
News Summary
Generated by OK AI. Editorially reviewed.- मधेस केन्द्रीत दलहरूको संघीय लोकतान्त्रिक मोर्चाको बैठक ४ भदौ साँझ ५ बजे जनता प्रगतिशील पार्टीको कार्यालय सानेपामा बस्ने भएको छ।
- बैठकको एजेन्डामा गौर हत्याकाण्ड, रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचन तयारी र विविध विषय समावेश छन्।
- सीके राउत नेतृत्वको जनमत पार्टी पछिल्लो समय मोर्चाको बैठकमा सहभागी हुन छोडेको छ भने जसपा नेपाल र जनमत पार्टी मोर्चाबाट बाहिरिएका छन्।
४ भदौ, काठमाडौं। मधेस केन्द्रीत दलहरूको संघीय लोकतान्त्रिक मोर्चाको बैठक आज बस्ने भएको छ ।
हृदयेश त्रिपाठीको नेतृत्वमा रहेको जनता प्रगतिशील पार्टीले आजको बैठकको संयोजन गरेको छ ।
बैठकका लागि तय गरिएको एजेन्डमा गौर हत्याकाण्ड, रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको तयारी र विविध छन् ।
बैठक साँझ ५ बजे जनता प्रगतीशील पार्टीको कार्यालय सानेपामा बस्ने भएको छ । गत चैतमा मधेस केन्द्रीत सात दलको मोर्चा गठन गरिएको थियो ।
मोर्चाको बैठकमा सीके राउत नेतृत्वको जनमत पार्टी भने पछिल्लो समय सहभागी हुन छोडेको छ ।
सात दलको मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेशम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी छन्।
मोर्चामा अशोक राई नेतृत्वको जसपा नेपाल सहभागी रहेको छैन भने जनमत पनि टाँढिदै गएको छ ।
प्रतिक्रिया 4