+
+
WC Series
पोखरा एभेन्जर्स 2025
127/4 (15.4)
VS
२६ बलमा ३९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

एमाले अध्यक्ष ओलीमाथि धनकुटामा हातपातको प्रयास

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १६:२८

२८ मंसिर, धनकुटा । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले हातपातको प्रयास गरेका छन् ।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि हातपातको प्रयास भएको हो । उनीमाथि लेगुवाकै महेश राईले हातपातको प्रयास गरेका हुन् ।

ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर हात हाल्ने प्रयास गरेका हुन् ।

राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए । राईलाई प्रहरीले पक्राउ गरेको छ । उनले हातपातको प्रयास गर्नुको कारण खुलेको छैन ।

तर कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले राईले मादक पदार्थ सेवन गरेको पाइएको बताए ।

उनले पूर्वप्रधानमन्त्री ओलीलाई उनले छुन नपाएको समेत बताए । बाँस्तोलाले दाबी गरे, ‘उनको मुक्का हान्ने नियत देखिँदैन, मापसे गरेर त्यस्तो गरेको देखिन्छ ।’

यस्तै  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति निकालेर ओली भोजपुरबाट धनकुटा जाने क्रममा लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा मादक पदार्थ सेवनबाट उत्तेजित बनेका एक व्यक्तिले देखाएको अस्वभाविक व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएको दाबी गरेका छन् ।

उनले तथ्य नबुझी अनर्गल प्रचार नगर्न पनि अनुरोध गरेका छन् ।

*यसअघि उनीमाथि मुक्का प्रहार भनि लेखिएकोमा सच्याइएको छ ।

घटनाको भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?