Comments Add Comment

भूवन केसी

List Grid
सम्झिनी पानी छम्किनीको भ्यूजः ‘४ घन्टामा २० हजार, २ दिनमा ३५ लाख’

गत शनिबारको दिन तामझामका साथ कार्यक्रम गरेर रिलिज गरिएको गीत ‘संम्झिनी पानी छम्किनी’ले भ्यूजमा नयाँ रेकर्ड राखेको छ । यो गीत सार्वजनिक भएको ३ दिन पनि भएको छैन । तर, युटुबमा यो गीतलाई ३५ लाख ५० हजार पटक हेरिएको छ । सम्राट चौलागाँईको नाममा संचालित युटुब च्यानलबाट सार्वजनिक यो गीतको भिडियो राम्रो छ । नायक […]

म्यूजिक भिडियो रिलिज कार्यक्रममा फिल्मकै झल्को दिने तामझाम र खर्च

साउनका पछिल्ला २ शनिबार मात्र काठमाडौंको वन सिनेमाज् हलमा २ वटा कार्यक्रम आयोजना गरियो । यी दुबै कार्यक्रम चलचित्र सम्बन्धी नभएर म्युजिक भिडियोको थियो । विगत डेढ बर्षदेखि चलचित्र निर्माण, प्रदर्शन नै ठप्प हुँदा यसको गतिविधी पनि शुन्य जस्तै छ । चलचित्रका कार्यक्रम आयोजना गर्दै आएका केही चलचित्र हलहरुलाई यसले प्रभाव त पारेको छ नै […]

भूवनको फेरिएको गेटअप फिल्ममा कहिले ?

नायक भूवन केसीले चलचित्र ‘मिस्टर नेपाली’मा खलनायकको रुपमा काम गरे । तर, यो चलचित्रमा उनको भूमिकालाई लिएर दर्शकले कुनै चासो देखाएनन् । उनी, यो चलचित्रको पत्रकार सम्मेलनमा फरक गेटअपसहित प्रस्तुत भएका थिए । सो समयमा भूवनले चलचित्र ‘एन्टी हिरो’मा आफू खलनायकको रुपमा देखिन लागेकाले गेटअप परिवर्तन गरेको बताएका थिए । तर, अब यो चलचित्र बन्ने […]

अनमोलसँग ‘माइतीघर २’ बनाउन लागेका निर्देशक सुवोध चोपडाको निधन

नायक भूवन केसीले निर्माण गर्ने भनिएको चलचित्र ‘माइतीघर २’का निर्देशक सुवोध चोपडाको निधन भएको छ । उनको आज मुम्बइमा निधन भएको निर्माता केसीले जानकारी दिए । उनले भने–‘उहाँलाई कोभिड भएको रहेछ । तर, कोरोनाको रिपोर्ट केही दिन अगाडि मात्र नेगेटिभ पनि आएको रहेछ । आज निधन भएको खबर आयो ।’ सुवोध चोपडाको निधन भएपछि नायक […]

‘माइतीघर २’मा अनमोल र भूवन एकसाथ देखिने

दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘माइतीघर २’को बिहिबार घोषणा भयो । यो ब्यानरको इन्स्टाग्राम पेजबाट चलचित्र निर्माण हुन लागेको घोषणा गरिएको हो । भूवन केसीको निर्माणमा बन्न लागेको चलचित्रमा नायक अनमोल केसी मुख्य भूमिकामा देखिदैछन् । ‘माइतीघर’ जहाँ सकिएको थियो सोही दृश्यबाट ‘माइतीघर २’ सुरु हुने बताइएको छ । यो चलचित्रका […]

‘पारस’ र ‘ए मेरो हजुर ४’ टिमबीचको विवाद के हो ?

नायक भूवन केसी चलचित्र ‘पारस’को छायांकन फागुणबाट सुरु गर्ने योजनामा थिए । तर, उनको यो चलचित्रको छायांकन पछि सरिरहेको छ । नायक अनमोल केसीले चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन फागुणको २५ गतेबाट सुरु गर्दैछन् । यो चलचित्रको एक गीत र केही दृश्यको छायांकन बाँकी छ । गीत छायांकन गर्ने चलचित्रको निर्माण यूनिट शे–फोक्सुन्डो ताल […]

संवैधानिक संकट त टर्यो, तर नेतृत्वमाथिको आशंका टरेको छैनः भूवन केसी

सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला सुनाएसँगै नायक भूवन केसीले कठिन समयमा सही निर्णय गर्ने न्यायमुर्तीहरुलाई सलाम भनेका छन् । सामाजिक संजालमा स्टाटस कोर्दै भूवनले लेखेका छन्–‘सर्वोच्च अदालतको निर्णयले संविधानमाथि खेलाची गर्ने शासकलाई लगाम लगाउने नजिर मात्र स्थापना गरेको छैन, हजारौको भौतिक र मानसिक बलिदानीपछि प्राप्त संविधानको सर्वोच्चताको पनि रक्षा गरेको छ । सँगै हामी सबैले […]

