Comments Add Comment

सामान्य प्रशासन मन्त्रालय

List Grid
भूमिसम्बन्धी नियमावलीको अठारौ संशोधन, के के छन् नयाँ प्रावधान ?

१७ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमिसम्बन्धी नियमावली (अठारौ संसोधन) तत्काल कार्यान्वयन गर्नका लागि सबै स्थानीय सरकारलाई परिपत्र जारी गरेको छ । सो सम्बन्धी नियमावली ९ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको मन्त्रालयले जानकारी दिएको छ । सो नियमावलीमा भूमिको द्वेध स्वामित्व अन्त्य, जग्गाको हदबन्धी सम्बन्धी व्यवस्थापन तथा भूमिहित सुकुमबासी तथा […]

अस्पताल निर्माणको टेन्डर पुस मसान्तभित्र गर्न मन्त्रालयको निर्देशन

२९ मंसिर, काठमाडौं । ३९६ स्थानीय तहले निर्माण गर्ने ५ देखि १५ शय्यासम्मको आधारभूत अस्पतालको भवन निर्माणका लागि आगामी पुस मसान्तभित्र टेन्डर आह्वान गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गर्दै केही स्थानीय तहरुबाट छनौट भएका वडाको स्वास्थ्य संस्था भन्दा पृथक वडाको स्वास्थ्य संस्थामा आधारभूत अस्पताल […]

सरकारी कर्मचारीले लोकसेवा परीक्षाको ट्युसन पढाउन स्वीकृति लिनुपर्ने

७ मंसिर, काठमाडौं । लोक सेवा आयोगले लिने परीक्षाको ट्युसन पढाउन सरकारी कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्ने भएको छ । राजपत्रांकित प्रथम श्रेणी वा सहसचिवदेखि माथिका कर्मचारीहरुले मन्त्रिपरिषदबाट र त्यसदेखि तल्लो तहका कर्मचारीले सामान्य प्रशासन मन्त्रालयबाट अनुमति लिएर मात्र निजी संस्थामा ट्युसन पढाउन पाउने छन् । यसअघि पनि निजी […]

६० सहसचिवको सरुवा, एकमात्र मुख्य मनोविज्ञानवेत्ता प्रदेश ५ मा

१० भदौ, काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिवहरुको सरुवा गरेको छ । लामो समयदेखि केन्द्रमा कार्यरत उच्चपदस्थ कर्मचारीहरुलाई प्रदेशमा पनि सरुवा गर्ने नीतिअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ६० जना सहसचिवहरुको सरुवा गरेको हो । यो सरुवाको सूचीमा नेपालको एकमात्र ‘मुख्य मनोविज्ञानवेत्ता’ पनि परेका छन् । मन्त्रालयको वेबसाइटमा राखिएको विवरण अनुसार […]

मृत्यु भएका कर्मचारीको पनि समायोजन !

६ वैशाख, डडेल्धुरा । सरकारले कर्मचारी समायोजन गर्दा १३ वर्षअघि मृत्यु भइसकेका एक सिनियर अहेबलाई पनि सुचीमा समावेश गरेको भेटिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्वास्थ्य कर्मचारीको समायोजन सुचीमा १३ वर्षअघि मृत्यु भएका सिनियर अहेब टेकबहादुर पाललाई जिल्लाको परशुराम नगरपालिकामा रहेको शिर्ष स्वास्थ्य चौकीमा खटाइएको उल्लेख छ । मन्त्रालयको समायोजन […]

१३ वर्षअघि मृत्यु भएका अहेबको पनि समायोजन !

६ वैशाख, डडेल्धुरा । सरकारले कर्मचारी समायोजन गर्दा १३ वर्षअघि मृत्यु भइसकेका एक सिनियर अहेबलाई पनि सुचीमा समावेश गरेको भेटिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्वास्थ्य कर्मचारीको समायोजन सुचीमा १३ वर्षअघि मृत्यु भएका सिनियर अहेब टेकबहादुर पाललाई जिल्लाको परशुराम नगरपालिकामा रहेको शिर्ष स्वास्थ्य चौकीमा खटाइएको उल्लेख छ । मन्त्रालयको समायोजन […]

सामान्य प्रशासन मन्त्रालयका उपसचिव कुटिए

२८ साउन, काठमाडौं । सिंहदरबारभित्रै एक जना उपसचिव कुटिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । मन्त्रालय स्रोतका अनुसार आइतबार दिउँसो निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उनीमाथि मुक्का प्रहार गरेका थिए । भण्डारीले सिफारिस अनुरुप एक कर्मचारीको सरुवा नगरिए पछि उनले कुटपिट गरेको स्रोतको भनाइ छ । […]

कर्मचारी समायोजन एक महिनापछि, स्थानीय तहलाई पहिलो प्राथमिकता

१३ साउन, काठमाडौं । सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी परिपूर्तिका लागि सबैभन्दा पहिलो प्राथमिकतामा स्थानीय तहमा राखेको छ । स्थानीय तहमा जनताको प्रत्यक्ष काम हुने भएकाले कर्मचारी पठाउने पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले एक महिनापछि शुरु हुने कर्मचारी समायोजनमा सबैभन्दा पहिले स्थानीय […]

