Comments Add Comment

सेती प्रादेशिक अस्पताल

List Grid
विशेषज्ञ सेवा बढाउँदै सेती अस्पताल

२३ असोज, धनगढी । सेती प्रादेशिक अस्पताल सुदूूरपश्चिम प्रदेशकै उपचारको प्रमुख केन्द्र हो । यो अस्पतालमा कैलाली र कञ्चनपुरका साथै दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, बझाङ र बाजुुराका मानिस उपचारका लागि आइपुग्छन् । १९९७ सालमा कैलाली अस्पतालको नाममा स्थापना भएको अस्पताल अञ्चल हुँदै हाल प्रादेशिक अस्पताल बनेको छ । २८ लाख प्रदेशबासीको जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार […]

सेती प्रादेशिक अस्पतालमा २ हजार लिटर क्षमताको अक्सिजन प्लान्ट जडान गरिँदै

२० भदौ, धनगढी । सुदूरपश्चिमको रेफरल धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लीक्वीड अक्सिजन प्लान्ट जडानको काम शुरु गरिएको छ । स्वास्थ्य सेवा विभागले खरिद गरेर पठाएको दुई हजार लिटर क्षमताको लीक्वीड अक्सिजन प्लान्ट जडानको काम शुरु गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार अक्सिजन रिजर्व प्लान्टको फिलिङ स्टेशन भने आउन बाँकी […]

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

८ भदौ, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–२ का ९३ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले साउन ६ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका पुरुषको मृत्यु भएको जानकारी दिए । प्रादेशिक अस्पतालमा अहिले १० […]

सेती प्रादेशिक अस्पतालमा बढ्न थाले कोरोनाका गम्भीर बिरामी

२८ साउन, धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा जटिल समस्या लिएर उपचारका लागि भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । असारमा गम्भीर खालका संक्रमित नदेखिएपनि साउनको पहिलो सातादेखि अस्पतालमा गम्भीर खालका समस्या भएका संक्रमितको संख्यामा वृद्धि हुँदै जान थालेको हो । प्रदेशकै रेफरल अस्पतालको कोभिड अस्थायी अस्पतालमा अहिले आईसीयू, भेन्टिलेटर र अक्सिजन सपोर्टमा […]

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

२५ साउन, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको जोशीपुर गाउँपालिका–२ का २८ वर्षीय युवकको मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनको आइतबार राति उपचारका क्रममा मृत्यु भएको हो । प्रादेशिक अस्पतालमा पछिल्लो समय कोरोनाका गम्भीर संक्रमितको संख्या […]

सेती प्रादेशिक अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

२२ साउन, धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत डोटीको शिखर नगरपालिका–३ की ६५ वर्षीया महिला र दिपायल सिलगढी नगरपालिका–१का ३३ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले मृतक महिला साउन १७ गते अस्पताल भर्ना भएकी […]

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना संक्रमितको मृत्यु

१० जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका ४ र कञ्चनपुरका २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । कैलालीको गोदावरी नगरपालिका–५ की ६० वर्षीया महिला, कैलारी गाउँपालिका– ६की ५० वर्षीया महिला, वडा नम्बर ७ का ३५ वर्षीय […]

सुदूरपश्चिमका अस्पतालमा कोरोना संक्रमितको चाप घट्यो

१० जेठ, धनगढी । इमरजेन्सी वार्ड, ग्यालरी र आँगनमा समेत अक्सिजन दिएर राखिएका संक्रमित । सर्जिकल वार्ड समेत कोरोना संक्रमितले भरिभराउ । आँगनमै टेन्ट गाडेर तयार पारिएका सबै ८ वटा शय्या पनि भरिएका । केही दिन अघिसम्म धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुग्दा यही दृष्य देखिन्थ्यो । तर तपाई हिजोआज त्यहाँ जानुभयो भने भिन्नै अवस्था देख्न […]

सेती अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर जडान, संक्रमितको उपचारमा सहज

५ जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन कन्सन्ट्रेटर जडान गरेको छ । संघीय सरकारले खरिद गरेर पठाएका अस्पतालले २४ सहित ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरेर सेवा दिन थालेको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संघीय सरकारबाट प्राप्त भएका २४, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दिएका ६ र […]

सेती अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु

४ जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका ४, कञ्चनपुर र डोटीका १/१ जना संक्रमितको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । धनगढी उपमहानगरपालिका–१ का ८० वर्षीय पुरुष, वडा नम्बर २ का ५८ वर्षीय पुरुष, वडा नम्बर १७ की ३५ वर्षीया […]

