Comments Add Comment

सलह किरा

List Grid
कर्णालीमा ठूलो समूहमा देखियो सलह, बाली जोगाउनै मुस्किल

२ साउन, सुर्खेत । कर्णाली प्रदेशमा ठूलो समूहमा सलह किरा देखिएको छ । यसअघि प्रदेशका विभिन्न स्थानमा सानो समूहमा देखिएको सलह शुक्रबार दिउँसो प्रदेश राजधानी वीरेन्द्रनगरमा ठूलो संख्यामा देखिएको हो । बिहीबार पूर्वी सुर्खेत र सल्यानका केही स्थानमा देखिएको सलह किराको समूह शुक्रबार वीरेन्द्रनगर पुगेको कृषि विकास निर्देशनालय सुर्खेतका बागवानी अधिकृत याम रानाले जानकारी दिए […]

दाङमा फेरि भित्रियो सलहको हुल

२८ असार, काठमाडौं । दाङको अन्न भण्डार मानिने देउखुरी उपत्यकामा पुनः सलह किराको हुल प्रवेश गरेको छ । राप्ती गाउँपालिका वडा नं. २, ३ र ४ मा ठूलो संख्यामा सलह किरा देखिएको छ । सलहको अर्को सानो समूह गढवा गाउँपालिकाका वडा नं २ महदेवा र वडा नं ३ धैरेेेनीमा पनि देखिएको थियो । गाउँ ढाक्ने […]

सलह रोक्न माग गर्दै संकल्प प्रस्ताव दर्ता

१८ असार, काठमाडौं । नेपालमा भित्रिएका सलह किराले बालीनालीमा पुर्‍याउने क्षति रोक्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ । डिला संग्रौला, पद्म नारायण चौधरी र मिना सुब्बाले बिहीबार संकल्प प्रस्ताव दर्ता गराएका हुन् । सलह नेपाल भित्रिने पूर्वानुमान हुँदाहुँदै सतर्कता नअपनाउँदा किसानहरूले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै सांसदहरूले सलह किरालाई नष्ट गर्न र खाद्यान्न […]

के मेटल गीतले सलहलाई कक्रक्क पार्छ ?

१६ असार, काठमाडौं । कृषिमन्त्री घनश्याम भुसाल उडन्ते कुरा गर्ने नेता होइनन् । तर, उनको एउटा अभिव्यक्तिलाई ‘उडन्ते’ भन्दै सामाजिक सञ्जालमा मजाक बनाइएको छ । कतिपयले प्रधानमन्त्रीको संगतमा परेपछि भुसालले पनि हावादारी कुरा गर्न थालेको टिप्पणी गरेका छन् । सन्दर्भ हो सलहको । नेपालमा सलहको प्रवेश भएसँगै कृषि मन्त्रालयलाई नयाँ भाउँतो आइलागेको छ । सलहको […]

सलह नियन्त्रणमा भारत र पाकिस्तानको अनुभव : राति ११ बजेदेखि बिहान ७ बजेको समय उपयुक्त

१५ असार, काठमाडौं । कोरोनापछि अर्को संकट छिमेकी देश भारतबाट नेपाल छिरेको छ- सलह । आउँदैन भन्दाभन्दै नेपालमा आयो । ‘ढिलो आयो, कडा आयो’ भनेजस्तो सलहले एकैपटक देशव्यापी रूपमा आतंक सिर्जना गरेको छ । अहिले नेपालमा देखिएको सलह सन् २०१९ सुरुवाती महिनामा पहिलोपटक यमनमा देखिएको थियो । त्यहाँबाट साउदी अरब, इरान हुँदै गत डिसेम्बरमा सलह […]

प्रदेश १ मा पनि देखियो सलह, मन्त्रालयका प्रवक्ता भन्छन्– आत्तिनु पर्दैन

१५ असार, विराटनगर । प्रदेश १ का विभिन्न स्थानमा सलह किरा देखिएका छन् । आइतबार पहाडका दुई जिल्लामा सानो झुण्डमा सलह किरा देखिएको हो । ‘पाँचथर र खोटाङमा ८–१० वटा सलह किराको सानो झुण्ड देखिएको रिपोर्टिङ भएको छ,’ प्रदेश १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले भने ‘विराटनगरमा साथीहरुले १–२ वटा […]

दाङमा पनि देखियो सलह

१५ असार, घोराही । भारत हुँदै नेपाल प्रवेश गरेका सलह किरा दाङसम्म पुगेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा आइतबार सलह किरा फेला परेका हुन् । कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले खाद्रेमा सानो झुण्डमा सलह किरा देखा परेको र त्यसले बालीनालीमा क्षति नपुर्याएको बताए । स्थानीयले अस्वाभाविक रुपमा फट्याङ्ग्राहरु उडेको देखेपछि केहीलाई समातेर […]

सलहको उडान : दुई दिनमा कुन-कुन जिल्लामा पुग्यो ?

