Comments Add Comment

राष्ट्रिय खेलकुद परिषद

List Grid
लामगादेलाई कुटपिट गर्नेलाई कारबाही गर्न राखेप उपाध्यक्षको माग

११ भदौ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइरालाले एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेलाई कुटपिट गर्नेमाथि कारबाही गर्न माग गरेका छन् । उपाध्यक्ष कोइरालाले बिहीबार विज्ञप्ति जारी गर्दै लामगादेमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका हुन् । चन्द्रकलामाथि आक्रमण मानवता विरोधी कार्य भएको विज्ञप्तिमा उल्लेख छ । ‘संविधान कानुनद्वारा प्रदान गरिएका नैसर्गिक […]

एन्फामा राखेप पदाधिकारीको स्वागत

१९ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले फुटबलको विकासका लागि एन्फा र राखेप मिलेर अघि बढ्नुपर्ने पनि बताएका छन् । उनले फुटबललगायत अन्य खेल टिमवर्कबाट मात्र सफल हुने धारणा राखे । सातदोबाटोस्थित कार्यालयका एन्फाले राखेपका उपाध्यक्ष, सदस्य र सदस्य सचिवको स्वागतमा गरेको कार्यक्रममा सिलवालले फुटबलको विकासका लागि एन्फाले योजना बनाउनुपर्ने पनि […]

जिम्मेवारी दिनेहरुको विश्वास टुट्न दिन्‍नँ : सदस्य सचिव सिलवाल

१९ साउन काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई सदस्य–सचिवको जिम्मेवारी दिँदा गरिएको विश्वास टुट्न नदिने बताएका छन् । नेपाल भलिबल संघले उनकै सम्मानमा आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले भने, ‘खेलकुदको विकासका लागि जुन विश्वासका साथ मलाई नियुक्ति गरिएको छ त्यसमा इमानदार भएर अगाडि बढ्ने छु । मलाई पुनः जिम्मेवारी […]

राखेप सदस्यमा रानाभाट र निरौलासहित ६ जना मनोनीत

१५ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यमा  ६ जना मनोनीत भएका छन् ।  युवा तथा खेलकुद मन्त्रि जगत बहादुर सुनार विश्वकर्माले बिहीबार खेलकुदको विभिन्न क्षेत्रबाट ६ जनालाई राखेप सदस्यमा मनोनीत गरेका हुन् । नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि राखेपमा पनि सदस्यहरु नियुक्त गर्ने प्रकिया सुरु भएको हो । मन्त्री विश्वकर्माले २०७७ को दफा […]

सपथ लिएपछि सदस्य सचिव सिलवालले भने : अधुरा काम पूरा गर्छु

१४ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेश सिलवालले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार मन्त्रिपरिषद बैठकबाट नियुक्त भएका उनीहरुले बुधबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा  मन्त्री जगतबहादुर सुनार विश्वकर्मासँग सपथ लिएका हुन् । सपथअघि युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले दुवै जनालाई […]

यी हुन् दोस्रो पटक राखेप सदस्य सचिव बन्ने तीन व्यक्ति

१३ साउन, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद बैठकले सोमबार रमेश कुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव नियुक्त गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले बनाएको सिफारिस समितिले मन्त्रालयमा सिफारिस गरेका तीन जनामध्ये सिलवाललाई सरकारले सदस्य सचिव चयन गरेको हो । यस्तै राखेपको उपाध्यक्षमा शिव कोइराला नियुक्त भएका छन् । नेपाल खेलकुद महासंघका सहसंयोजक […]

राखेप सदस्य सचिव नियुक्तिको तयारी

१२ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको नियुक्ति सोमबार हुने सम्भावना रहेको छ । युवा तथा खेलकुद मन्त्रालयले बनाएको सिफारिस समितिले सिफारिस गरेको तीन जनाको नाम मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरिसकेको छ । अब सोमबार बस्ने मन्त्रिपरिषद बैठकले त्यसबाट एक जनालाई सदस्य सचिव नियुक्त गर्ने सम्भावना छ । युवा तथा खेलकुद मन्त्री […]