चार हजार कर्मचारीले रोजे स्वेच्छिक अवकाश, आठ अर्ब खर्च लाग्ने अनुमान

१४ फागुन, काठमाडौं । सरकारले ल्याएको स्वेच्छिक अवकाश योजनामा झण्डै ४ हजार निजामती कर्मचारीले रुची देखाएका छन् । ५० वर्ष उमेर र २० वर्ष सेवाअवधि पुगेका कर्मचारीका लागि ल्याइएको यस योजनामा आवेदन दिने अन्तिम दिन आइतबारसम्म तीन हजार सात सय ४८ जनाले निवेदन दिएका सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । १७ प्रतिशतले रोजे अवकाश सामान्य […]

सरकारी ढुकुटी रित्याएर कर्मचारीलाई स्वेच्छिक अवकाश !

२० पुस, काठमाडौं । गत असोजमा पारित भएको कर्मचारी समायोजन विधेयक कार्यान्वयनको चरणमा छ । उक्त विधेयकमा उल्लेख भएको स्वेच्छिक अवकाशको प्रावधान पनि लागू गर्ने तयारीमा छ, सरकार । सामान्य प्रशासन मन्त्रालयका अनुसार तीन महिनापछि कर्मचारीले स्वेच्छिक अवकाश पाउन थाल्नेछन् । त्यसका लागि आवश्यक मापदण्ड तयार गरेर सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको सामान्यका प्रवक्ता शिवराम […]

सरुवा भएको ठाउँमा नजाने श्रमका कर्मचारीलाई कमाउ अड्डामै काज सुविधा

१३ पुस, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका कर्मचारीलाई श्रम मन्त्रालयले काजमा राखेपछि सामान्यले अशन्तुष्टि जनाएको छ । गत असोजमा सामान्य प्रशासनले मन्त्रालयले स्थानीय तहमा कर्मचारी अभाव भएपछि बिभिन्न निकायबाट कर्मचारीको काज सरुवा गरेको थियो । खटाएको स्थानीय तहमा अनिवार्य रुपमा जानुपरेमा अटेर गरी रमानापत्र समेत नुबुझी बसेका चारजना कर्मचारीलाई श्रम मन्त्रालयले काजमा […]

समायोजन प्रक्रिया शुरु नहुँदै कर्मचारी सरुवाका लागि निवेदन

१२ पुस, काठमाडौँ । कर्मचारी समायोजन नियमावली नै तयार नहुँदा पनि कर्मचारीले सरुवाका लागि माग गर्न थालेका छन् । नियमावली जारी गरिसकेपछि कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने भने पनि अहिलेदेखि नै कर्मचारीले आफूलाई पायक पर्ने ठाउँमा सरुवा माग गर्न थालेका हुन् । सामान्य प्रशासन मन्त्रालयले नियमावली जारी गरेपछि समायोजनमा जान चाहने कर्मचारीलाई […]

आचारसंहिता लागू भएपछि मन्त्रीको घर र होटलबाट कर्मचारी सरुवा

१६ भदौ, काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता विपरित कर्मचारीहरुको रातारात सरुवा गरेपछि विवाद उत्पन्न भएको छ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको ‘स्वार्थअनुकुल’ जथाभाबी सरुवा गरिएपछि कर्मचारीहरु आक्रोशित बनेका छन् । निर्वाचन आचारसंहिता लागू भएपछि ‘ब्याकडेट’मा खरिदारदेखि उपसचिवसम्मका कर्मचारीहरुलाई सरुवा गरिएको छ । गृहमन्त्रालय मातहतका कार्यालयमा कार्यरत उपसचिव सरहका दुई दर्जन बढी कर्मचारीहरुलाई स्थानीय विकास मन्त्रालय […]

सेवाग्राहीलाई सरकारको प्रश्न- घुस खुवाउनु परेको छ कि छैन ?

२४ पुस, काठमाडौं । सार्वजनिक प्रशासनप्रति सेवाग्राहीको सन्तुष्टी जाँच्न सामान्य प्रशासन मन्त्रालयले सर्वेक्षणको काम सुरु गरेको छ । मन्त्रालयले सेवाग्राहीको भिड हुने कार्यालयमा सेवाग्राहीलाई एउटा फाराम भराउने छ र त्यसको आधारमा सार्बजनिक प्रशासन सेवाग्राही मैत्री भए-नभएको जाँचिने छ । सामान्य प्रशासन मन्त्रालयका सहप्रवक्ता नन्दराज ज्ञवालीले अनलाइनखबरसँग भने ‘सेवाग्राहीसँग सार्वजनिक प्रशासनको सन्तुष्टीको अवस्था खोज्ने काम सुरु […]

दुई सचिवका लागि ४ जना सिफारिस, को-को परे ?

