Comments Add Comment

लालपूर्जा

List Grid
भूमिहीन सुकुम्बासीलाई चैतबाट लालपूर्जा वितरण गर्ने योजना

१२ पुस, काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगले चैतबाट भूमिहीन तथा सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गर्ने तयारी गरेको छ । पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि लालपूर्जा वितरण गर्ने लक्ष्य रहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताए । उनका अनुसार पहिलो चरणमा आयोगले सम्झौता गरेका १४ स्थानीय तहमा फागुनसम्ममा तथ्यांक संकलन तथा जग्गाको […]

सैनामैनामा १८८ जनाले पाए लालपूर्जा

२५ साउन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाका करिब दुई सय जनाले जग्गा धनी प्रमाणपत्र पाएका छन् । नापी विभागले सैनामैना नगरपालिकामा पर्ने साविक पर्रोहा र सालझण्डी गाविस अन्तर्गत रहेका गाउँ ब्लकका झारबैरा, रन्यौरा, उछडीहवा, लेडुवा, पानवारी, दक्षिण दोगराका गाउँब्लकका १ सय ८८ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको हो । जिल्ला नापी कार्यलयका प्रमुख अजित कुंवरले […]

१०१ वर्षमा हातमा लालपूर्जा

३१ असार, काठमाडौं । कास्कीको मादी गाउँपालिकाका जसबहादुर थापा १ सय १ वर्ष टेके । १९७६ मा जन्मिँदा भूमिहीन थिए । वनजंगल बीचकै कुनै छाप्रोमा उनको बाल्यकाल बित्यो । जीवनको सय औं मौसम पार गर्दा पनि आफ्नो नाममा जमिन बनाउन सकेनन् । प्राकृतिक प्रकोप पनि भूमिहीन, दीन हीनकै पछि लागेर आउँछ । उनले जीवनमा धेरै […]

मन्त्री पदमा अर्याल भन्छिन्- ११ जिल्लाका १५ लाखले लालपूर्जा पाउँदैछन्

१२ पुस, काठमाडौं । राजा महेन्द्रले भूमिसुधार लागू गर्ने क्रममा ५४ वर्षअघि सरकारी हतारोका कारण घरजग्गा नापी नहुँदा आफ्नै थातथलोमा ‘भूमिहीन’ बनेका करिब १५ लाख जनताले लालपूर्जा पाउने भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले बताएकी छिन् । काठमाडौंसहित ११ जिल्लाका धेरै गाउँमा हकभोग गरिरहेको जग्गा आफ्नो नाममा पूर्जा नहुँदा जनताले किनबेच र बित्तिय कारोबार गर्न […]

लालपूर्जा माग गर्दै मन्त्रालयमा ज्ञापन

५ मंसिर, हेटौंडा । विभिन्न समयमा आएको बिपत्तका कारण स्थायी थलो छोडेर मकवानपुरको मनहरीको रमन्टारसहित विभिन्न ठाउँमा भूमिबिहीन जीवन बिताइरहेका समुदायले लालपूर्जाको माग गर्दै मन्त्रालयमा ज्ञापन बुझाएका छन् । २०५०, ०५९, ०६१ को बाढिपहिरो र भूकम्पका कारण बिस्थापित भइ मनहरी गाउँपालिकाको बिभिन्न ठाउँमा बसोबास गर्दै आएका उनीहरुले स्थायी बसोबासका लागि लालपूर्जाको माग गर्दै प्रदेश सरकारको […]

महोत्तरीमा साढे २४ सय घरपरिवारलाई लालपुर्जा

३ पुस, महोत्तरी । महोत्तरीमा एकैपटक २४ सय ६१ जनालाई आइतबार लालपुर्जा वितरण गरिएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका र बलुवा नगरपालिकाका २४ सय ६१ घरपरिवारलाई नापी कार्यालय र भूमीअधिकार मञ्च महोत्तरीले संयुक्त रूपमा लालपुर्जा बितरण गरेका हुन् । महोत्तरी गाउँपालिकामा १७ सय ३० घरपरिवार र बलुवा नगरपालिकामा ७ सय ३१ घरपरिवारलाई लालपुर्जा बितरण गरिएको […]