‘राजकुमारी’ महशुश गर्दै साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकनका व्यस्त छन् । चलचित्रको छायांकन सुरु भएसँगै उनले दैनिक तस्वीर सार्वजनिक गरिरहेकी छिन् । यो चलचित्रका लागि उनी उत्साहित रहेको वुझ्न सकिन्छ । लगातार चलचित्र असफल, नायक भूवन केसीसँगको विवाद, प्रेममा ब्रेकअपका कारण पनि उनलाई तनाव भएको थियो । तर, लकडाउनपछि चलचित्रको छायांकनमा फर्किन पाउँदा उनी […]

‘पारस’मा अनमोल मात्र फाइनलः भूवन केसी

नायक भूवन केसीले निर्माता माधव वाग्लेसँग सहमतीमै चलचित्र ‘पारस’को स्वामित्व आफूले लिएको बताएका छन् । भूवनले अनलाइनखबरसँग भने–‘माधवजी र मविच कुराकानी हुदै जाँदा हामीले सहमतीमै अलग हुने निर्णय गरेका हौं । अब, यो चलचित्रलाई दि सुपर काजोल फिल्मस्ले निर्माण गर्नेछ ।’ भूवनले चलचित्रको छायांकन फागुणबाट सुरु हुने बताए । चलचित्र बजारमा यो चलचित्रका कलाकारको बिषयमा […]

भूवन केसीको संचारमन्त्रीलाई आग्रह–‘फिल्मीकर्मीको समस्या वुझिदिनुहोला’

नायक भूवन केसीले चलचित्रकर्मीको समस्या वुझिदिन सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङलाई आग्रह गरेका छन् । संचारमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका केसीले चलचित्रकर्मीहरु लामो समयदेखिको लकडाउनका कारण समस्या परेको भन्दै हल खुलाउने बिषयमा गम्भिर भैदिन आग्रह गरे । नायक केसीले संचारमन्त्रीसँगको भेटबारे अनलाइनखबरसँग भने–‘लामो समयदेखि हल बन्द हुँदा चलचित्र क्षेत्रको गतिविधी नै ठप्प छ । […]

जन्मदिनमा भूवन भन्छन्–‘नेपाली फिल्मलाई विश्वबजारमा पुर्याउने सपना छ’

नेपाली चलचित्र क्षेत्रका सुपरस्टार नायक भूवन केसी आज आफ्नो जन्मदिन मनाउँदैछन् । काठमाण्डौको सिनामंगलमा जन्मिएका नायक भूवन केसीले आज घरमै परिवारसँग जन्मदिन मनाउने जानकारी दिए । भूवनले चलचित्र ‘जुनी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । चलचित्र क्षेत्रमा लामो समय बिताएका केसी नायक, निर्माता र निर्देशकको रुपमा नै सफल मानिन्छन् । उनले अभिनय गरेका ‘कुसुमे […]

निरुता लेख्छिन्–‘भूवन केसी मेरा लागि रियल हिरो’

मुम्बइमा रहेकी नायिका निरुता सिंहले नायक भूवन केसी आफ्ना लागि रियल हिरो भएको बताएकी छिन् । सामाजिक संजालमा स्टाटस लेख्दै निरुताले भनेकी छिन्–‘मलाई आज पनि संझना आउँछ, दार्जिलिङ्गमा छदाको त्यो बेलाको, जुन बेला हामी साथीभाइहरु बसेर चलचित्रको नायक अनी नायको कुरा गथ्र्यौ । दार्जिलिङ्गमा हामीले नेपाली चलचित्रको नायक अनी नायिका भनेर चिनेको जानेको नै नायक […]

साम्राज्ञीको शोभितलाई जवाफ–‘रिक्सा चढ्दैमा मान्छे सानो हुन्छ र ?’

नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविचको विवाद अहिले सेलाउँदै गएको छ । तर, साम्राज्ञी र भूवन केसीको विवादको बिषयमा विभिन्न चलचित्रकर्मीले आफ्नो भनाई भने सार्वजनिक गरिरहेका छन् । निर्देशक शोभित बस्नेतले पनि यो बिषयमा आफ्नो भनाई राखिरहेका छन् । शोभितले एक अन्र्तवार्तामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको बिषयमा भनेका थिए–‘विरगञ्जमा रिक्सा चढेर हिड्ने मान्छे […]

आफूविरुद्ध झूटा प्रचार नगर्न साम्राज्ञीलाई भुवनको चेतावनी

निर्माता, निर्देशक तथा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई आफ्नो बारेमा झूटा प्रचार नगर्न चेतावनी दिएका छन् । नायिका शाहले चलचित्रको छायांकनका क्रममा आफूले दुःख पाएकोदेखि जापानमा आयोजित एक अवार्ड कार्यक्रममा नायक केसीले घिनलाग्दो व्यवहार देखाएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी थिइन्। नायक केसीले साम्राज्ञीलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा भनिएको छ-‘आफूलाई ब्रेक दिन पिताजस्तो […]