राखेप सदस्य सचिवका लागि तीनजनाको नाम सिफारिस

७ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि तीनजनाको नाम युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस भएको छ । मन्त्रालयले बनाएको तीन सदस्यीय सिफारिस समितिले आवेदन दिएका मध्येबाट तीनजनाको नाम छनोट गरेको हो । समितिले निवर्तमान सदस्य सचिव रमेश सिलवाल, नेकपा केन्द्रीय सदस्य लिलबहादुर थापा र राष्ट्रिय भलिबल टिमकी पूर्व कप्तान अन्जु […]

रमेश सिलवालविरुद्ध उजुरी

६ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव पदका लागि दरखास्त दिएका निवर्तमान सदस्य सचिव रमेश सिलवालविरुद्ध उजुरी परेकाे छ । गत मंसिरमा भएको नेपालमा भएकाे १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भ्रष्टाचारको आरोप लागेका सिलवालमाथिको छानविन पूरा नभएसम्म राखेप सदस्यसचिव पदका लागि उनको आवेदन खारेज गर्न युवा तथा खेलकुद मन्त्रालयमा उजुरी परेको […]

राखेप सदस्य सचिवमा अहिलेसम्म १६ जनाको आवेदन

१ साउन काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि दरखास्त दिने बिहीबार अन्तिम दिन हो । अहिलेसम्म निवर्तमान सदस्य सचिव रमेश सिलवालसहित १६ जनाले आवेदन दिएका छन् । बुधबारसम्म ११ जनाले निवेदन दिएकोमा बिहीवार ५ जना थपिएका युवा तथा खेलकुद मन्त्रालय स्रोतले जानकारी दिएको छ । बिहीबार कार्यालय समयसम्म आवेदन दिन पाउने […]

राखेप सदस्य सचिवमा सिलवालले पनि दिए आवेदन

३१ असार काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवालले आवेदन  दिएका छन् । युवा तथा खेलकुद मन्त्रालय स्रोतले सिलवालले पनि आवेदन दिएको पुष्टि गरे । अहिलेसम्म सदस्य सचिव पदमा आवेदन दिनेको संख्या ११ पुगेको छ । नयाँ खेलकुद ऐन लागु भएपछि निवर्तमान सदस्य सचिवसहित राखेपका सदस्यहरु पदमुक्त भएका […]

राखेप सदस्य सचिवमा अञ्जु र निलमको आवेदन

३१ असार काठमाडौं । पूर्व भलिबल खेलाडीद्वय अन्जु श्रेष्ठ र निलम बज्राचार्यले राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिव पदमा आवेदन दिएका छन् । अन्जु श्रेष्ठ नेपाली महिला भलिबल टिमको कप्तान हुन् भने निलम नेपालको महिला टिमले २०४४ सालमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दाको सदस्य हुन् । अर्थशास्त्रमा स्नातकोत्तर निलमले बृहत् तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता र अन्य […]

राखेप कार्यालयमा सदस्य सचिवको पर्खाई

३० असार, काठमाडौं । सोमबार दिउँसो ३ बजेतिर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कार्यालय पुग्दा त्यहाँ विभागीय प्रमुखहरु भेटिएनन् । उनीहरु सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालय गएका रहेछन् । खेलकुदको कार्यकारी निकाय राखेप यतिबेला कार्यकारी नेतृत्वविहीन छ । नयाँ खेलकुद ऐन २०७७ लागु भएपछि सदस्य सचिव र सदस्यहरु पदमुक्त भएका छन् । युवा तथा खेलकद […]

राखेप सदस्य सचिव बन्ने प्रसाईंको चाहना, सिलवालको निर्णयको प्रतीक्षा

२८ असार,  काठमाडौं । नयाँ खेलकुद ऐन २०७७ अनुसार राष्ट्रिय खेलकुद परिषद राखेपमा नयाँ सदस्य सचिव नियुक्त गर्नको लागि दरखास्त आह्वान भइसकेको छ । अब नयाँ सदस्य सचिव को होला भनेर चर्चा सुरु भइसकेको छ । नयाँ ऐन आएपछि सदस्य सचिवबाट पदमुक्त भएका रमेश सिलवाल नै फर्किने चर्चा पनि छ । नयाँ सदस्य सचिव बन्ने […]