१४ असार, काठमाडौं । शनिबारदेखि नेपाल प्रवेश गरेको सलह किराको उडानको गति हेलिकप्टरभन्दा कम रहेन । सर्लाही, बारा, पर्सा र रुपन्देही हुँदै नेपाल भित्रिएको सलह दुई दिनयता करिब एक दर्जन जिल्लामा फैलिएको छ । तराईबाट किराहरु पहाडी जिल्लामा समेत चढिसकेका छन् । शनिबार बिहान सर्लाही, बारा, पर्सा र रुपन्देही हुँदै सलह नेपालमा फैलिएको कृषि तथा […]

पोखरा र लमजुङको सुन्दरबजारमा पनि देखियो सलह

१४ असार, पोखरा । कास्की पोखराको महतगौंडा र लमजुङको सुन्दरबजारमा पनि सलह किरा देखिएको छ । बिहान कास्कीको महतगौंडा र लमजुङको सुन्दर बजारमा सलह देखिएको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । महतगौंडाका किसानले सलह देखिएको भन्दै बिहान ७ बजेतिरै पोखरा महानगरपालिकामा जानकारी गराएका थिए । ‘स्थानीयले नै बिहान फोन […]

सलह नियन्त्रणको योजना बनाउन विज्ञ समूहको बैठक बस्दै

१४ असार, काठमाडौं । शनिबारबाट नेपाल प्रवेश गरेको सलह किरा नियन्त्रणबारे योजना बनाउन आइतबार विज्ञहरुको बैठक बस्दैछ । कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सम्मेलित टोलीको बैठक बस्न लागेको हो । बैठक साढे ९ बजेबाट बस्ने भनिएकाे छ । भारत हुँदै बारा र सर्लाहीबाट नेपाल प्रवेश गरेको सलह किराको झुण्ड छरिएर मुलुकका विभिन्न स्थानमा पुगिसकेको अनुमान […]

नेपालमा सलह किरा भित्रियो

१३ असार, काठमाडौं । नेपालमा सलह किरा भित्रिएको छ । बाराकाे निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए । ‘बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले सलह किरा आएको बताएका […]

सलह किरा रोक्न नेपालमा हामी के गर्न सक्छौं ?

चीनमा कोरोना भाइरसको प्रकोप सुरु हुनभन्दा केही हप्ताअगाडि अफ्रिकी महादेशका केही देशहरू जस्तै– केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियामा खाद्यान्न बालीमा एक प्रकारको फट्याङ्ग्रा (जसलाई नेपालीमा सलह भनिन्छ)ले धेरै नै क्षति पुर्‍याएको समाचारहरू प्रकाशित भए । नेपालको कृषिलाई कोरोनाले ठूलो प्रभाव पार्ने आकलन हुँदैगर्दा यही खतरनाक किरा सलहको प्रवेश हुन सक्ने र त्यसले नेपालको […]

करिब ६० वर्षपछि नेपालमा सलह आउँदैछ

१४ जेठ, काठमाडौं । अफ्रिकाको रैथाने सलह इरान, पाकिस्तान, भारत हुँदै नेपालतिर आउन लागेको छ । फट्याङ्ग्रा प्रजातिको यो किराको सम्भावित प्रवेशलाई लिएर कृषि तथा पशुपन्छी विकास मन्त्रालय सतर्क बनेको छ । ६० वर्षअघि काठमाडौं उपत्यका र आसपासका जिल्लामा सलहले ठूलो क्षति पुर्‍याएको थियो । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार, […]

सलह किरा रोकथामका लागि प्राविधिक समिति गठन

१४ जेठ, काठमाडौं । सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ । अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा समेत आउने सम्भावना बढेको छ । यससँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त किराबाट नेपालमा हुनसक्ने क्षति […]