Comments Add Comment

महालक्ष्मी नगरपालिका

List Grid
महालक्ष्मी नगरपालिकामा १ अर्ब ९४ करोडको बजेट

१० असार, काठमाडौं । महालक्ष्मी नगरपालिकाको दशौं नगर सभा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको नगर सभामा चार वटा बैठक बसेको थियो । नगर सभा बैठकबाट नगर प्रमुख रामेश्वर श्रेष्ठले पेस गरेको आव २०७८/७९ को नीति तथा कार्यक्रम र उपप्रमुख निर्मला थापाले पेस गरेको रू. १ अर्ब ९४ करोड १ हजार १ सय १६ रुपैयाँ […]

संक्रमितको उपचारका लागि महालक्ष्मी नगरपालिकाले गर्‍यो अस्पतालसँग सम्झौता

२९ वैशाख, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाले कोरोनाका गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि केयर एण्ड क्यूर हस्पिटलसँग सम्झौता गरेको छ । नगरप्रमुख रामेश्वर श्रेष्ठ र अस्पतालका डा. प्रेम देवानले वैशाख २३ गते उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अस्पतालबाट नगरपालिका भित्रका कोभिड-१९ का बिरामीहरूलाई अक्सिजन थेरापीसहितको केयर सर्भिस उपलब्ध गराउने छ । बिरामीको […]

महालक्ष्मी नगरपालिकाका विद्यालय वैशाख मसान्तसम्म बन्द

५ वैशाख, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले कोभिड–१९ को दोस्रो चरणको संक्रमण बढ्दै गइरहेकोले वैशाख मसान्तसम्म वैकल्पिक सिकाइ प्रणालीमा जाने भएको हो । नगरपालिकाले जारी गरेको सूचना अनुसार कक्षा ८ र १० को पूर्व निर्धारित परीक्षा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर वैशाख १५ सम्म सम्पन्न गर्नुपर्नेछ […]

महालक्ष्मी नगरपालिकाका मेयर कोरोना मुक्त

१९ असोज, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ कोरोना मुक्त भएका छन् । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार गराउँदै आएका मेयर श्रेष्ठ २१ औं दिनमा सोमबार डिस्चार्ज भएका हुन् । अस्पतालमा रहँदा मेयर श्रेष्ठलाई अक्सिजन सपोर्ट दिनुका साथै रेमडेसिभिर औषधि समेत प्रयोग गरिएको अस्पतालले जनाएको छ । उपचारकै क्रममा आइतबार गरिएको […]

बलात्कार पीडित परिवारलाई यो सहरले लखेटी छाड्यो

३० भदौ, काठमाडौं । गत ७ असारमा उनका श्रीमान प्रहरी हिरासतमा पुगे । त्यो पनि, आफ्नै छोरी बलात्कारको अभियोगमा । त्यसपछि सुरु हुन्छ, शिखा (नाम परिवर्तन) को वियोगान्त कथा । शिखाको खुट्टामा जन्मजात समस्या छ । लठ्ठीको सहाराले पनि उनलाई पाइला सार्न धौधौ पर्छ । तर, घिस्रिएरै भए पनि यो धर्तीमा उनले ३८ वर्ष बिताइसकिन् […]

महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

२९ भदौ, काठमाडौं । ललितपुरपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ। ज्वरो आएकाले हिजो दिउँसो ललितपुरको किस्ट अस्पताल पुगेका उनको रिपोर्ट हिजो राति नै पोजेटिभ आएको हो। किस्ट अस्पतालका अनुसार उनमा अक्सिजनको मात्र कम र ज्वरो देखिएको छ। उनको श्रीमतीलाई पनि संक्रमण पुष्टि भएको छ। किस्ट अस्पताला अपरेटिङ चिफ अमिस पाठकका […]

महालक्ष्मी नगरपालिकामा भोलिदेखि लकडाउन खुकुलो हुने

१ साउन, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाले भोलि शुक्रबारदेखि लकडाउन खुकुलो बनाउने भएको छ । शुक्रबार बिहान ५ बजेदेखि लकडाउन खुकुलो बनाउने निर्णय भएको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए । नगरपालिका क्षेत्रमा कोरोना भाइरस संक्रमितको संख्या वृद्धि भएको भन्दै असार २४ गतेदेखि वडा नम्बर ७, ८ र ९ मा औषधि र खाद्यान्नबाहेक अन्य सम्पूण उद्योग तथा […]

महालक्ष्मीमा समुदायमा कोरोना परीक्षण, १३९ जनाकै रिपोर्ट नेगेटिभ

३१ असार, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकामा कोरोना संक्रमण फैलिएको आशंकामा समुदायमा पीसीआर परीक्षण गरिएको छ । केही दिनअघि नगरपालिकाका २३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको संम्पर्कमा आएका ७४ जनासँगै समुदायका १३९ जना गरी २१३ जनाको पीसीआर जाँच गरिएको हो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले जानकारी दिए । […]