नयाँ खेलकुद ऐन लागु, राखेप पदाधिकारी पदमुक्त

१८ असार, काठमाडौं । नयाँ खेलकुद ऐन लागु भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसँगै खेलकुद ऐन २०४८ खारेज भएको छ । साथै, नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिवसहित वर्तमान पदाधिकारीहरू पदमुक्त भएका छन् । ऐनमा अहिलेका पदाधिकारीबारे स्पष्ट व्यवस्था उल्लेख नभएकोले अब राखेप सदस्य सचिवसहित पदाधिकारी के […]

खेलकुदको भविष्यबारे यसै भन्न सक्ने स्थिति छैन : सदस्य सचिव सिलवाल

९ जेठ काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले नेपाली खेलकुदको भविष्यबारे अहिले यही नै हुन्छ भनेर भन्न नसकिने बताएका छन् । शुक्रवार त्रिपुरेश्वरमा अखिल नेपाल फुटबल संघ एन्फा ए डिभिजन लिग २०७६ को टेक्निलक ह्याण्डबुक सार्वजननक कार्यक्रममा सदस्य सिचव सिलवालले कोरोना भाइरस कोभिड-१९ ले गर्दा नेपाली खेलकुद गतिविधिमा प्रभाव परेको बताए । […]

तेह्रौं साग तोकिएकै मितिमा हुन्छ : सदस्यसचिव विष्ट

२१ माघ, पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) तोकिएकै मितिमा हुने दाबी गरेका छन् । ‘खेलकुद पत्रकार मञ्च कास्कीले आइतबार गरेको पत्रकार भेटघाटमा बोल्दै सदस्य सचिव विष्टले पूर्वाधार वा राखेपका कारण साग नसर्ने स्पष्ट पारे । उनले भने, ‘पूर्वाधार निर्माणमा ढिलाइ भएर वा राखेपका कारण […]

थ्रीस्टारको नाम छुटेकोबारे राखेपको समितिले थाल्यो छानविन

२५ पुस, काठमाडौं । थ्रीस्टार क्लब एएफसी कपको प्लेअफ खेल्नबाट बञ्चित भएकोबारे राष्ट्रिय खेलकुद परिषद्वारा गठित छानविन समितिले काम थालेको छ । राखेपका सदस्य समेत रहेका समितिका संयोजक देवकुमार अधिकारी (बद्री)को अध्यक्षतामा सोमबार बसेको समितिको पहिलो बैठकले सम्बन्धित निकायलाई पत्रचार गर्ने निर्णय गरेको छ । राखेपले क्रिकेट र फुटबल विवादबारे अध्ययन गर्न पुस पहिलो साता […]

क्रिकेट संघको निर्वाचित कमिटीद्वारा मुद्दा फिर्ता लिन अस्वीकार

२१ वैशाख, काठमाडौं । निलम्बित नेपाल क्रिकेट संघ क्यानको निर्वाचित समितिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन राष्ट्रिय खेलकुद परिषद्ले राखेको प्रस्ताव अस्वीकार गरेको छ । निर्वाचित समितिका महासचिव अशोकनाथ प्याकुरेलले अहिले नै मुद्दा फिर्ता लिन सम्भव नभएको बताए । राखेप सदस्य सचिव केशवकुमार विष्टले सोमबार पत्रकार सम्मेलन गरेर मुद्दा फिर्ता लिन आग्रह गरेका थिए […]

सागका पदकधारी तेक्वान्दो खेलाडी सम्मानित

१९ वैशाख, काठमाडौं । अमेरिकास्थित अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघले दुई महिनाअघि भारतमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुद सागमा पदक बिजेता तेक्वान्दो खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ । काठमाडौंैमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले १२औं सागका रजत र काश्य पदकधारी खेलाडी र प्रशिक्षकसमेतलाई नगदसहित सम्मान गरेको हो । अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो […]