+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

धनकुटाको महालक्ष्मी नगरपालिकामा निजी विद्यालयका सवारी सञ्चालनमा रोक

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते १४:१७

८ वैशाख, काठमाडौं । धनकुटास्थित महालक्ष्मी नगरपालिकाले पालिकाभित्र निजी विद्यालयका सवारी साधन सञ्चालनमा रोक लगाएको छ । महालक्ष्मी नगरपालिकाले पालिकाभित्रका सबै निजी विद्यालय बन्द गरिसकेको छ ।

महालक्ष्मी नगरपालिकाको सडक प्रयोग गरी अन्य पालिकामा रहेका निजी विद्यालयले समेत विद्यालयका सवारी साधानहरू सञ्चालन गर्न नपाउने निर्णय गरिएको हो । महालक्ष्मी नगरपालिकाका अध्यक्ष ध्रुवराज रायाले सोमबार सूचना जारी गरेर अन्य पालिकामा रहेका निजी विद्यालयको बस गुडाउन नपाउने जानकारी गराएका हुन् ।

‘अन्य पालिकामा रहेका निजी विद्यालयले हुँदै शैक्षिक सत्र २०८२ मा महालक्ष्मी नगरपालिका भन्दा अन्य गाउँपालिका तथा नगरपालिकाका निजी विद्यालयहरूका स्कुल बसहरू यस महालक्ष्मी नगरपालिकाभित्र प्रवेश गरी बालबालिकाहरू निजी विद्यालय लाने गरेको जनगुनासो प्राप्त भएकोले यो सूचना प्रकाशन भएको मितिबाट महालक्ष्मी नगरपालिकाको क्षेत्राधिका भित्र कुनै पनि निजी विद्यालयका स्कुल बस अर्थात् विद्यालयका सवारी साधनहरू प्रवेशको लागि पूर्ण रुपमा रोक लगाइएको,’ प्रकाशित सूचनामा भनिएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न महालक्ष्मी नगरपालिका भित्रका निजी विद्यालय बन्द गरिएको पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?