Comments Add Comment

विमला वली

List Grid
मलाई सिध्याउन लागेपछि पोखरेलविरुद्ध उजुरी दिएँ : विमला वली

३० भदौ, बुटवल । लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले आफूलाई ‘सिध्याउन’ लागेका कारण आफूले उनीविरूद्ध उजुरी दिएको बताएकी छन् । उनले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा मंगलबार पोखरेलसहित चारजनाविरूद्ध ‘शरीर बन्धक तथा अपहरण’ गरेको आरोपमा किटानी जाहेरी दिएकी छन् । वलीले पोखरेल मुख्यमन्त्री रहँदा साउन १५ गतेदेखि ५ […]

विमला वली भन्छिन्- ‘साइबर स्याल’ले फोटो इडिट गरेर चरित्र हत्या गर्न खोजे

३ भदौ, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली) ले फोटो इडिट गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छन् । वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफ्नो फोटो इडिट गरेर ‘फसाउन’ खोजेको विमलाको दावी छ । बुधबार आफ्नो फेसबुक वालमा विज्ञप्ति पोष्ट गर्दै विमलाले राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले यस्तो गतिबिधि गरकोे […]

सांसद वलीलाई बन्धक बनाउनु फौजदारी अपराध : महिला संघ रुपन्देही

२२ साउन, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा बन्धक बनाइएको घटनाको नेपाल महिला संघ, रुपन्देहीले भर्त्सना गरेको छ । संघले उक्ता घटना फौजदारी अपराध भएको बताएको छ । संघकी अध्यक्ष गंगा शाहीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘सांसद विमलामाथि भएको घटना मुलुकको फौजदारी कानून आकर्षित गर्ने गम्भीर […]

सांसदलाई बन्धक बनाउनु लज्जास्पद र आपराधिक : माओवादी केन्द्र

२२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाउनु आपराधिक आक्रमण भएको बताएको छ । माओवादी केन्द्रको शुक्रबार बसेको स्थायी कमिटी बैठकले भनेको छ, ‘यो घटना नेपालको लोकतन्त्र, राजनीति, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथिकै लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण हो । हाम्रो पार्टी यो घटनाको भर्त्सना एवं […]

प्रदेश सरकारले भन्यो- सांसद विमला वली स्वेच्छाले मुख्यमन्त्री निवासमा बस्नु भएको हो

२२ साउन, काठमाडौं । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री कार्यालयमा बन्धक नबनाएको दाबी गरेका छन् । उनले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद वलीले मुख्यमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेपछि स्पस्टीकरण पत्र बुझाउन पुगेका नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बुटवल ल्याएको बताए । मुख्यमन्त्रीसँग छलफल भएपछि दिदीसहित त्यहीं बसेको […]

भूमिश्वरको स्पष्टीकरण : विमलालाई उहाँकै इच्छाअनुसार मुख्यमन्त्री निवास पुर्‍याएको हुँ

२१ साउन, काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्‍याएको दाबी गरेका छन् । एमालेमै फर्किएको विज्ञप्ति पनि उनकै इच्छाअनुसार सार्वजनिक भएको ढकालको भनाइ छ । प्रदेशसभा सदस्य विमलाले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले जबर्जस्ती मुख्यमन्त्री […]

विमला वलीको ओहोर-दोहोर : फेरि माओवादी केन्द्रमै

२० साउन, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली फेरि माओवादी केन्द्रमै फर्किएकी छन् । एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी छन् । माओवादी संसदीय दलका एक सदस्यका अनुसार उनी आफैं पार्टीको सम्पर्कमा आएकी हुन् । विमलाले आफूलाई मुख्यमन्त्री कार्यालयमै राखिएको नेताहरुसँग […]

विमलालाई मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाएको माओवादीको आरोप

१९ साउन, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको माओवादी केन्द्रले आरोप लगाएको छ । माओवादी केन्द्रले तत्काल विमलाको स्थिति सार्वजनिक गर्न र उनको जीवन रक्षा गर्न माग गर्दै घटनाको गृह मन्त्रालयमार्फत उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ । पूर्वमन्त्री एवम् […]

एमालेमै फर्किइन् लुम्बिनीकी प्रदेश सांसद वली

१८ साउन, बुटवल । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीले आफू नेकपा एमालेमै फर्किएको बताएकी छन् । सोमबार विज्ञप्ति प्रकाशित गरी उनले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी छन् । तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् । ‘मैले सूर्य चिह्नबाट […]

लुम्बिनी प्रदेश सांसद विमला वली माओवादी केन्द्रको सम्पर्क बाहिर

१६ साउन, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली पार्टीको सम्पर्कमा नरहेको माओवादी केन्द्रले जनाएको छ । पार्टीको शनिबार (आज) हुने संसदीय दलको वैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताए । मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीले माओवादी केन्द्र […]

आफ्नै खुसीले माओवादी केन्द्र रोजेकी हुँ : विमला वली

१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन् । वली दाङ ३ (ख) मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट विजयी भएकी थिइन् । एमालेले एकल बहुमतको सरकार गठनका लागि दाबी गरे लगत्तै वलीले माओवादी केन्द्र रोजेको सूचना सार्वजनिक भयो । एमाले नेताहरुले वलीलाई अपहरण […]

विमलाले माओवादी केन्द्र रोजेको सूचना शंकर पोखरेललाई थियो : ओनसरी

१९ वैशाख, बुटवल । नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले विमला वलीले माओवादी केन्द्र रोजेको सूचना मुख्यमन्त्री शंकर पोखरेललाई भएको दाबी गरेकी छन् । पोखरेलले आइतबार विहान मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । लगत्तै नेकपा एमालेले प्रदेशसभामा हाल कायम सदस्य ८१ को बहुमत अर्थात ४१ सदस्य आफूसँग भएकाले संविधानको धारा १६८ (१) अनुसार पोखरेलकै नेतृत्वमा एकल […]