प्रदेश सरकारले संघीय सरकारलाई गुहार्‍यो, अस्पताल निजी संघसंस्थाको सहयोग माग्दै

१ जेठ, धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अहिले १०८ जना कोरोना संक्रमित भर्ना भएका छन् । ५५ बेडको कोभिड अस्थायी अस्पताल, प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्ड र आँगनमा गाडिएका टेन्टमा समेत राखिएका सबै कोरोना संक्रमित गम्भीर लक्षण भएका बिरामी छन् । जसमा १४ जनालाई आईसीयू, एक जना भेन्टिलेटर, ९० जनालाई अक्सिजन सपोर्ट र चार जनालाई […]

संक्रमितका लागि अक्सिजन खरिद गर्न अस्पताललाई सहयोग

३० वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पताललाई अक्सिजन खरीदका लागि आर्थिक सहयोग गरिएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीका व्यवसायीद्वय गोपाल हमाल र देवेन्द्र हमालले कोरोना संक्रमितका लागि अक्सिजन खरिद गर्न सेती प्रादेशिक अस्पताललाई बिहीबार दिउँसो ३ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । सुन्दर सुदूरपश्चिमका अभियान्ता समेत रहेका गोपाल हमालले अस्पतालमै पुगेर […]

सेती प्रादेशिक अस्पतालमा थप तीनजना संक्रमितको मृत्यु

२९ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचनाअधिकारी दीलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा थप तीनजना संक्रमितको मृत्यु भएको जानकारी दिए । उनीहरु सबै धनगढीकै बासिन्दा हुन् । धनगढी उपमहानगरपालिका–३ का ५० वर्षीय पुरुष, वडा नम्बर ३ कै ५४ वर्षीय पुरुष र वडा नम्बर १२ की […]

सेती प्रादेशिक अस्पतालमा थप सात संक्रमितको मृत्यु

२६ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल  र मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीका चार र कञ्चनपुरका तीन जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । धनगढी उपमहानगरपालिका–४ की ३७ वर्षीया महिला, वडा नम्बर १८ का ५० वर्षीय पुरुष, गोदावरी […]

सेती प्रादेशिक अस्पताललाई ९८ वटा अक्सिजन सिलिण्डर सहयोग

२० वैशाख, धनगढी । सुदूरपश्चिममा अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन थालेपछि ह्युमानिटी फाउण्डेसनले यहाँका अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गर्न थालेको छ । फाउण्डेसनले सोमबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई नेपालगञ्जबाट खरिद गरेर ल्याइएका ९८ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य समेत रहेका महासचिव दीर्घराज उपाध्यायले फाउण्डेसनमा आवद्ध सदस्यहरुको व्यक्तिगत […]

सुदूरपश्चिममा संकटको संकेत : अस्पताल संक्रमितले भरिंदै, ग्यालरीमा समेत उपचार

१७ वैशाख, धनगढी । झ्याल बाहिर अक्सिजनका सिलिण्डर । इमर्जेन्सी वार्डमा रहेका सबै शय्या भरिभराउ । ग्यालरीमा समेत बेड राखेर अक्सिजन सपोर्टमा बिरामीको उपचार भइरहेको छ । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेको प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा पुग्ने जो–कोहीले यही दृश्य देख्न सक्छ । कतिपय बिरामी त अक्सिजन समेत नपाएर तड्पिरहेको हृदयविदारक दृश्य पनि देख्न […]

सेती प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१६ वशाख, धनगढी । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएकी धनगढी उपमहानगरपालिका-३ की ४५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । ती संक्रमित महिला सुगर र प्रेसरको बिरामी समेत रहेको अस्पतालले जनाएको छ ।

सेती अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

१५ वैशाख, धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ । अस्पतालले बुधबार सूचना जारी गर्दै कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएकाले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले जारी गरेको सूचनामा स्वास्थ्य सेवाबारे परामर्श लिन सम्बन्धित विभागका चिकित्सकलाई सम्पर्क गर्न अनुरोध […]

सेती अस्पतालमा उपचाररत संक्रमितकाे मृत्युु

१५ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पताल मातहतकाे काेभिड अस्थायी अस्पतालमा उपचाररत काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । काेराेना संक्रमण पुष्टि भएर साेमबार अस्पताल भर्ना भएकी अछामकाे दर्नाकी ७८ वर्षीया ती संक्रमितकाे गएराति मृत्यु भएकाे सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । श्वासप्रश्वास र निमाेनिया सम्बन्धी समस्याले ग्रस्त उनकाे आईसीयूमा राखेर उपचार भइरहेकाे थियाे […]

कोरोना संक्रमणबाट सेती अस्पतालमा थप एकजनाको मृत्यु 

५ मंसिर, कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना अस्थायी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार धनगढी उपमहानगरपालिका-५ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । २५ कात्तिकमा कोरोना पोजेटिभ भएर अस्पतालमा उपचाररत उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । श्वास प्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल […]

सेती अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार गरिएकी संक्रमित महिलाको मृत्यु

३१ भदौ, कैलाली । कैलालीमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ५७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई श्वास प्रश्वासमा समस्या आएपछि भदौ […]