Comments Add Comment

फ्लोर क्रस

List Grid
बालुवाटारको निष्कर्ष : जसरी पनि सरकार ढल्छ भने कारबाहीमा हतार नगरौं

१२ वैशाख, काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध एकढिक्का भएर लड्न निर्देशन दिएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले कोरोना रोकथाम गर्न सरकारले गरिरहेको प्रयासबारे ब्रिफिङ गर्दै पार्टीपंक्ति परिचालित हुन निर्देशन दिए । उनले कोरोना महामारी रोकथाम बाहेक स्पष्टीकरण सोधिएकालाई कारबाही प्रक्रिया र अहिले विकसित राजनीतिक […]

फ्लोर क्रस गर्ने कर्णालीका सांसदलाई निष्कासनको पत्र प्रदेशसभामा दर्ता

१२ वैशाख, सुर्खेत । फ्लोर क्रस गर्ने कर्णालीका चार प्रदेश सभा सांसदलाई निष्कासनको पत्र प्रदेशसभामा दर्ता गरिएको छ । फ्लोर क्रस गरेका एमालेका सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदमुक्त गर्नेसम्बन्धी पत्र प्रदेशसभामा आइतबार दर्ता गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए । उनिहरुले पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरी माओवादी केन्द्रका मुख्यमन्त्री […]

कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई निष्कासन गर्ने एमालेको निर्णय

१० वैशाख, काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज […]

‘राजनीतिक भविष्य सिध्याइदिन्छु भनेपछि साथीहरुले उसलाई सिध्याइदिए’

५ वैशाख, काभ्रे । नेकपा एमालेका नेता माधवकुमार नेपालले कर्णाली प्रदेशमा अरुको राजनीतिक भविष्य सिध्याइदिने धम्की दिनेकै बिजोग भएको बताएका छन् । आइतबार काभ्रेमा समानान्तर कमिटी घोषणा कार्यक्रममा नेता नेपालले फ्लोर क्रसको बचाउ गरेका हुन् । ‘प्रदेशको प्रमुख म हुँ, म मुख्यमन्त्री बन्दैछु । मैले भनेको नमान्ने हो भने सबैको राजनीतिक भविष्य सिध्याइदिन्छु भनेपछि साथीहरुले […]

कर्णाली ‘फ्लोर क्रस’ को राजनीतिक सन्देश

३ वैशाख, काठमाडौं । नयाँ सरकारको नेतृत्व गर्न आग्रह गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रश्न गर्थे, ‘जनता समाजवादी पार्टी (जसपा) ले निर्णय नगरी हामी र नेकपा माओवादी केन्द्र मात्र भएर (बहुमत) पुग्छ ?’ २७१ सदस्यीय (२७५ मध्ये चार जना पदमुक्त भए) प्रतिनिधिसभामा सरकार गठनका लागि १३६ मत चाहिन्छ । कांग्रेसका ६१ र माओवादी केन्द्रका […]

फ्लोर क्रस : नेपालको संसदीय अभ्यासमा पहिलो घटना

३ वैशाख, काठमाडौं । संसदीय प्रणालीमा ‘फ्लोर क्रस’ का घटना विरलै हुने गर्दछन् । तर यस्तै विरलै घटना शुक्रबार नेपालको कर्णाली प्रदेशसभामा देखियो । नेकपा एमालेका चार प्रदेशसभा सदस्यले पार्टीको ह्वीप विपरीत ‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका छन् । एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर […]

कर्णालीबाट माधव नेपालले दिन खोजेको सन्देश

३ वैशाख, काठमाडौं । ६ महिनाको अवधिमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद दोस्रो पटक जोगियो, थप एक वर्षका लागि सुनिश्चित भयो । कर्णाली प्रदेशसभा बैठकमा शुक्रबार नेकपा एमालेका चार सांसदले फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि शाहीको मुख्यमन्त्री पद जोगिएको हो । २५ असोजमा शाहीविरुद्ध प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता […]

फ्लोर क्रस गर्ने सांसदसँग स्पष्टीकरण माग, कारबाही गर्न सिफारिस

३ वैशाख, काठमाडौं । कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने आफ्ना सांसदसँग एमाले संसदीय दलले स्पष्टीकरण माग गरेको छ र कारबाही गर्न सिफारिस गरेको छ । शुक्रबार पार्टी संसदीय दलको ह्वीप उल्लंघन गरी ४ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । प्रदेशसभाको बैठकपछि शुक्रबार साँझ बसेको एमाले संसदीय दलको बैठकले फ्लोर क्रस गर्ने […]

फ्लोर क्रस संसदीय प्रणालीमा गम्भीर चिन्ताको विषय हो : दमननाथ ढुंगाना

३ वैशाख, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संसदीय प्रणालीमा फ्लोर क्रस गम्भीर चिन्ताको विषय भएको बताएका छन् । संसदीय प्रणालीमा क्रस भोटिङ हुने भए पनि यो गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ । शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाउन नेकपा एमालेका ४ जना सांसदहरुले फ्लोर क्रस गरेका छन् । यसलाई सहज रुपमा […]

फ्लोर क्रस राजनीतिक अपराध हो : यमलाल कँडेल

३ वैशाख, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले पार्टीका जिम्मेवार नेताहरुले नै राजनीतिक अपराध गरेको प्रतिक्रिया दिएका छन् । शुक्रबार कर्णाली प्रदेशसभामा नेकपा एमालेका चार जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि कँडेलले ती सांसदप्रति आक्रोश पोखेका हुन् । नेता कँडेलले जिम्मेवार नेताबाटै यस्तो क्रियाकलाप हुने […]

फ्लोर क्रस गम्भीर विचलन हो, क्षम्य हुँदैन : प्रदीप ज्ञवाली

३ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले फ्लोर क्रसलाई पार्टीमा देखिएको गम्भीर विचलन भनेका छन् । उनले  ह्वीप नमानेर फ्लोर क्रस गर्ने निर्णय क्षम्य नहुने बताए । ‘यो गम्भीर विचलनको विषय हो, क्षम्य हुन सक्दैन’, ज्ञवालीले भने । फ्लोर क्रस गर्नेहरुलाई कारबाही हुने पनि उनले बताए । शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री […]

केन्द्रीय नेतृत्वकै निर्देशनमा फ्लोर क्रस गरेका हौं : प्रकाश ज्वाला

३ वैशाख, सुर्खेत । शुक्रबार कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने नेकपा एमालेका सांसदले पार्टीका केन्द्रीय नेताको निर्देशनमा फ्लोर क्रस गरेको बताएका छन् । फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वालाले केन्द्रीय नेतृत्वको निर्देशनमै फ्लोर क्रस गरेको अनलाइनखबरलाई प्रतिक्रिया दिए । ‘केन्द्रीय नेतृत्वको निर्देशनअनुसार नै फ्लोर क्रस गरेका हौं’ उनले भने, […]

कर्णालीमा एमाले संसदीय दलको बैठक, फ्लोर क्रस गर्ने सांसदलाई कारबाही गर्ने तयारी

३ वैशाख, सुर्खेत । आफ्ना चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि नेकपा एमाले कर्णाली प्रदेशसभाका सांसद छलफलमा जुटेका छन् । फ्लोर क्रस गरेका सांसदको विषयमा के गर्ने भन्ने निर्णय गर्न एमले संसदीय दलको बैठक बसेको छ । सांसद सुशील थापाले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई कारवाहीको सिफारिस गर्ने बताए । पार्टीको […]