भुवन भन्छन्–‘राज्यले मेरो योगदानको मूल्यांकन गर्छ भन्ने लाग्छ’

यसअगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुल्दा नायक भूवन केसीको नाम निकै चर्चामा आउथ्यो । तर, भूवनले आवेदन दिने चर्चा चलेपनि अन्तिम समयमा उनी पछि हट्ने गरेका थिए । तर, यसपटक भने नायक भूवन केसीले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका छन् । विकास बोर्डमा आवेदन दिएका भूवन भन्छन्–‘राजनीतिक शक्तिको पछि […]

राजेश र भुवनको मित्रता(फोटो फिचरसहित)

नायक राजेश हमाल र अर्का नायक भूवन केसीविच प्रायः भेटघाट हुँदैन । सार्वजनिक कार्यक्रममा जुरिहाल्यो भने मात्र यी दुई नायकले एक अर्कासँगै भलाकुसारी गर्न पाउँछन् । केही समय अगाडि अमेरिकामा आयोजना भएको एक अवार्ड समारोहमा राजेश र भूवनले गफिने मौका पाएका थिए । यी दुई नायक शनिबार आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा देखिए । कार्यक्रममा […]

जब भुवन निर शाहको अगाडि झुके…

‘सुपर स्टार…रेस्पेक्ट’ । नायिका संचिता लुइटेलले नायक भूवन केसी अर्का कलाकार निर शाहको अगाडि झुक्दै गरेको एक तस्वीर शेयर गर्दै लेखिन् । अर्का चलचित्रकर्मी अनुराग कुँवर लेख्छन्–‘अंग्रेजीमा प्रखर हुनु मात्रै सुपरस्टारको पहिचान होइन । चाहे सय गल्ती किन नहोस्, यस्तो एक व्यवहारले माफीको हकदार हुन्छ । किनभने, जो कहलिएका थिए उहाँबाट आफ्नो अंग्रजलाई यस्तो आदर […]

‘मिस्टर नेपाली’ राष्ट्रियता बोकेको कमर्सियल फिल्मः भुवन केसी

कात्तिकको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’मा दर्शकले नायक भूवन केसीलाई नेगेटीभ क्यारेक्टरमा देख्न सक्नेछन् । यो चलचित्रमा भूवन पिता र छोराको भूमिकामा देखिदैछन् । नायक केसी भन्छन्–‘चलचित्रमा म मुख्य नायक होइनँ । यसमा, मलाई दर्शकले नकारात्मक भूमिकामा देख्न पाउनुहुनेछ । पर्दामा मलाई देख्दा दर्शकलाई नौलो लाग्न सक्छ ।’ देव भुषालको निर्देशनमा तयार […]

चैत्र २८ मा अनमोलको फिल्म ?

निर्माता तथा कलाकार भूवन केसीले आफ्नो ब्यानर दि सुपर काजोल फिल्मस्बाट बन्न लागेको नयाँ चलचित्रका लागि वितरण कम्पनीको रुपमा एफडी कम्पनीलाई फाइनल गरेका छन् । भूवन र एफडीविच आइतबार संझौता भएको छ । नायक केसीको होम प्रोडक्शनमा बन्न लागेको चलचित्रमा नायक अनमोल केसी मुख्य भूमिकामा हुनेछन् । भूवनका अनुसार खलनायकको भूमिकामा उनले काम गर्दैछन् । […]

भूवन भन्छन्–‘अबको फिल्ममा अनमोल हिरो, म भिलेन’

नायक भूवन केसीले आफ्नै होम प्रोडक्शनमा बन्न लागेको नयाँ चलचित्रमा आफू भिलेनको अवतारमा देखिन लागेको खुलाएका छन् । आइतबार बेलुकी काठमाण्डौमा आयोजना भएको चलचित्र ‘मिस्टर नेपाली’को इन्डक्ल्याप कार्यक्रममा आफ्नो फेरिदो गेटअपको बिषयमा बोल्दै भूवनले भने–‘अहिले हामी हाम्रो होम प्रोडक्शनको नयाँ चलचित्रको तयारी गरिरहेका छौ । जहाँ, नायक अनमोल केसी लभर ब्वाइको भूमिकामा देखिदैछन् । म […]

भुवनकी दुलही बनिन् रीमा

नायक भूवन केसीको दुलही नायिका रीमा विश्वकर्मा बनिन् भन्दा तपाइलाई अनौठो लाग्न सक्छ । तर, नवलपरासीमा भने भूवन केसीले नायिका रीमा विश्वकर्मासँग बिहे गरेका छन् । तर, भूवन केसी र रीमा विश्वकर्माको बिहे रियलमा भने भएको होइन । यतिबेला, नवलपरासीमा छायांकन भैरहेको चलचित्र ‘मिस्टर नेपाली’मा नायक भूवन केसी र नायिका रीमा विश्वकर्माको बिहेको दृश्य खिचिएको […]