्गा किन्दा भएको घोटाला प्रकरणको फाइल बन्द गरेको छ । झापा, सर्लाही, चितवन र भैरहवामा ७६ बिघा जमिन १ अर्ब ९५ करोड ५० लाखमा किन्दा करिब डेढ अर्ब घोटाला भएको प्रकरणको फाइल अख्तियारले अनियमितता नभएको ठहर गर्दै बन्द गरेको हो । […]

सार्वजनिक जग्गा अतिक्रमण गर्ने जो भए पनि छाडिन्न : प्रमुख आयुक्त राई

२८ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्ने जोकोहीलाई अनुसन्धान गरेर कारबाहीको दायरमा ल्याउने बताएका छन् । अख्तियारको ३०औं स्थापना दिवसको अवसरमा बोल्दै राईले यस्तो धारणा राखेका हुन् । ‘सार्वजनिक भूमि व्यवस्थापन नेपालको सन्दर्भमा चुनौतीपूर्ण देखिएको छ । सरकारी सार्वजनिक जमिन अतिक्रमण गर्ने, खोला-खोल्सा तथा […]

आयोगको साख अझै उचाइमा पुर्‍याउने चुनौती छ : प्रमुख आयुक्त राई

२१ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुक र जनताप्रति इमान्दारी र निष्ठापूर्वक काम गर्ने बताएका छन् । बुधबार पदभार ग्रहण गर्दै उनले आयोगको साखलाई अझ उचाइमा पुर्‍याउन चुनौती पार गर्दै साझा जिम्मेवारी वहन गर्नुपर्ने पनि बताए । विगतमा आयोग तथा सार्वजनिक प्रशासनअन्तर्गत विभिन्न निकायहरूमा काम गर्दाको अनुभवबाट भ्रष्टाचार […]

नवनियुक्त प्रमुख आयुक्त राईले अख्तियारमा कार्यभार सम्हाले

२१ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालयमा आएर उनले कार्यभार सम्हालेका हुन् । राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि कार्यभार सम्हालेका छन् । अख्तियारका कर्मचारीहरुले राईसहितका अन्य आयुक्तहरुलाई स्वागत गरेका थिए । तस्वीरहरु : विकास […]

पूर्वसचिव राईको फेक ट्वीटर ह्याण्डल साइबर ब्युरोले बन्द गरायो

५ पुस, काठमाडौं । पूर्वसचिव प्रेमकुमार राईको फेक ट्वीटर ह्याण्डल बनाएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । अफवाह फैलाउने व्यक्तिबारे प्रहरीले अनुसन्धान गरिरहेको हो । साइबर ब्युरोले ट्वीटरलाई गरेको सिफारिसका आधारमा फेक एकाउन्ट बन्दसमेत भइसकेको छ । ब्युरोका एसएसपी नविन्द अर्यालले अनलाइनखबरलाई बताएअनुसार एकाउन्ट बन्द गराइसकिए पनि अफवाह फैलाउनेको खोजी जारी राखिएको छ । राईलाई […]

गृहसचिव र आईजीपीलाई गृहमन्त्रीको पुरस्कार

५ वैशाख, काठमाडौं । बेरुजु फर्छ्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयमा सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरिएको छ । गृहमन्त्रालयमा बिहीबार एक कार्यक्रमका बीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उनीहरुलाई नगद तथा प्रशंशापत्र प्रदान गरेका हुन् । बेरुजु फर्छ्यौटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव राई, नेपाल प्रहरी महानिरीक्षक खनाललाई आठ हजार […]