+
+

५ लाख भूमिहीन परिवारलाई लालपुर्जा दिने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १६:१४

१५ जेठ, काठमाडौं । सरकारले ५ लाख भूमिहीन परिवारलाई लालपुर्जा दिने घोषणा गरेको छ ।

बजेट वक्तव्यमार्फत अर्थमन्त्री वर्षमान पुनले भूमि आयोगमार्फत थप ५ लाख परिवारलाई लालपूर्जा दिने बताए ।

सरकारले भूमि प्रशासनलाई डिजिटलाइज्ड गर्ने घोषणा गरेको छ । मालपोत कार्यालयमा जग्गाको रोक्का र फुकुवाका लागि अनलाईन प्रणाली शुरु गर्ने घोषणा गरेको हो ।

अहिलेसम्म जग्गा रोक्का र फुकुवाका लागि सम्बन्धित जग्गाधनी र रोक्का गर्नेहरु मालपोत कार्यालयमा पुग्नुपर्ने व्यवस्था थियो । अब भने अनलाइनबाटै जग्गा रोक्का र फुकुवा गर्ने सरकारको घोषणा हो ।

अर्थमन्त्री पुनले देशभरका जग्गाको नापनक्साको काम थप परिपक्व गर्ने बताए । उनले नापजाँच बाँकी रहेका जग्गाको आधुनिक प्रविधिबाट नापजाँच गरिने घोषणा समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?