३० कात्तिक, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले दुई सचिवका लागि ४ जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयले कृषि तथा वन सेवा समूहमा एक जना र प्रशासन सेवा समूहमा १ जना सचिव नियुक्तिका लागि ४ सहसचिवलाई सिफारिस गरेको हो । कृषि तथा वन सेवा समूह अन्तर्गतको सचिव पदका लागि सहसचिव अन्नपूर्णनन्द दासको नाम सिफारिस गरेको […]

सामान्य प्रशासन मन्त्रालयको प्रगति- पुरस्कार वितरण र सरुवा-बढुवा नै मुख्य उपलब्धि !

१९ कात्तिक, काठमाडौं । देश संघीय संरचनामा जाने तयारी गरिरहँदा कर्मचारी व्यवस्थापन गर्ने मन्त्रालयको तयारी कस्तो होला ? आम कर्मचारीको चासो सामान्य प्रशासनले संघीयतामा कर्मचारी व्यवस्थापनको खाका कस्तो बनाउँदैछ भन्नेमा केन्द्रित छ । किनकी मन्त्रालयले अहिले बनाएको कर्मचारीको ढाँचा र संरचनाले संघीयताको भविष्य निर्धारण गर्छ । तर, मन्त्रालयले सार्वजनिक गरेको पहिलो चौमासिकको प्रगति विवरणमा भने […]

यस्तो छ, कर्मचारीलाई अन्तरमन्त्रालय सरुवा गर्ने मापदण्ड

२७ भदौ, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अन्तरमन्त्रालय सरुवाको मापदण्ड तयार गरेको छ । मन्त्रालयले सरुवा गर्दा दुर्गम र सेवा प्रवाह गर्ने कार्यालयमा बसेर काम गरेका कर्मचारीलाई पहिलो प्राथमिकतामा राख्ने भएको छ । तर त्यसरी सरुवा गर्दा ती कार्यालयहरु रिक्त नहुनेगरी मात्र सरुवा गरिने मापदण्डमा उल्लेख छ । यस्तै एउटै कार्यालयमा लामो समय बसेका […]

सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगबीच द्वन्द्व बढ्यो, कर्मचारी सरुवा अन्योलमा

१७ भदौ, काठमाडौं । कर्मचारी अन्तरमन्त्रालय सरुवाका लागि निजामती सेवा नियमावली संशोधनको विषयलाई लिएर सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगबीच विवाद चर्केको छ । मन्त्रालयले नियमावलीले तोकेको समयसीमाभित्र अन्तरमन्त्रालय सरुवा नगरेर भदौ दोस्रो हप्ता सरुवाका लागि नियमावली संशोधन गर्नुपर्ने भयो भन्दै लोकसेवा आयोगसँग राय मागेको थियो । तर, आयोगले नियमावली अनुसार सरुवा किन भएन र […]

सचिवले आँट नदेखाउँदा कर्मचारी सरुवामा अन्यौल

७ भदौ, काठमाडौं । मन्त्रीको अभावमा सामान्य प्रशासन मन्त्रालयले निजामति सेवा नियमावली अनुसार साउन महिनाभर अन्तरमन्त्रालय कर्मचारी सरुवा गर्नुपर्ने नियमित काम रोकेर बसेको छ । निजामति सेवा नियमावलीअनुसार हरेक वर्ष साउन महिनामा सबै अन्तरमन्त्रालयमा कर्मचारी सरुवाको काम सकिसक्नु पर्नेछ । तर मन्त्रालयका सचिव टंकमणि शर्माले मन्त्रीको उपस्थिति विना कर्मचारी सरुवा गर्ने आँट देखाउन नसक्दा भदौ […]

आकर्षक निकायमा सरुवाको माग गर्दै एक हजार निवेदन

१२ साउन, काठमाडौं । निजामती सेवाका सयौं कर्मचारीले यतिखेर आकर्षक निकायमा सरुवा भएर जान ठूलो दौडधु थालेका छन् । सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अन्तरमन्त्रालयस्तरको सरुवाका लागि आवेदन मागेसँगै सयौं कर्मचारी आकर्षक निकायमा जान दौडधुपमा लागेका हुन् । सामान्य प्रशासन मन्त्रालयका अनुसार अधिकांश कर्मचारीलवे आकर्षक मानिएका संघीय मामिला ताथ स्थानीय विकास, अर्थ, भौतिक पूर्वाधार, गृह, श्रम […]

निजामतीभित्र सरुवा-बढुवामा ‘भाँडभैलो’

२४ जेठ, काठमाडाैं ।’विभागीय कारबाही भइरहेका कर्मचारीलाई समेत कार्यसम्पादन मूल्यांकनको पूरा नम्बर दिइएको छ । कारबाहीबाट जोगाउन सरुवा गरिएको छ । पुनरावलोकन समितिमा कुनैमा दुईजनाले त कुनैमा एकजनाले मूल्यांकन गरेको छ । कार्यसम्पादन मूल्यांकन फाराममा कर्मचारीको दस्तखत, दर्ता नम्बर, मिति र संकेत नम्बर समेत छैन । यस्तो भाँडभैलो पारारले हुँदैन । अलि गम्भीर हुनुपर्यो,’ सामान्य […]