Comments Add Comment

हृदयेश त्रिपाठी

List Grid
कोरोना खोप खरिद प्रक्रिया पारदर्शी हुन्छ : मन्त्री त्रिपाठी

२७ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप खरिद प्रक्रिया पारदर्शी हुने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताए । जीटूजी प्रक्रिया प्राथमिकतामा रहेको भन्दै उनले भने, ‘जे जति विकृतिको आशंका भइरहेको छ, त्यसलाई झुटो सावित गर्छौं ।’ आफूले भारत, रुस […]

स्वास्थ्यमन्त्री त्रिपाठीले गरे ५ जना निर्देशकको जिम्मेवारी हेरफेर

२७ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले विभाग र अस्पतालका गरी ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय मार्फत निर्देशकहरुको जिम्मेवारी हेरफेर भएको हो । मन्त्रालय स्रोतका अनुसार कान्ति बाल अस्पतालको निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ल्याइएको छ भने इडिसीडीका निर्देशक […]

अपारदर्शी ढंगले कुनै पनि खरिद गर्दिन : स्वास्थ्यमन्त्री त्रिपाठी

१२ पुस, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरेका हुन् । कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनैपनि ढंगले अपारदर्शी काम […]

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, स्वास्थ्यमा हृदयेश त्रिपाठी

१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । शुक्रबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका उनले केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ । स्वास्थ्यमा हृदयेश त्रिपाठी आएका छन् । त्रिपाठीले सम्हाल्दै आएको […]

स्‍थानीय तहको काममा नै अहिलेको राजनीतिक प्रणाली टिकेको छ : मन्त्री त्रिपाठी

२९ मंसिर, काठमाडौं। संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाको २६ औं महानगर दिवस मनाउन आयोजित कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले स्थानीय तहको भूमिकामा देशको राजनीतिक प्रणाली अडिएको धारणा राखेका हुन् । स्थानीय तहको कामकारबाहीमा अहिलेको व्यवस्थालाई सफल बनाउने अथवा औचित्यहीन बनाउने […]

मन्त्री त्रिपाठीको स्वास्थ्य अवस्था सुधारोन्मुख   

२७ असोज, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका निजी सचिव नीरज पौडेलले जानकारी दिए । उनका अनुसार मन्त्री त्रिपाठीको सोमबार राति पित्तथैलीमा पत्थरी भएपछि शल्यक्रिया गरिएको थियो । मन्त्री त्रिपाठीलाई गत आइतबार अचानक अस्वस्थ भएपछि थापाथलीस्थित […]

‘सरकार संविधान उल्लंघन गर्दैछ, संसदलाई कमजोर पार्दैछ’

२८ जेठ, काठमाडौं । आजीवन मधेस राजनीति गरेका हृदयेश त्रिपाठीलाई प्रदेश २ मा मात्र स्थानीय तह चुनावमा भाग लिने राष्ट्रिय जनता पार्टीको निर्णय पटक्कै चित्त बुझेन । विभेदको कुरा उठाउने पार्टीमा नै विभेदमा परेको महसुस गरे । प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा विद्रोह गरेर स्वतन्त्र राजनीतिक समूह मात्र बनाएनन्, राजपाले जसलाई मधेस विरोधी भन्दै आएको थियो, […]

सरकार चिनीको चक्रव्यूहमा फस्यो

२२ असोज, काठमाडौं । संसदीय समितिहरुले पूर्णता पाएर आफ्ना काम थालेसँगै सरकार र समितिबीच शक्ति संघर्षका छनक देखिन थालेका छन् । यसैसाता दुईजना मन्त्रीले समितिको छलफल र निर्देशनप्रति आपत्ति जनाएर दिएका प्रतिक्रियाले तरंग सिर्जना गरेको छ । चिनीको चलखेल भएको भन्ने लेखा समितिको आरोपमा उद्योगमन्त्री मात्रिका यादवले प्रतिवाद गर्दै चलखेल पुष्टि गर्न चुनौतिमात्र दिएनन्, सभामुखलाई […]

नवलपरासी १ बाट हृदयेश त्रिपाठी प्रतिनिधिसभा सदस्यमा निर्वाचित

२४ मंसिर, काठमाडौं । नवलपरासी क्षेत्र १ मा हृदयेश त्रिपाठी विजयी भएका छन् । बाम गठबन्धनबाट उम्मेदवार बनेका उनी ३८ हजार ५ सय ९२ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवकरणप्रसाद कलवारले ३३ हजार ५ सय ९१ मत ल्याए ।

कच्ची बाटोमा धूलो उडाउँदै हृदयेश त्रिपाठीले भने- पदमा भए पो विकास गर्नु !

  २३ कात्तिक, नवलपरासी । एमालेको चुनाव चिन्ह ‘सूर्य’अंकित झण्डा फरफराउँदै एक हुल गाडी धुलो उडाएर भुजहावा चोकमा आए । चोकमा गाडीहरु रोकिए । त्यसमध्ये एउटाबाट ओर्लिए हृदयेश त्रिपाठी । उनी आफ्नो सदाबहार स्टाइलमा थिए, कुर्ता पाइजामा, असकोट र बायाँ काँधमा गम्छा । गाडीबाट झरेपछि उनी चुनावी प्रचार प्रसारका लागि खोलिएको सम्पर्क कार्यालयतर्फ लागे । […]

‘हामी त सकियौं, अध्यक्ष मण्डलका नेताजीहरुको दाह्रीमा आगो लागेको छ’

५ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेताहरु बालुवाटारमा वार्ता गरिरहँदा बुधबार सोही पार्टीका बरिष्ठ नेता हृदयेश त्रिपाठी अनलाइनखबरसँग पार्टीभित्रका दुःखहरु सुनाउँदै थिए । राजपा पार्टी बनिनसक्दै ठूलो संकट र अकर्मन्यतामा फसेको विश्लेषण गर्दै त्रिपाठीले साउन १५ भित्रमा केन्द्रीय समिति बैठक बोलाएर विधान र घोषणापत्रबारे छलफल गर्न अल्टिमेटम दिएका छन् । पछिल्लो पटक ५ […]

संविधान संशोधनबारे सत्तारुढ दलनै स्पष्ट भएनन्ः तमलोपा

३ कात्तिक, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीले संविधान संशोधनबारे सरकारमा सहभागी दलहरु नै स्पष्ट नभएकाले प्रक्रिया अघि बढ्न नसकेको आरोप लगाएको छ । बुधबार केन्द्रीय समितिका पदाधिकारी र सांसदहरुको संयुक्त बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा तमलोपाका सहअध्यक्ष हृदयस त्रिपाठीले सरकारमा सहभागी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको दोहोरो चरित्रका कारण संविधान संशोधन […]