Comments Add Comment

विस्थापित

List Grid
मेलम्चीका बाढीपीडित फेरि विस्थापित

१७ साउन, सिन्धुपाल्चोक । भ्रेमाथाङमा गत असार १मा बाढीसँगै आएको पहिरोले क्षति पुर्‍याएको ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र करोडौं मूल्यका खेत बगाएको छ । बिस्तारै सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढीपीडित फेरि विस्थापित भएका छन् । हेलम्बु-१ का आशा लामाले भने, ‘बस्ने ठाउँ नभएर होस्टेलमा बसेका थियौँ यहाँ […]

बाढीले विराटनगर र कानेपोखरीमा ३७ परिवार विस्थापित

२८ असार, विराटनगर । अविरल वर्षासँगै केसलिया खोलामा आएको बाढीका कारण विराटनगर- १२ बखरीका ३० परिवार बिस्थापित भएका हुन् । वडाध्यक्ष हिरालाल कामतका अनुसार बखरी टोलमा पर्ने मुसहरी बस्तीमा केसलियाको पानी पसेपछि ३० परिवार विस्थापित भएका हुन । विस्थापित भएकाहरुलाई बखरी स्कुलमा सारिएको छ । मोरङको कानेपोखरीमा पनि बाढीका कारण सात परिवार विस्थापित भएका छन् […]

पहिरोले पर्वतमा ९९ घरपरिवार विस्थापित हुने खतरामा

२६ साउन, पर्वत । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण पर्वतका करिब ९९ घरपरिवार विस्थापित हुने खतरामा परेका छन् । असार पहिलो सातादेखि सुरु भएको मनसुन सक्रिय बनेसँगै जिल्लाको जनजीवन प्रभावित बनेको हो । हालसम्म वर्षासँगैको बाढीका कारण करिब एक दर्जन घरपरिवार विस्थापित बनिसकेका छन् भने करिब ९९ घरपरिवार विस्थापनको खतरामा परेका प्रमुख जिल्ला […]

बाढीले कटान गर्न थालेपछि म्याग्दीको फूलबारीमा छ घर विस्थापित

१३ साउन, म्याग्दी । कटानका कारण म्याग्दीको ओखरबोट–१ मा पर्ने फूलबारीमा छ घरपरिवार विस्थापित भएका छन् । रितुङ खोलामा आएको बाढीले कटान गर्न थालेपछि रितुङ खोलाको किनारमा रहेको सो गाउँका थप ४५ घरधुरी जोखिममा परेका छन् । लालमान रसाइली, बेलकुमारी पुन, चुडामणि सापकोटा, मानसिङ सापकोटा, डमप्रकाश बस्याल र दलबहादुर पुनको परिवार विस्थापित भएका स्थानीयवासी समेत रहनुभएका […]